Tuesday, 25 December 2018

पिकनिक एक रमाइलो अनुभूति - T99post

- सालको पात टपरी हुनि हे बरै नहुनी सल्लैको ,
    तिम्रो माया कति छ कति हे बरै , नलाउ पछि हल्लै को .......

गित आफ्नै धुनमा घन्किएको थियो । यत्रतत्र छरिएका सबै जम्मा भैइहाले । एक झुण्डको बिचबाट हरियो कुर्तामा उनी नाच्न थालिन । वाह वाह को बर्सात र सिटि बजे , उनि झन उत्साहित हुँदै सुर र तालमा कम्मर मर्काउदै थिइन । गितले भन्दा धेरै त नाचले भुलायो सबैलाइ ।

बाबै कति सकेको नाच्न पनि ...

क्यामेरा का फोकस लाइटहरु बारम्बार नाचेको अनुहार लाई क्याप्चर गर्दै थिए । तेत्तिकैमा मिरा लाई पनि सुनिताले नाच्न बिचमा धकेलिन । बिस्तारै सीता , उर्मि , कविता र सुरुची पनि नाच्न थाले । ग्रुप नाचले झन रमाइलो गरायो । गित सकियो । अर्को गित बज्न लाग्यो । भिडको बिचबाट आवाज आयो अब केटाहरुको पालो नाच्नी । यहाँ त अब नाचको पनि दोहोरो भिडन्त हुने भयो । मादल र डम्फु बजाउन लागे । कृष्ण ले स्याम लाई नाच्न लाई खेदिहाल्यो । जानी नजानी शुरु भएको यो माहोल एकदम रमाइलो बन्दै गयो ।

केटाकेटी हरु पौडिदै थिय । रेन डान्स मा उता युवा युवतिको कम्पिटेसन हुँदै थियो । रेसोर्ट को एउटा साइड मा केही साथिहरु विभिन्न परिकार का भोजन हरु तैयार गर्दै थिय । साइड मा हरिलाल बुवा मासुमा नुन लाग्यो नै भन्दै मासुको सुरुवा पिउदै थिए , जोरसङ खिचेछन बुढाले एक्कासी खोक्दै रातो न पिरो देखिय । त्यसपछी भने बुढा कता लागे खै भिडबाट हराय । ६०/७० जनाको यो टिम एउटा फेमिली गेट टुगेदर पिकनिक पार्टी थियो । कार्यक्रम को आयोजना मा धेरै सस्थाका मेम्बर हरु भएतापनी यो पिकनिक कार्यक्रम भने सामुहिक थियो र सबै मिलेर गरिएको थियो । यहाँ विभिन्न ठाउहरु बाट प्रवास पसेका नेपाली मनहरु एक थिए । एकताको डोरिमा सजिदै थिय । कोइ पुर्व त कोइ पश्चिम , कोइ उत्तर त कोइ दक्षिण बाट , बिजनेसमेन देखि लिएर एउटा सामान्य रोजगार गर्ने र राजनितिक माहोल देखि साहित्यकार र पत्रकार हरु को पनि उदयमान थियो । कोहि चिनेका अनुहार थिय भने धेरै नचिनेका अनुहार थिय । जुन यो पिकनिक पार्टिले चिन्ने र चिनाउने मौका दियो । आपसी चिनजान , सद्भाव र नेपालि मनहरु बिचमा एकता एवं चिनजान गराउने यो कस्सिलो बन्धन थियो । मनोरञ्जन र आपसी भाइचारा बढाउने स्वर्णिम पल थियो ।



भारतको मुम्बई शहर देखि केही किलोमिटर दुरिमा विरार देखि पुर्व मा एक्सप्रेस हाइवे देखि करिव ८/१० किलोमीटर भित्र गाउमा रहेको यो " हिल भ्यु भिलेज रेसोर्ट " मा मेरो पनि पहिलो भिजिट थियो । आँप र सिताफल हरुको बगैचा , मजुराएको आपको फुलहरुमा मौरिहरु रमाएजस्तै यो पिकनिक पार्टिमा रेसोर्ट भित्र नेपाली मन रमाइरहेको थियो । बर्ष भरी काम गरेर एकदिन भयपनी यसरी सबै बिर्सेर यो माहोलमा रमाउनु को अनुभूति यहाँ लेखेर पनि कमि देखिन्छ होला । प्रसन्न मन , जोश जागर का साथ रोमान्टिक मुडमा देखिरहेका यी चेहेराहरु अनि दुई टोलि भएर खेलेको दोहोरि कुनै दोहोरी साझ मा गरेको रमाइलो भन्दा कम थिएन । आफ्नै नेपाली स्वाद र मगम्गाउदो सुगन्ध ले बनाएको खाना  को स्वाद अहिले लेख्दा पनि आइरहेको छ । भेज र नन भेज सबै प्रकारको खाना बानाइएको थियो । बिहान खाजा देखि लिएर दिउसको खाना र साझको डिनर पनि तेहि रेसोर्ट मा गरियो ।
बिच बिचमा म्युजिक कुर्ची र अन्य खेलहरु भय । जस्ले झन बार्सिक हुनेगरेको ओलम्पिक लाई सम्झाइदियो ।



पिकनिक पार्टिमा केवल खाना मात्र नभएर हरेक कुराहरु आवद्ध र प्लानिङ्ग सङ्ग यसरी सफल पार्ने आयोजक टिम मनकामना एकता परिवारलाई सहृदय देखि नै धन्यवाद । जस्ले एउटा भोको पेट लाई खाना को ब्यबस्था नभएर , जिब्रोलाइ विभिन्न फरक स्वाद र आपसि मेलमिलाप साथै चिनजान गराएर एउटा फरक फरक मन लाई पनि एउटै पन मा जुटाइदियो । जस्ले हामी प्रवास मा बसेर पनि आफ्ना कला , सस्कृती र आपसी सङठित को भावना लाई केही न केही माध्यम बनाएर एकमुष्ट जोडिदिएको छ । आशा गरौ आगामी दिनहरुमा पनि यस्तै रमाइला कार्यक्रम हरुमा सहभागी हुन पाइयोस । आफ्ना सबै काम , दु:ख र समस्या लाई क्षणिक भएपनि भुलाएर पलभर जिन्दगि नै फ्रेस बनाइदियो । यस्ता पिकनिक पार्टी बेलाबेलामा हुनु पनि पर्छ जस्ले एउटा डिप्रेसन मा पुगेको मानिसलाइ पनि सहि मार्ग र निर्देशन गरेको हुन्छ । बोरिङ्ग लागिरहेको दिमाग लाई पनि फ्रेस राख्न मद्दत पुग्छ । रमाउनु पर्दछ । रमाइलो गर्नु पर्दछ र रम्ने बाताबरण सृजना गर्नु पर्दछ जस्ले जिवनमा उज्यालो रोशनी को किरण छरिदिन्छ र दिमाग लाई रिफ्रेस पारिदिन्छ । यो एउटा मानसिक यातना दुर गर्ने बलियो माध्यम पनि हो !

करिव १० घन्टा को यो पिकनिक पार्टी रमाइलो गरि सकियो । एउटा रोजगारिको सिलसिला मा भारत पसेका नेपालिमन हरु आफ्नो काम बाहेक अरु नचिनेको र यसरी यस्ता कार्यक्रम मा सटिक हुदा आफ्नै सिङ्गो नेपाल नै यहि भेटियको अनुभव सेयर गर्दै बाइ , बाइ को इशारा मा सबै छुटियो र लागियो अन्तिम ग्रुप सेल्फी सङै आफ्नो आफ्नो निवास तर्फ । हार्दिक धन्यवाद ।

[ पात्रहरु काल्पनिक राखिएतापनी यो " हिल भ्यु भिलेज रेसोर्ट " को पिकनिक टुर निक्कै नै अविस्मरणीय रह्यो ।]

                                  - शिव बस्याल , मुम्बई 
                                     25 डिसेम्बर 2018

भिडियो हेर्नको लागि तलको लिन्कमा जानुहोला ।

हिल भ्यु भिलेज रेसोर्ट मुम्बई मा गरिएको पिकनिक टुर का यी तस्बिरहरु 

















Saturday, 15 December 2018

पुस्कल शर्माको " चिता " सार्बजनिक (भिडियो सहित ) - T99post

शिव बस्याल 
१५ डिसेम्बर , मुम्बई । वियोगान्त गितका धरोहर पुष्कल शर्माको अभिनयमा ‘चिता’ गित बजारमा आएको छ । नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको चिता बोलको गितमा माया र पिरतिमा हुुने बिभिन्न घटनाहरुलाइ केलाएर छर्लङ्ग पारीएको छ ।
माया गर्नेमनहरुको जीवनको यथार्थ परक कथालाई समेटेर बनाइएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा चित्र भुजेलको प्रस्तुतिमा रहेको यस गितलाई तेजेन्द्र विबसले लय श्रीजना गरेका छन् भने चित्र भुजेलको शब्द रहेको छ । लोकप्रिय गायिका बिष्णु माझी र पुश्कल शर्मा आफैले स्वरबद्ध गरेका छन् ।

पछिल्लो केही समय यता देखि यस्तै वियोगान्त गितहरु मात्र निकालेका पुस्कल ले अरु पनि थुप्रै फरक खालका गितहरु गाइसकेका हुन । चिता मा एउटा प्रेमिल कथा लाई चित्रण गरेर गित मार्फत प्रस्तुत गर्न खोजिएको छ । गित अलिक मार्मिक नै भय पनि संदेशमुलक रहेको छ । 
‘चिता’ गितले समाजमा घटेका माया र पिरतिका बिभिन्न घटनाहरुलाई एउटा लयमा ढालेर लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन् ।
सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई चर्चित अनि व्यस्त सम्प।दक दिपक विष्टले सम्पादन गरेका छन् । गीतको भिडियोमा लोकप्रिय गायक मोडेल पुस्कल शर्मा र सारीका केसीको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई पुष्कल शर्मा आफैले निर्देशन गरेका हुन् ।

यो गितको भिडियो हेर्न तलको लिन्कमा जानुहोला - 


Wednesday, 12 December 2018

निर्वस्त्र मेरो सरकार " मेनुका शाही "-T99post

उनी सानी नानी !
भर्खर तोते तोते बोली बाट
केही पाई मात्र दुर" अनि
बाबूको काध र आमाको काखबाट
केही इन्चको मात्र फरक,
सुन्नेले उसलाई के सुने ?
देख्नेले उसलाई  के देखे ?
यौन प्यासले मात्तिएको यौन
पिपासुले उस्को चाहना मेटाइदिने
एउटा  साधन मात्र देख्यो।
न त उसले ऐया भन्दै चिच्याएर रुएको
आवाज सुने न त उसैले चिथरेर लगाइएको
शरिरको निल डामहरु नै देखे।

उनले उस्को चिच्चाहट रुवाइलाई
सन्नी लियोन का आवाज सुनिदिए
अनि समतल भुभाग जस्तै अटल उनको
शरिरलाई कुनै अस्लिल भिडियोको
नग्न तस्बिरहरु देखिदिए।

अनि जसरी सकिदै गरेको चुरोटका
 ठुटटालाई कुल्चेर निभाइन्छ तेसरी नै
कुचल्दियो फालिदियो।

पुरुष  हुनुको महान्ता बोकेका त्यि सैतानि
पुरुषलाई ठाडाे भाषामा सोध्न चाहन्छु?
के तिम्रो हरेक चाहाना  मेटिदिने एउटा
आकार मात्र  हो त छोरी मान्छे??

उनी सानी नानि!
जसो तसो त्यो नर्कबाट बचेपनी
कयौ गुणा ठुलो अर्को नर्क जहाँ
सयौ तिरस्कार, घिणा सहेर हजारौ
पटक मरिरहन्छिन।
जिन्दगीमा पढेर, बढेर सुनौलो भबिस्यको
सुनौलो पहिचान बनाउने उमेरमा
बलत्कृतको संज्ञा दिइयो।
अस्ति सोह्र बर्से किशोरि बलत्कृत हुदा
को सङ्ग गाको थिस कस्तो लुगा लाको थिस
भन्दै उल्टेेेे सबाल उठाउने मेरो समाज सङ्ग
सोध्न चाहन्छु ।
के यी सानी नानी को छोट्टाे कपडा सोध्न चाहनु
हुन्न र?



उनी सानी नानी !
निन्द्रामा खै के भन्दै बरबराउछिन
अनि तिनै रात अधेरी सङ्ग अनि दिनमा
बाउ देखेर  डराउछिन।
म भन्छु डर अधेरो सङ्ग हैन
अधेरोलाई हतियार बनाउने मानव
आकृती बोकेका दानव हरु सङ्ग हुन्छ।
अनि यो डर कहिले सम्म पाल्ने?
 अनि न्याय!
कति अजिब छ न्याय प्रणाली सुरक्षा
गार्ड र न्याय दिने भगवानहरु बाटै सबुत
जफत गरिन्छ अनि तिनै कामको अधारमा
खल्ती समेत भरिन्छ।
म भन्छु देशमा  लोकतन्त्र ,
अपराधी स्वतन्त्र ,
पीडित को मुद्दा  अलपत्र
येस्तै छ मेरो देश।।।।

जनता बाटै आलोचित निर्बस्त्र मेरो सरकार
सत्र ठाउ प्वाल परेको बाहानाहरु ले लाज
ढाकिरहेछ्न।

उनी सानी नानी!
न्यायको ढोका ढकढक्याउदा ढकढक्याउदै
एउटा कुरा मज्जाले सिकि सकिन।
पम्प्लेट हातमा ठड्याउदै सडकमा उत्रिएर
भन्दै थिइन बलत्कारीलाई
फाँसी दे फाँसी दे,,
म सोध्न चाहन्छु लचार मेरो सरकार लाई
के उस्को यो सब गर्ने उमेर पुगि सक्या होर???

मेनुका शाही ठकुरी 
सिन्धुली 
१३ डिसेम्बर २०१८ 

Tuesday, 11 December 2018

के दिउँ प्रियतमलाई उपहार " अदिती " -T99post

[ गजल ]
म  अचानो  बनेकै'थेँ  तरबारका  लागि।
तयार थिएँ मुटु झिक्न व्यापारका लागि।

तिमीलाई  सारा  खुशी दिन्छु भनेर  हो,
मैदानमा लडिरा'छु अधिकारका लागि।

एम्बुलेन्स र दमकल रोकिदिनुस्  हजुर,
बाटो खाली  गरिदिनुस् सवारका लागि।

हिजो दोबाटोमा भेट्दा नदेखे झैँ गर्नेहरू,
तड्पिएको देखेँ फेरि उही प्यारका लागि।

धड्कन दिएँ, वाचा दिएँ, ज्यानै  बैना दिएँ,
अब के दिउँ प्रियतमलाई उपहारका लागि।



अदिती अर्याल  ज्ञवाली 
कुलेश्वर - १४ काठमाडौ , नेपाल 
१२ डिसेम्बर २०१८

Sunday, 2 December 2018

" अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना " शिव बस्याल -T99post

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना  💐

" अपाङ्ग लाई सपाङ्ग को दृष्टिले हेरौ , सोच बदलौ समाज बदलौ "

हामी चाहे सपाङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएका साथीहरुलाई माया, सद्भाव, समान हेरार्इ अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस् अनि सृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको निरन्तर अर्थपूर्ण सहभागीता होस् ।


अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा राख्नसके सपाङ्ग झै अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनैपनि चुनाैतिको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाई, दिदीवहिनी, आमाबुवाहरुमा मेरो तर्फबाट हार्दिक नमन र सम्मानका शब्दहरु साथै पुष्पाञ्जलि ...💐
- Shiva Bashyal
   3rd Dec. 2018

Wednesday, 21 November 2018

" डि एस एल आर " शिव बस्याल - T99post

- दिन घोप्टिएर रात उक्लिदै थियो । त्यो भन्दा धेरै मेरा मनका  भय हरु , मनदेखी मस्तिष्क सम्म सिगोरी खेलिरहेका कुराहरु , र एक्कासी आएका म्यासेजहरु ...
बाघले लखेटेको मिर्ग उकाली लागेझै तिता मिठा जिवनका भोगाइहरु , काल्पनिक कुराहरु र वास्तविक चित्रणहरु । न म स्थिर थिए । न मेरो मन । न त थियो रात्री बस । बस आफ्नै गतिमा दौडिइरहेको थियो ।  बस जस्तै मन अनि बाटो र छेउछाउका रुखहरु पनि । यात्रा गर्ने हरेक यात्रुहरुका आ-आफ्नै बेग्लै बिचार , गन्तव्य र आचरण बोकेर तर म भने गोजिमा पेन , झोलामा डायरी र हातमा " डि एस एल आर " बोकेर । झन्डै छुटेको हतारमा निस्किदै गर्दा .....

Tuesday, 20 November 2018

यो यौवन थाकेको छ " हिमा भुसाल " - T99post

[ गजल ]

हिजोअस्ति भन्दा पनि आज झन् थाकेको छ,
बिन्ती नआऊ मेरो समिप यो तन थाकेको छ,,

फलाम पिटेर पो सुन बनाउँन खोज्यौ  तिमीले,
एकोहोरो ठोकाईले निर्दोष मेरो घन थाकेको छ,,

झट्ट हेर्दा म यहाँ हरेक कुराले भरिपूर्णै  देखिन्छु,
तर कस्ले बुझी दिन्छ यहाँ कत्ति मन थाकेको छ,,

सहरमा घर  किनेर बाआमा राख्ने धोको थियो,
दलालीको चलखेलले मेरो चोखो धन थाकेको छ,,

फाटेको मन टाल्न खोज्या थें पिरती को धागोले,
चौतर्फी देख्दा ब्वाँसो हरु यो यौवन थाकेको छ,,

हिमा भुसाल " प्रकृति "
२० नोवेम्बर ,दाङ्ग 

Sunday, 11 November 2018

" डि एस एल आर " शिव बस्याल - T99post

- नेपालगन्ज बाट अधिबेशन मा आउन भनेर बारम्बार पत्र आएपछी नकार्न सकिन । नर्वेबाट फर्किएको मात्र ५ दिन भएको थियो । थकाइ राम्रो सङ मरेको पनि थिएन । फेरि पनि म हरेक दिन सङ्गै लिएर आयको क्यामेरा को सेटिङ्ग हरु मिलाउदै थिए । यसपालिको तिजमा भिडियो एल्बम खिच्नको लागि ३ महिना अघिदेखी नै बुकिङ्ग आयको थियो । क्यामेरा र कलम सङ्ग खेल्ने मेरो आदत नै बनिसकेको थियो । तेसैले पनि होला नर्वेको एयरपोर्ट बाट छुटिने बेला सरु ले यो क्यामेरा दिदै भनेकी थिइन - " क्यामेरा केही बिशेष दिनबाट शुरु होस है , जस्ले हरेक जिवनको यथार्थ लाई एइना बनेर समाज मा छर्लङ्ग देखाइदियोस " ।

Saturday, 10 November 2018

मौलिकता बोकेको अर्घानिक देउसी भैलो मुम्बईमा" भिडियो सहित "- T99post

शिव बस्याल 
११ नोभेम्बर , मुम्बई भारत 
- हिन्दुहरुको महान पर्व शुभ दिपावलिको अवसरमा खेलिने देउसी भैलो नेपाल मा मात्र हैन भारतको मुम्बईमा पनि खेलेको देखियो । आधुनिक समय सङै बदलिदै गएको हाम्रो कला सस्कृती मा अहिले निक्कै भिन्न देखिदै आएको छ । देउसी भैलो पहिला पहिला एउटा कथा र बिषय बस्तुमा केन्दृत गरेर भट्ट्याइन्थ्यो भने आज यहि मौलिकता रिमिक्स हुँदै गएको  छ ।

Sunday, 28 October 2018

बुद्धिसागर को " परेलि " सार्बजनिक * भिडियो सहित * - T99post

शिव बस्याल ,
29 अक्टोबर मुम्बई 

 - चर्चित लोकदोहोरी गायक बुद्धिसागर बस्यालको नयाँ गीत “परेलिले” को अडियो लिरिकल भिडियो युट्युब मार्फत बजारमा आएको छ ।

लोकदोहोरी गीतबाट आफ्नो छुट्टै पहिचान बनाउदै सबै श्रोता, दर्शकको मनमा बस्न सफल गायक बस्यालले दर्शक, श्रोतालाई यो पटक भने अलि फरक स्वाद पस्किन खोजेका छन् । नेपाली साहित्य बिधाको एक शशक्त विधा गजललाई संगीतमा भरेर बजारमा ल्याएका छन् ।

       " परेलिले बात गर्ने कस्तो तिम्रो बानि रहेछ,
             प्यास लाग्यो आउँकि नआऊँ तिम्रो घरमा पानी रहेछ "

सृंगारिक रसमा रहेको यो गीतले धेरैको मन जित्ने गायक बश्यल्ले नेप्लिज डायस्पोरासंग भने । गायक बश्याल धेरै बर्षदेखि क्यानडामा छन् ।



क्यानडामा नै रहेका रमेश थापाको शब्द गजलमा निकै चर्चित संगीतकार महेश खड्का संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियो छायांकन हुने तयारी रहेको गायक बस्यालले बताए ।

गायक बुद्धिसागर बस्यालको बुढेसकालकालैमा, डाँफे नाचेर , बाजेका पालामा गीतहरु निकै नै चर्चामा रहेका थिए ।हाल क्यानाडाको टोरन्टोमा बस्दै आएका गायक बस्याल कलाकार संगै एक कुशल संचारकर्मीका रुपमा पनि चिनिन्छन् । गायक बस्याल नेपाल टिभी क्यानाडाका संचालक साथै प्रोड्युसर पनि हुन् । #साभार

भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला | 





उही गमला फुटे जस्तो "अदिती अर्याल ज्ञवाली"-T99post

[ गजल ] -

जे गरे नि लाग्छ यार यिनले देश लुटे जस्तो।
एउटा गर्छ रोए जस्तो अर्को गर्छ कुटे जस्तो।

बाहिर-बाहिर मनमुटाव गरे जस्तै गर्छन् फेरि,
बुझ्दा लाग्छ भित्र-भित्र यिनीहरू जुटे जस्तो।

बनाउँछौँ देश भनेर जनतालाई आश देखाउने,
देश  भयो  बालीलाई  असिनाले  चुटे  जस्तो।

बजेट पनि छुट्याइन्छ हरेक वर्ष विकासलाई,
चुहावट   रोकिएन  उही  गमला  फुटे  जस्तो।

सपनीमा  चिच्याएछु  मेरो  देश  बचाउ भन्दै,
पिडा भयो दूधे बालक आमाबाट छुटे जस्तो।

अदिती अर्याल ज्ञवाली 
रुरु गाउँपालिका-३, गुल्मी 
हाल: कुलेश्वर-१४, काठमाडौं

29 october 2018 



Wednesday, 24 October 2018

शिक्षा क्षेत्रको अवलोकन गर्न जम्बो टोलि मुम्बईमा - T99news

शिव बस्याल , ७ कार्तिक मुम्बई 

 - तिलोत्तमा नगर पालिका का प्रधान अध्यापकहरु सहितको एक टोलि अहिले मुम्बई आइपुगेको छ । लगभग ४० जना जतिको समुहमा आएको यो टोलि भारतको मुम्बई शहर हुँदै गोवा सम्म जादैछ । शिक्षा र शिक्षा क्षेत्रका बिभिन्न ठाउहरुको अवलोकन गरेर शिक्षाको स्तर लाई एक ससक्त ढंगबाट लैजाने उद्देश्यले अवलोकन भ्रमण को लागि यो टोलि  मुम्बई आएको हो ! बडा दशै सकिएको लगत्तै यो समयमा धेरै गर्मी पनि नहुने र जाडो पनि नहुने हुदा शरद ऋतु नै घुम्न , अवलोकन गर्न र प्राकृतिक सौर्न्दर्य सङ्ग नजिकिन अत्यन्तै महत्त्वपूर्ण समय पनि हो !

Tuesday, 23 October 2018

बिवाहको ११ दिनमै स्कुटी दुर्घटना मा श्रीमतीको मृत्यु , श्रीमान घाइते - T99post

पाल्पा, कार्तिक ६ / स्याङ्जाको मालुङ्गा नजिकै स्कुटी दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए ।

Tuesday, 16 October 2018

दशै आयो र ......? " शिव बस्याल "

- दिनभरिको थकान पछि आज छिट्टै सुतियो , हिजो अस्ति हेर्ने टिभी को पनि बेवास्ता गरेर । बोल्ने मन थियो र पनि फोन लागेन । एकपटक फेरि प्रयास गरे तर स्विच अफ भएको इरर ट्युन मात्र बारम्बार ....

सिरानी मुनि राखेको एल्बम निकाले । पाना पल्टाउदै गए। हरेक तस्बिर ले आफ्नै विशेषता बोकेको थियो । प्रत्यक तस्बिरलाई हेर्दै म त्यो समय स्मरण गर्दै थिए । २०४८/४९ सालमा खिचिएको तस्बिर , म आफ्नो पासमा सम्हालेर राखेको थिए । दशै को याद बेस्सरी आयो , सहन नसक्ने गरि पिडाका कुण्ठा बोकेर ।

Thursday, 4 October 2018

हत्या जिवनको अन्त्य होइन बिडम्बना हो " मन्जरी " - T99post

 - फेसनको दुनियामा सन्सार हराइसक्यो भन्दापनि फरक नपर्ला ! बदलिदो समय र युवाहरुको रोजाइमा रहेको ट्याटु अहिले बिदेशी भुमिमा मात्र नभएर स्वदेश भित्र पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ! लण्डन बाट फर्किएपछि यो सिपलाइ आफ्नो व्यबसायको रुपमा पस्किने निधो गरे !
" एन्जेला रोज " को ट्याटु देखि म पनि निक्कै प्रभावित थिए !  कुनै एकान्तमा बसेर कोरिने चित्रहरु आजकल बजारमा युवा युवतिहरुको हात-खुट्टा , घाँटी , कम्मर , छाती लगायत  बिभिन्न ठाउहरुमा खोपिन्छन र खोपाउछन ! अझ भनौ भने संबेदनसिल अंगहरुमा पनि ट्याटु बनाउने फेसन निक्कै बढेको छ ! प्राचीन कालमा मठ मन्दिरमा कुदिने आकर्षक चित्रहरु आजकल मान्छेको शरिरमा कुदिन्छन , जो २१'शौ सताब्दिको बिकशित रुप हो भन्दा फरक नपर्ला !

Monday, 1 October 2018

बा आमालाई उपहार वृद्धाश्रम वा काँशी " हिमा भुसाल प्रकृति " - T99post

           [ गजल ]

गल्ली अनि  चोकचोकमा  तस्विर  टाँसि दिए हुन्छ!
अपराधीलाई  गद्दी र सज्जनलाई  फाँसी दिए हुन्छ!!
 
बुझ महासय  श्रीमती  रिसाउँदा महाप्रलय आउला!
बाआमालाई  उपहार वृद्धाश्रम वा काँशी दिए हुन्छ!!

ईमान्दारी  पुर्वक मैले  उसलाई चोखो प्यार गरी रहेँ!
तर ऊ भन्छ  प्रेम  हैन तनमा  तन  गाँसी  दिए हुन्छ!!

हे!दैव सडकमा रुँदै हिडेको त्यो अनाथ  देख्दापनी!
यदि तेरो मन पग्लिन भने  खित्केर हाँसी दिए हुन्छ!!

गरिबको खुन पसिना चुसेर  ढाडिएका जुकाहरु हो!
टुक्रा किन ? यो देशकै नामोनिशान माँसी दिए हुन्छ!!

- हिमा भुसाल " प्रकृति "
               दाङ्ग 

Saturday, 29 September 2018

ढुंगानाको जीवनसहारा बन्यो मनकामना एकता फाउन्डेसन -T99post

- शिव बस्याल , २९ सेप्टेम्बर मुम्बई ,
रोजगारीका लागि भारत पसेका सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरका ३४ वर्षीय इन्द्रमणि ढुंगाना ३ महिना पछि बल्ल घर फर्किन सफल भएकाछन् । तीन महिनाअघि प्रहरीले मुम्बई शहरमा अचेत अवस्थामा ढुंगाना लाई फेला पारेको थियो ।

Tuesday, 25 September 2018

आइपुग्यो शर्माको "... शनिबार" अब तपाइको बजारमा भिडियो सहित - T99post

शिव बस्याल , असोज १० मुम्बई  -
लोकसंगीत का बादशाह पुस्कल शर्माको दशै गित " अध्यारो शनिबार " अब तपाइको बजारमा सार्बजनिक भइसक्यो  ! पुस्कल शर्माले  बिभिन्न मिडियाका पत्रकारलाई भेला गरि उक्त गीत बिमोचन गरेका हुन्। पुस्कल शर्मा र कान्छो नविनको प्रस्तुति रहेको उक्त गीत दशैलाई केन्द्रित गरेर बजारमा ल्याएका हुन।

Saturday, 8 September 2018

व्हिलचेयरले जन्माएको माया - T99post

शिव बस्याल 
- गृष्म ऋतु सकिएर बर्षा ऋतु को आगमन भयको हुनुपर्छ ! चारैतिर हरियाली हुन लागिसकेको थियो ! हरियो जङ्गल हरुमा चराचुरुङ्गी हरुको चिरबिर निरन्तर सुनिन्थ्यो ! बारम्बार आइरहेको पानी ले शरीर निकै चिसिदै गयको थियो ! तर पनि मेरो यात्रा भने निरन्तर नै थियो ! आज जसरी पनि रौतहट पुग्नुपर्ने योजना बुनेको थिय ! साउनको महिना कहिले झरी बादल त कहिले मधुर घाम को राप छिनभरमै आइदिन्थ्यो र बिलाइदिन्थ्यो ! आउने जाने बर्सात का पानीका टिप्काहरु उनैका आँसु जस्तै लाग्दथे र बादलका भुल्का हरुमा उनैको अनुहार को धमिलो चित्र देखिन्थ्यो ! खै साच्चै थियो या परिकल्पना मात्र .....

Monday, 3 September 2018

मुम्बईमा पनि तिजको रौनक , स्वदेशमा भन्दा कम थियन(भिडियो सहित) - T99post

 शिव बस्याल 
१८ भदौ , सोमबार / मुम्बई भारत

 - हरितालिका तिज पर्व का गितहरु महिनौ दिन अगिदेखी नै घन्किरहेका छन ! गितको तालमा नाच्ने , नचाउने र खुवाउने कार्यक्रम पनि पछिल्लो समय भन्दा अहिले को समयमा बढी देखिइरहेको छ ! जसले गर्दा मौलिकता पन अझ झन फस्टाउदै गयको संकेत मानिन्छ ! बिभिन्न संघ सस्था र आयोजक हरुले यस्ता कार्यक्रम हरु गरेर तिज लाई अझ उत्साहित बनायका छन ! नेपाल मा मात्र नभयर यस्ता कार्यक्रम हरु बिदेशमा पनि भएका छन ! प्रवासमा बसेर पनि यस्ता कार्यक्रम हरु सन्चालन गर्न , गराउन र यो जमघट सम्हाल्न कम चुनौती थियन ! फेरि पनि बिगतको लामो समयदेखी नै भारतको मुम्बईमा बस्दै आयका गोकुलधाम संयुक्त परिवार हरु मिलेर हरेक बर्ष यो पर्व मनाउने गरेका छन !

Monday, 27 August 2018

निहारिकाको योगमाया लाई मदन पुरस्कार - T99post

शिव बस्याल  
भदौ १२ , मुम्बई - 

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई र जगदम्बा–श्री शान्तदास मानन्धरलाई अर्पण गर्ने निर्णय गरेको छ ।
गुठीको आज ११ भदौमा बसेको बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

चलचित्र कालो शहरको च्यारिटी शो मुम्बईमा - T99post

मिना साउद 
मुम्बई ११ भदौ , सोमबार !

चलचित्र कालो शहरको च्यारिटि शो मूम्बैमा हुने भयको छ । शहरमा हुने अपराधिक त्रियाकलाप, भ्रष्टचार, लागू औषधको कारोबार, बाल यौन शोषण तथा कालोबजारि जस्ता कृयाकलाप एउटा इमान्दार तथा सोझो मान्छेलाइ बाच्न कति कठिन हुन्छ भन्ने कुरालाइ चलचित्रको पर्दामा दुरुस्त उतारियको चलचित्र हो कालो शहर । माता शुर्मादेबि प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण गरयको चलचित्र कालो शहरमा निकै रुचाइयका नायक शुसिल क्षेत्री को मूख्य अभिनय रहेको छ । तिहारपछि नेपालभरि रिलिज हुने तयारिमा रहेको कालो शहरको च्यारिटि सो मूम्बैमा हुन गैरहेको हो ।

Tuesday, 21 August 2018

बाकस भित्र को त ? पासपोर्ट कि म ...... " शिव बस्याल "- T99post

शिव बस्याल /मुम्बई 
भदौ ५ , मंगलवार 

- एक्कासी भएको घटना ले जिवनमा नसोचेकै कुरा सोच्नमा मजबुर गराइदियो ! अनेकौ प्रयास पछि पनि असफल भएर ताबोको ताउलिमा आमा को अस्तु र खरानी बाहेक अरु केहि लियर फर्किन सकिन ! आशाको किरण त्यो दिन ढल्यो जुन दिन नर्सले सम्झाउदै भन्दै थिइन - आमाको आखाको नानी सुकिसक्यो , फुस्रो भयर आयको छ अब को ३/४ घण्टामा डक्टरले डिक्लियर गरिदिनु हुन्छ ! पैसाको इन्तजाम गर्नुस है , अस्पतालको बिलहरु धेरै पेन्डिङ्ग मा छन  !

Monday, 20 August 2018

चर्चा बटुल्न पेटिकोट लाएको थिइन " सुरेश तिमिल्सिना " - T99post

सुरेश तिमिल्सिना , काठमाडौ 
भदौ - ४ सोमबार 

सर्बप्रथम सबैमा नमस्कार  !

 यो फोटो सामाजिक संजाल मा फैलाएर मलाइ चर्चा बटुल्नु थिएन  हो गल्ती भयो होला हामी बाट तर एउटा पीडित लाई पिडा मा मलम लगाउन निस्केको हामिलाइ प्रहरीले गिरफ्तार गरि करिब चार घण्टा पछि रिहा गर्यो यसमा कुनै समस्या भएन चार घण्टा त के चार बर्ष नै हामिलाइ कैद गर्ने थियो प्रहरीले भने पनि हामी तयार थियौ तर महोदर पत्रकार भएर पक्ष र विपक्ष दुबै कुरा मा लाग्न सक्नु पर्छ भन्ने कुरा सबैमा अवगत गराउन चाहन्छु , आमाले करिब ९ महिना कोख मा राखी जन्माएको बालिका ९ महिना बित्न नपाउदै बलात्कार हुन्छिन भने हामी किन मौन बस्ने ??

Friday, 17 August 2018

भारतिय राजनीतिका ध्रुव ताराको अन्त्य - T99post

शिव बस्याल 
१७ अगस्ट २०१८ / शुक्रबार 

- छिमेकी मुलुक भारतका पुर्व प्रधानमन्त्री - अटल बिहारी वाजपेयी को ९३ बर्ष को उमेरमा निधन भयो ! उनी २५ डिसेम्बर १९२४ ग्वालीयर मध्य प्रदेशमा जन्मियका थिए ! भारतका दशौ प्रधानमन्त्री समेत रहेका थिय ! १६ अगस्ट २०१८ को दिन नइ दिल्ली मा उनको उपचारको क्रममै देहान्त भयो !

Thursday, 16 August 2018

मनकामना एकता फाउन्डेसन ले मनायो आफ्नो स्थापना दिवस - T99post

शिव बस्याल
मुम्बई १६ अगस्ट ,
- भारतको मुम्बईमा रहेको प्रवासी संघ सस्था मध्य मिरा भायन्दर स्थित - मनकामना एकता फाउन्डेसन ले पनि १५ अगस्ट का दिन आफ्नो चौथो वसन्त पार गरि पाचौ वसन्तमा प्रवेस गरेको अवसरमा आफ्नो सस्थाको स्थापना दिवस केही नौलो पनले सु सम्पन्न गरेको छ ! पछिल्ला दिनहरुमा विभिन्न कार्यक्रम हरु गरेर मनाउदै आयको थियो ! तर यो बर्ष भने बन्दै गरेको सस्थाको भवनमा गयर आपसी मेलमिलाप र सहयोगको भावनालाइ उजगार गर्दै भवन निर्माण मा सहकार्य गरेका थिए ! आफ्नो गाउँ आफै बनाउ भने जस्तै मुल नारा - " आफ्नो कार्यालय आफै बनाउ " भन्ने अभियान र अभिलाषा बोकेर त्यहा जोस र जागर का साथ उपस्थित भयका थिए !

Wednesday, 15 August 2018

हृदयको प्रतिबिम्ब / मेरो कलम .....-T99post

हृदयको प्रतिबिम्ब / मेरो कलम ......

 - बदलिदो समय र बिकासको तिव्र गति संगै हुर्कदै गयको निजि जिन्दगी यस्तो होला भन्ने सोचेको पनि थिइन ! सामान्य गति र आफ्नै गोरेटोमा हिडिरहेका पाइला हरु एक्कासी ठेस लाग्न पुगे ! एकपटक झसङ्ग भय ! आफैलाइ यहि मार्गबाट अगाडि लैजाने या नहि !

Tuesday, 7 August 2018

जीवन त यात्राको संयोग "उर्मिला कार्की "- T99post

< गजल >

यो दिलमा मायाको गेट बनाउदै छु ,
कहिल्यै नबिर्सिने भेट बनाउदै छु !

स्मरण रहिरहोस हाम्रो मधुर मिलनमा ,
अब मेरै दिलसङ्ग मिल्ने सेट बनाउदै छु !

सुखदुःख नबिर्सिने बातहरु संग संगै ,
आफैले आफ्नो अनौठो रेट बनाउदै छु !

जीवन त यात्राको संयोग रहेर होकि ,
भौतारिने मनलाइ मैले रकेट बनाउदै छु !

तिमी आयौ जिन्दगीमा अचम्मले जोडी बनेर ,
आजभोली जिन्दगिलाइ ब्राकेट बनाउदै छु !!

                     ***


काम गर्ने श्रमिककाे दर  भाउ  छैन
ठडिएकाे झाेपडीमा  कुनै नाउ  छैन।

दिन रात चुसिंदै छन् पिसिंदै छन् यहाँ
निर्मल छ मन कति ढाँटी खाने दाउ छैन।

दश नङ्ररा खियाएर यिनै  काम   गर्छन
खाने बेला -एक पेट   चाउ चाउ     छैन।

श्रम   गरी  खान्छन्   नित्य    यिनीहरु
मन भित्र  कपटकाे    कुनै   घाउ  छैन ।

ऋणमाथि ऋण थपि सधै कति दुख खेप्नु
कहाँ गई अाेत लाग्नु बस्ने कुनै  ठाउँ  छैन ।।

                    ***

फाँटेकाे मुटु सिएर हेर्दै  छु
अलिकति नशा पिएर हेर्दै छु !

कत्तिकाे जतन गरेर राख्छौं
तिमीलाई याे ज्यान दिएर हेर्दै छु !

नपाए पनि तिम्रो चाेखाे माया
जेनतेन जीवन जीएर हेर्दै छु !

तिम्रै मायामा तिम्रो तस्बिरलाई
मैले मन र मुटुमा लिएर हेर्दै छु !

साथ मात्रै देउ मलाई मायाले
तिम्रो लागि अलिकति खिएर हेर्दै छु !!
                  ***

- उर्मिला कार्की 
चितवन , नेपाल 
8 Aug. 2018 

Friday, 3 August 2018

पुस्कल शर्मा को " हिरो " सार्बजनिक( भिडियो सहित ) - T99post

BY - Shiva Bashyal , 
3 August 2018 , Mumbai - नेपाली चेलीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका लोकप्रिय गायक तथा मोडेल बहुप्रतिभाका धनि पुस्कल शर्माको नयाँ तीज गित " हिरो " सार्वजनिक भएको छ । पुष्कल शर्मा सबैको लोकप्रिय गायक यस पालिको तीज गीतमा नायिका अनु शाहको हिरो भएर आएका छन।

अबोध बालक , बाल्यकाल र ग्रामीण जीवन - T99post

" मन छ तर धन छैन , धन छ त मन छैन "

समय सङै साटासाट गर्ने मेरा रहरहरु खै , कहिले कहाँ सम्म हो थाहा छैन ! तर पनि खुशी छु ! बिहानिको सिरेटोमा बाहिर बाट एक्कासी आवाज आयो ! कसैले चिच्च्याएको महसुस गर्दै थिए ! अपुरो निन्द्राको त्यान्द्रो लाई आङ तान्दै बटारिएका आँखा सोझ्याउने प्रयास गर्दै थिए ! तर ढोका खुल्लै हुदा कोइ आयको पत्तै भएन अनि बल्ल थाहा पाय जब बासको लौरो जोरसित मेरो खुट्टामा बजारियो ! झसङ्ग हुँदै उठे ! एक्कासी छुटेको निन्द्रा सायद अब फेरि कहिले नलाग्ने गरि .....................

Wednesday, 1 August 2018

उज्यालो पाउँदा जून बिर्सन्छौ भने "यमुना खतिवडा"-T99post

" यामु " का मुक्तकहरु 

                  - -

मरुभूमिकाे बलाैटे माटो भयो जीन्दगी
बल्झिरहने घाउको खाटाे भयो जीन्दगी।
रसरङ्ग उमङ्गकाे बहार अाउनु भन्दा हजुर,
दर्द पीडा र खुसीको साटाे भयो जीन्दगी ।!

                    - -

याे राजनीति नेताले खेल्ने खेल रहेछ
चुनाव त मात्र देखाउने तालमेल रहेछ ।
सरकारमा तछाड मछाड किन भन्दा,
अाफ्नै थैला् भर्ने गजबकाे झेल रहेछ।!

                 - -

प्रगति गर्दा मैले दुष्मनहरु ढल्दा रहेछन्
पाेलेसरी अागाेले खरानी भई जल्दा रहेछन् ।
म त हिड्छु अाफ्नाे बाटो खुट्टा दराे बनाएर,
नसके नि लडाउन लडाउने चाल चल्दा रहेछन् ।!



                     - ४ -
         
हिरा पाउँदा सधै सुन बिर्सन्छाै भने
उज्यालो पाउँदा जून बिर्सनछाै भने।
कहिलै माथि उठ्न सक्दैनाै साथी,
धन कमाउदैमा गुन बिर्सन्छाै भने ।!

                - ५ -

अाँशु र हासाेकाे किन मेल हुदैन
जीन्दगी संग खेल्ने कुनै खेल हुदैन ।
कति पीडा सहनु जीवन अाखिर मैले,
दुःखी अात्मालाई थुन्ने किन जेल हुदैन ।!

             ~ *** ~

- यमुना खतिवडा " यामु "
1 August 2018 
          झापा 

Wednesday, 18 July 2018

स्तब्ध मा डुब्यो अधेरी गाउँ T99post

BY- Admin ३ साउन 

वर्षदिनको लभ, डेढ वर्षको बैवाहिक जीवन, छिनकै पहिरोमा पुरियो’

        सन्तोष कुँवर र शरु कुँवरको भेट तीन वर्ष पहिले भएको थियो । शरु सन्तोषको गाउँ शहिद लखन ६ घैरुङको अँधेरीमा रहेको मावली आउजाउ गर्दा उनीहरुको भेट भयो । बाबा आमाले नस्वीकार्दा पनि आफुलाई मन परेको र मायाँ गर्ने शरुलाई सन्तोषले भगाएरै विहे गरेका थिए ।

हरेक साउन यसरी देखायर नतड्पाउ प्रिय बरु छिट्टै लिन आउ " शिव बस्याल "T99post

बाटोमा हिडेका युवतिहरु देख्दा साउन आय जस्तो लाग्छ तर खै कुन्नी किन उहाँ आउनु भयन ! आज पाच वटा साउन गैसके ! पर्खिरहे ! कति सोमवार का व्रत बसे तर पनि अह मेरा लागि हरेक साउन कहिले हरियो भयन आखिर किन ? मैले मेहेन्दी लगाउन जानिन कि ? मेहेन्दी घोल्न जानिन कि ? घोलियको मेहेन्दिमा माया त मिसायकै थिय तर पनि के कमि भयो होला ? हरेक सोमवार शिव मन्दिर गयर लम्बी आयुको कामना त गरेकै थिय फेरि किन ?  मैले लगायका चुरा हरु त हरिया नै थिय तर आखिर किन ? मेरो पहिरन पनि हरियै थियो तर पनि किन ? बाताबरण को रमझम सङ्गै प्रकृति पनि हरियो थियो तर फिका किन ? मनमा सलबलाउने मेरा यी प्रस्न हरुको कि त उत्तर देउ नत्र लिन आउ प्रिय अब धेरै बाच्ने रहर छैन !

Monday, 16 July 2018

कालिको मुस्कान तरवार राख्ने खोल सम्झिन्छन " रज्जु बिडारी" - T99post

[ गजल ]

अाफु चोक्टा अरुलाई त्यसको झोल सम्झन्छन् यार।
अरुको काम त खाली पोष्टको गोल सम्झन्छन् यार।।

सबै खराब म मात्रै राम्रो भन्ने मानसिकता भएरै हो कि।
अरु  कबाडी अाफुलाई भने अनमोल सम्झन्छन् यार।

अाफ्नो  सम्झेर कसैसँग बोल्न मन छैन अब मलाई।
मीठो  बोलेर धुत्न अाई  फेरि पोल सम्झन्छन् यार।।

 मुखमा  रामराम  बगलीमा  छुरा बोकेर हिड्नेहरुले।
"कालीको"मुस्कान तरबार राख्ने खोल सम्झन्छन् यार।

रज्जु बिडारी " काली "
धार्के,धादिङ्ग।।
16 july 2018

सुनखरी नेपाली महिला समाज र बसिबियालो को सम्युक्त आयोजनामा भानु जयन्ती सम्पन्न - T99post

BY - Admin , 14 जुलै मुम्बई ! भानु जयन्ती को दिन सुनखरी नेपाली महिला समाज मुम्बई र बसिबियालो मुम्बई को सम्युक्त आयोजना मा बिभिन्न सास्कृतिक कार्यक्रम र जयन्ती भब्य रुपमा सम्पन्न भयो ! प्रवास मा रहेर पनि आफ्नो भाषा , कला र सस्कृती लाई जिवित राख्ने बहु उद्देश्य लियको यो समाज ले बिगतको लामो समय देखि नै यस्ता कार्यक्रम गर्दै आयको छ ! महिला  स-सक्तिकरण र एकजुटता को उदाहरण बनेर देखायको यो सामाजिक सस्था पनि हो ! स्वदेशी भुमी देखि टाढा हुदा पनि विभिन्न समय मा आउने जाने चाडपर्व हरु लाई अङ्गालेर आपसी मेलमिलाप र सहयोग को भावनात्मक सृजना गर्ने साथै आउने भावी पिढी हरुलाइ पनि आफ्नै देशको भाषा र सस्कृती लाई यथाशीघ्र राख्ने परिकल्पना बोकेको शिक्षा सिर्जना गरेको भन्दै सुनखरी महिला समाज को नेतृत्व मा रजनी थाप ज्यु ले आफ्नो गजन बिचार र मन्तव्य दिनु भयको थियो !

Tuesday, 26 June 2018

अस्मिता , अन्जान र प्रेम - T99post

BY-Admin 26 june 2018  , छुट्टिने बेला सुमसुम्याउदै समातेर चुमेका हात यिनै हुन ! फेरिका दिनहरु यस्ता नहुन पनि सक्छन ! यस्तो समय फेरि आउला / नआउला , - आज हामी केही समय फन पार्क मा बसौन है ! उनैको आग्रहमा दुइटा टिकट निकाले र छिरियो फनपार्कको गेट भित्र ! जता हेर्यो उतै जोडि जोडि मात्र ! हुन त म पनि कहाँ एक्लो थिय र ! उनले समातेको हात कहिले नफुत्किने गरि कस्सिलो थियो ! केही पर एउटा गुलावको फुलको छहारी मुनि गयर बसियो ! बिछ्याइ राखेको उनको दुपट्टा मा हामी सजिलै अटायौ ! बर्सौ पछि को चिनजान पछि हाम्रो आज पहिलो भेट थियो !

Saturday, 2 June 2018

पाल्पा बुटवल सडक यात्रा अतिनै संबेदनसिल

CBA Bashyal ! जेठ १९ , पाल्पा / बुटवल

पाल्पा बुटवल सडक खण्ड पहिरो को कारण अवरुद्ध भयको ले भोग्नु परेको सास्ति र फसेका यात्रु हरुको गुनासो यहाँ लेखी नसक्नु छ ! दुई दिनदेखी रोकिदै आउदै गरेको बर्खा र अचानक खसेको पहिरो को कारण हिजो पनि पहिरोले एक यात्रु को ज्यान लियो ! घटना को शिकार हुनेहरु मा बार्षिक आकडा हेर्ने हो भने सयौ को सङ्ख्या पार गरि सक्यो र पनि अझै यसको रोकथाम सफल भयको छैन ! जबसम्म बैकल्पिक बाटो को निर्माण पुरा हुदैन तबसम्म यो समस्या को समाधान हुने संभावना अती नै सुक्ष्म छ ! सिद्द्बाबा देखि गाडी हरु एकतर्फी लाइन हेर्ने हो भने ७/८ किलोमिटर  सम्म लामो जाम परेका छन !

Friday, 11 May 2018

जिन्दगीसङ्ग सिँगौरी खेल्ने जोस "सबिता लामिछाने" - T99post

[ गजल ]

तिर्खा लाग्दा बाटोको छेवैमा कुवा देखेपछी
पिउ कि नपिउ भयो पानी बटुवा देखेपछि !

खै के देखि पग्लने गर्छन आजकल मान्छेहरु
म पग्लने गर्छु पुरानो कमेज र बुवा देखेपछि !

जिन्दगीसङ्ग सिँगौरी खेल्ने जोस बल्ल आउछ
हर्के दाइले बोक्ने गरेको हलो र जुवा देखेपछी !

खै यसलाई म भ्रम भनु या कमजोर मनोविज्ञान
कापी किताबले पनि झस्काउछ बिदुवा देखेपछी !

उसो त उस्ले दिएको सर्प्राइज न थियो मलाई
आमाले दिएको आटो सम्झिए हलुवा देखेपछी !

सबिता लामिछाने ,गोरखा 
हाल कृतिपुर , 12 May 2018


Thursday, 10 May 2018

कसरी बदलिएछ मोदिको लागि "शम्भु पुडासैनि" - T99post

[ गजल ]
राता रात बाटो कसरी बदलिएछ मोदिको लागि
धुलो मैलो माटो कसरी बदलिएछ मोदिको लागि?

बुझ्न गार्‍हो रास्ट्रबादी नेताहरुको  पारा यस्तो छ
नाकाबन्दिको खाटो कसरि  बदलिएछ मोदिको लागि ?

जयजकार र  देवत्वकण उसैको मात्र  हुदैछ यहाँ
जनआक्रोशको पाटो कसरी बदलिएछ मोदिको लागि ?

दिन दिनै सिमाना मिचेको मिचै छ जानाजान बैरिले
सहिदको रगतको टाटो कसरी बदलिएछ मोदिको लागि ?

न देशले केही पाउछ न नेपाली सोझा जनताहरुले
रास्ट्रलाई हुने घाटो कसरि बदलिएछ मोदिको लागि ??

शम्भु पुडासैनी  11 May , 2018 
द . कोरिया 


Wednesday, 9 May 2018

हुन दिन्न अत्यचार तिम्रो मायामा " सरु आचार्य " - T99post

[ गजल ]
पाएको छु मैले संसार तिम्रो मायामा
चाहिएन सुनको हार तिम्रो मायामा

हजार पीडा एक्लै बरु सहन्छु यार
हुन दिन्न अत्यचार तिम्रो मायामा

बोली अमृतसरि कहींकतै नबिझाउने
प्रत्येक शब्द बफादार तिम्रो मायामा

तिमीसंग निर्धक्क भई जिवन जिउने
भेटेको छु थुप्रै आधार तिम्रो मायामा

डर लाग्छ कतै तिम्रो मन दुख्यो भने
हुने छे  "सरु" गुनेगार तिम्रो मायामा

       
                    सरु आचार्य (दुलाल) - झापा 


ओइलिएको गुलाब सरि भुइमा झर्न सकिन "संगीता पौडेल " - T99post

[ गजल ]

स्वार्थी  दुनियाँमा कसैको  भर  पर्न  सकिन,
छुट्नु बाध्यता भयो,अन्त कतै सर्न सकिन !!

सधै  बिझाएपछी, मन मुटु बिछ्याउदा पनि,
त्यो कठोर पापि  मनको झोली भर्न सकिन!!

कर्तव्य माझ विबस भए बाच्न, लुकाएर पिडा,
ओइलिएको गुलाब सरि भुइमा झर्न सकिन!!

संघर्षमा हार नखादा दुनियाँ लाई डाहा भयो,
तर बैगुनी घातकको लागि  केही गर्न सकिन!!

आफ्नै को हेलना देखेर पराइले फाइदा उठाए,
शकुनी,कैकेयी झैं आफ्नाको खुशी हर्न सकिन!!

वायुमण्डल सहारा हिम्मतले पार गरे सातसमुन्द्र,
तर लक्ष्मण रेखा पार गरेर सेती नदि तर्न सकिन!!

प्रत्येक पाइला पाइलामा ठक्कर लाग्दा ढुंगाको,
चोटै चोट्ले जिउदो लास भइ संगीता मर्न सकिन!!

           संगीता पौडेल  , कास्की 
            हाल: साइप्रस 
  6may/2018/3:47pmcy



Tuesday, 8 May 2018

लघुकथा : प्रतीक्षा "अदिती अर्याल ज्ञवाली" - T99post

"शुभप्रभात!"
"उठ्यौ? के छ कालू तिम्रो खबर?" बिहान उठ्ने बित्तिकै सफलको म्यासेज आइरहेको हुन्थ्यो। "शुभप्रभात हजुर, म त भर्खरै उठेँ।" म प्रतिउत्तर पठाउँछु। "बुहारी मान्छे, यति ढिलोसम्म सुत्छन् त? समयमा उठ, फ्रेस होउ, तिम्रो शरीरलाई स्वस्थ राख।" सफलको अनुरोध भनुँ वा दबाब आउँछ। "केको बुहारी मान्छे नि, म पनि कसैकी छोरी हुँ, बुहारी मान्छे ढिलोसम्म सुत्नु हुँदैन भनेर कसले भनेको नि हजुरलाई?" अलि जिद्दीपन देखाएर, घुर्क्याउँदै म जवाफ फर्काउँछु। "हेरन रिसाएकी, मैले त तिम्रो राम्रोको लागि भनेको नि लाटी, रिसाउनु पर्छ त? भयो छोड यी सबै कुरा।" सफलको जवाफ आउँछ। "हवस" छोटो जवाफ दिएँ मैले।

Sunday, 6 May 2018

आफ्नै मृत्यु पर्खेर बस्नु चोकमा साथी कुरेको जस्तो पक्कै हुदैन "गणेश आचार्य" - T99post

सबैको आयु थप्दा थप्दै
आफ्नै आयु रित्तिएको
सायद हजुरलाई पत्तै भएन
प्रिय मान्छे र सोझो रुख
छिट्टै काटिन्छ भन्थे, हो रहेछ
सबैलाई बचाउन सक्ने तपाई
आफैलाई बचाउन नसक्दा खेरी
Medical विज्ञानले नै हारेको हो की
जस्तो आभाष हुने रहेछ ।

आफ्नै मृत्यु पर्खेर बस्नु
चोकमा साथी कुरेको जस्तो पक्कै हुदैन
Expired Date लेखिएको अौषधी जस्तै
तपाइको Expired Date तोकिएको खबरले
हाम्रो पनि मन मुटु झसङ्ग हुन्छ
हजुरलाई झन कस्तो महसुश भयो होला ।
हजुरलाई देख्ने बित्तिकै , आधा रोग
सन्चो भएको अनुभुति गर्नेहरुको
हृदय झन कति छिया-छिया भए होला ।

मलाई अचेल यस्तै लाग्न थालेको छ
यो लोक भन्दा पर अर्को कुनै लोक हुनसक्छ
त्यहाँ पनि शोक, भोक र रोग हुनसक्छ
सायद त्यहाँ हजुरको अभाव खड्कियो होला
त्यसैले त भगवान यति छिट्टै लिन आउदैछन्
त्यो पनि पूर्व जानाकारी सहित ।

डा. साब आत्मबल कमजोर नबनाउनु होला
हजुरलाई लिन आउने भगवान पनि
अजम्बरी हुदैनन् भन्ने सुनेको छु
चमत्कारको आशा अझै मरेको छैन
हिमालको देशमा संजीवनीको कमि हुने छैन
आशिर्वादहरुको खडेरी हुने छैन
त्यस माथि तपाई आफै डाक्टर
रोगसँग हारे भन्ने अधिकार पनि त छैन ।

हृदयमा आशाको दियो बलिरहने छ
डा. उपेन्द्र देवकोटा सर हजुरलाई स्वास्थ्य लाभको कामना छ ।

हजुरले बचाएको एउटा प्राण,
- गणेश आचार्य - इटली 
7 May 2018 

उनी र रम उस्तै उस्तै लाग्यो "सुदामा कृष्ण "- T99post

[ स्वतन्त्र गजल ]

तिमी र यो मौसम उस्तै उस्तै लाग्यो
बदलिरहने हरदम उस्तै उस्तै लाग्यो

कसले भन्यो पिरती नशा होइन भनेर
मलाई त उनी र रम उस्तै उस्तै लाग्यो

हँसाउने पनि उनै---रुवाउने  पनि उनै
कभी खुसी कभी गम उस्तै उस्तै लाग्यो

यति धेरै लेखिएछ बहाना वा चाहनामा
तिम्रो याद र कलम -उस्तै उस्तै लाग्यो

थाहै नभई निको भो कति धेरै पीडाहरु
तिम्रो स्पर्श र मल्हम -उस्तै उस्तै लाग्यो

~ सुदामा कृष्ण ~

Wednesday, 2 May 2018

" दियालो साहित्य सरगम "को औपचारिक घोषणा सम्पन्न

CBA Bashyal ! १९ बैशाख , काठमाडौ ! साहित्य,कला र संगीतको विकास र प्रवर्धनमा विशेष जोड दिने उद्देश्यका साथ स्थापना भएको `दियालो साहित्य सरगम´ को अौपचारिक घोषणा तथा विशेष रचना वाचन कार्यक्रम अाज राजधानी स्थित लेखनकुञ्जमा अति भव्य र सभ्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

Monday, 30 April 2018

निभाउन नजानेको मित्रता "रज्जु बिडारी" T99post

 मैले उनीहरु सँग को मित्रता निभाउन जानिन कि उनीहरुले मेरो मित्रता बुझेनन् मलाई थाहा भएन।तर अब म उनिहरुलाई अन्लाईन र फोनमा बोलाउन अनि शुभकामना दिन छोडिदिदै छु।तर त्यसको मतलब यो होइन कि मैले उनिहरुलाई सम्झनै छोडिदिदै छु।भुल्न त म उनीहरुलाई चाहेर पनि सक्दिन।किनकि जसलाई म एकपटक मनमा राख्छु उनीहरुलाई भुल्न त मलाई चितामा राख्नुपर्छ ।तर पनि खोइ के भयो उनिहरुको र मेरो मित्रतामा घरिघरि भुकम्पका साना ठुला झट्का अाई नै रहे।

Tuesday, 24 April 2018

पुनर्जन्म को तेस्रो बर्ष * रमिला श्रेष्ठ * T99post

CBA Bashyal , १२ बैशाख काठमाडौ !  कल्पना पनि गर्न सक्दैनौ त्यो दिन त्यो पल अहिले सम्झदा पनि भर्खरै आफैलाइ हल्लायको महसुश हुन्छ , जुन दिन भुकम्पले सारा देश हल्लायो!
जीवन अमर होस , सुनौलो बाताबरण मिलोस , प्रगतिको पाइला हरु सधै धरोहरा जस्तै उचा हुँदै जाउन आगामी दिनहरु लाई पछ्छ्याउदै जानू बिगतका कुराहरु बिर्सिदिनु , मृत्यु लाई जितेर बाचेकी रमिला श्रेष्ठ लाई प्रतेक बर्ष यसै गरि सेलिब्रेट गर्न पाइयोस ! नया जुनि पायको मा तिमिलाइ हृदय देखि नै धन्यवाद !

Friday, 20 April 2018

को होला नरुनी *आमालाइ अन्तिम चिठ्ठी* भिडियो सहित T99post

CBA Bashyal, 20 अप्रिल! मुम्बई भर्खरै युट्युब च्यानल मार्फत सार्बजनिक गरियको पुस्कल शर्मा को नया गिती एल्बम  "आमालाइ अन्तिम चिठ्ठी" ले हरेक को मन लाई रुवाउने खालको छ ! प्रत्येक नेपालि मनहरुको वास्तविक कथा लाई बुझेर एउटा परिकल्पना गर्दै यथार्थ चित्रण गरियको उक्त एल्बम मा पुस्कल स्वयम् आफैले अभिनय गरेका हुन !स्टेज कार्यक्रम , महोत्सव र बिदेश का कार्यक्रम मा भ्याइ नभ्याइ पुस्कल ले आज्कल म्युजिक एल्बम निक्कै कम निकालेको पाइन्छ तर निक्कै नै मार्मिक र सङित प्रेमिहरु लाई बिर्सन नसक्ने गहिरो छाप पार्दिने खालका दमदार हुने गर्दछन ! 

डिस्कोमा सीता खाडीमा राम "रज्जु बिडारी"T99post

[ गजल ]

डिस्कोमा सीता  खाडीमा हजारौं राम भेटिन्छ ।
रामको पसिनाले देशमा बस्नेलाई माम भेटिन्छ ।।

डिग्रीको प्रमाणपत्र दराजमा ,खेतीपाती बाझो राखी।
हेर्नुस् विदेशीने युवाको ,मेनपावरमा लाम भेटिन्छ ।।

छोराछोरी श्रीमतीलाई बजारमा राखी उड्छ छोरो,
गाउघरमा युवा होइन सबै अस्ताउदा घाम भेटिन्छ। 

छिमेकीले कवाडी बटुली,मोहर टिप्छ फोहोर बाट।
देशका युवा सधैं सोध्छन्, यहाँ के काम भेटिन्छ ।।

 कमाएरै फर्के त हुन्थ्यो हजुर ,विदेशीने युवा सबै।
अखबारमा सधैं परदेशमा मर्नेहरुको नाम भेटिन्छ।।

- रज्जु बिडारी " काली " 20 अप्रिल 2018
                    धार्के,धादिङ्ग


Thursday, 19 April 2018

बन्झर होस या तलाउ फरक पर्दैन "हिमा भुसाल"T99post

[ गजल ] 
भाला रोप या छुरा चलाउ फरक पर्दैन अब ,
चिट्ठी पत्र च्यात या जलाउ फरक पर्दैन अब!

नउठ्ने गरी मेरा यि नयनबाट खस्किए पछी,
दुनिया मै महान कहलाउ फरक पर्दैन अब!

यो मन ढुङ्गा हुदापनि गल्ने भ्रम पाल्छौ भने,
घनले फोर चाहे हात गलाउ फरक पर्दैन अब!

त्य़ो उचाई देखि नै डर लाग्न छोडीसके पछी,
टुप्पै चडाउ या फेद ढलाउ फरक पर्दैन अब!

यादहरु जलेर खरानीको रुपमा नष्ट हुँदाखेरी,
त्यता बन्झर होस या तलाउ फरक पर्दैन अब!

काँडेझार रोप्न यदि कल्पवृक्ष नै गोडिन्छ भने!,
पत्कर सरी गिर ,या पलाउ फरक पर्दैन अव!

हिमा भुसाल , दाङ्ग 
19 अप्रिल 2018 

Wednesday, 18 April 2018

राम छोडी रावण रोज्छन कलियुगका सिताले *रज्जु बिडारी* T99post

[ स्वतन्त्र गजल ]

राम छोडी रावण रोज्छन् ,कलियुगका सिताले हजुर।
सत्य होइन झुट सिकाउछ ,फेसबुकको गिताले हजुर।।

श्रीमान परदेश गएको ,तीन बर्ष पुग्न लाग्यो अरे।
अचम्म भो छोरा जन्माई,तल्लोघरे निताले हजुर।

श्रीमानले सौता ल्याउदा सन्तानको के दोष होला।
अाफ्नै सन्तान जलाई अरे ,रिसले रिताले हजुर।।

पापधर्मको डर नै छैन ,काट्दै नुनचुक दल्नु पर्ने।
अाफ्नै छोरी समेत नभनेसी,अधर्मी पिताले हजुर।।

सहि र गलत छुट्याउनै छोडे ,यो मान्छेको जातले।
लोभलालच छोड्दैनन् बोलाउदा पनि चिताले हजुर।

रज्जु बिडारी " काली "
धार्के,धादिङ ।।

Sunday, 15 April 2018

* ब्रेन ट्युमर * "आमा" T99post

आमाको न्यानो काख कस्लाइ बर्ता भयको होला र ? हर कोइ हरेक पल चाहन्छ उहीँ काख उहीँ माया जस्मा आफ्नो हक जमाइ जमाइ राज गर्न मिल्दछ ! जस्तो सुकै भयतापनी आमा भनिरहन पाउनु नै ठूलो भाग्य को कुरा हो ! तर मान्छे ले आजकल  धेरै देखावटी रुप मा मात्र मान्न लागे ! तेसैका त उदाहरण हुन टनाटन भरियका बृद्ध आश्रम हरु र बर्ष मा एकदिन मात्र लोकचार पार्दै जन्मदिने ममतामय मेरि आमा भन्दै लियका एक थान सेल्फी र गरियका जिवित  स्टाटस र पोस्ट हरु  .... .....

बिल्डिङ्को छतबाट खसेर मृत्यु T99post

 CBA Bashyal , 15 अप्रिल मुम्बई ! सुदुरपश्चिम, मुजाबगर अछाम घर भएका  हाल कैलाली जगतपुर बसोबास भयका र अहिले रोजगारी को सिलसिला मा बिगतको ६ बर्ष देखी लक्ष्मी पार्क कलोनि कल्याण महाराष्ट्र भारत  मा चौकीदार को काम गर्दै आएका का नयाराम देवकोटा को सुक्रबार १३ अप्रैल का दिन साझ ४ बजे तिर बिल्डिंग को छतमा पानि को मोटर चलाउन जादा अक्समात खसेर मृत्यु भयको थियो ।

Saturday, 14 April 2018

शुभकामना आदानप्रदान सहित कार्यक्रम भब्य रुपमा सम्पन्न T99post

CBA Bashyal , 15 अप्रिल मुम्बई ! संयुक्त नेपाली महासंघ उप-समिती गोरेगाउ शाखा मुम्बई ले नया बर्ष को अवसर पारेर  14 अप्रिल (बैशाख १) गते सत्यनारायण महा पुजा र बिबिध सास्कृतिक कार्यक्रम गरि मनायो ! कार्यक्रम गोरेगाउ (पश्चिम) बाङुरनगर स्थित एक हलमा गरियको थियो ! बिशिस्ट अतिथिहरुको बाक्लो उपस्थिति मा गरियको कार्यक्रम अत्यन्तै रोचक र रमाइलो थियो ! स्थानिय कलाकार तथा केही बाहिर बाट आयका कलाकार हरुले पनि आफ्नो प्रस्तुती जमेर देखाय ! धार्मिक कार्यक्रम सङै सास्कृतिक कार्यक्रम पनि दमदार थियो !

Friday, 13 April 2018

डोको नाम्लो बोकि मेलापात धाउन "हिमा भुसाल"T99post

[ गजल ]

नेपालकी छोरी म गुन्युचोली लाउन जान्या छु
डोको नाम्लो बोकि मेलापात धाउन जान्या छु

देख्नु छैन मलाई ति गगनचुंबी महलका सपना 
सन्तुष्टिले खरको झुपडीलाई  छाउन जान्या छु

पाखे भने भनुन मलाई ति डिस्कोमा रमाउनेले 
गाँउघरका लोकभाका मैले पनि गाउन जान्या छु 

दुःख लाग्छ परदशीले मातृभूमि नै भुल्दा खेरी 
चारैदिशा घुमेपनि म त फर्केर आउन जान्या छु

पुरुषार्थ देखाएर केहि जान्दिने नभन्नु होला नि 
यो सृष्टि र बंस बढाउने संन्तान पाउन जान्या छु

माया गर्छु सबैलाई नेपालको माटै प्यारो लाग्छ
सबैसँग मिठो सम्वन्ध मनले निभाउन जान्या छु

- हिमा भुसाल  / 13 अप्रिल  , दाङ्ग 

Monday, 9 April 2018

आउदैछ "आमालाइ अन्तिम चिठि"T99post

CBA Bashyal ,10 अप्रिल मुम्बई ! बियोगान्त गितका धरोहर , मन मुटुको ढुकढुकी गायक "पुस्कल शर्मा" ले नया बर्ष मा फ्यान्स हरुलाइ के उपहार दिदैछन त ? सबैको मनमा लागेको जिज्ञासा र पर्खाइ हो यो केवल मेरो मात्र थियन !

  ‎बिगतको लामो समय देखि नै नेपाली लोक संगीत मा आफुलाइ चुर्लुम्मै डुबायर दर्सक ,श्रोता लाई भरपुर मनोरञ्जन दिदै आयका पुस्कल ले बियोगान्त मात्र होइन आधुनिक , पपगगित, तिज गित , लोकपप, जस्तै विभिन्न गितहरु पस्केर आफुलाइ लोक संगीत को शिखर मा पुर्यायका छन ! बिशेष त माया प्रेममा समर्पित गितहरु नै उन्का फ्यान्स हरु ले औधि रुचाउछन !

जाँदै गरेको उनको परान कालमा देखे "संगीता पौडेल"T99post

[ गजल ]

तरकारीमा नुन छैन,सुर्ती चेपेर तासको खालमा देखे,
सन्तानलाई किताब,पोसाक छैन,थोत्रो  सालमा देखे!!

सबैलाई मख्ख पार्दै हिड्ने मान्छे,गाउकै बुझक बनी
सन्तान टुहुरा बनाउदै, श्रीमती नराम्रो जालमा देखे!

गरि धन्दा, मेला पात, घास बोकी रातमा घर फर्किदा,
कुटेर,भोकै तड्पीएकी, सितको लहर पालमा देखे!!

  बुझाउने को?खोक्रो सानमा, उसले सम्पती उडाउदा,
 मास्ने गरि आफन्तले नै  बिच्छाएको  चालमा देखे!! 

भिर पाखा गरि,घास दाउरा, भारी, ल्याउदै थिइन् उनी,
बर्सेनि सन्तान, जादैगरेको उनको परान, कालमा देखे!!

बृद्धअबश्था, सबै तितरबितर, भएको नसामा मुर्छित,
पुकारदै श्रीमतीलाई, आउ लीन भन्दै, बेहालमा देखे!!




                 संगीता पौडेल 
              3sep2017/4:19pmcy
   
                  ~साइप्रस ~

Saturday, 7 April 2018

भाटभटेनी सुपरमार्केटमा लागेको आगो ४ घण्टा पछि नियन्त्रणमाT99post

BY- Admin ! २५ चैत बुटवल !
– बुटवल उपमहानगरपालिका–८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।
आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए।

सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो। आगो निभाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

Thursday, 5 April 2018

सिनेमाको टाइगर जेलमा T99post

CBA Bashyal , 5 April मुम्बई !
- बलिवुड का मसहुर  एक्टर सलमान खान लाइ आज CJM कोर्ट ले दोषी साबित गरेको छ ! सन 1998 मा जोधपुर मा फिल्म " हम साथ साथ है" को सुटिङ को दौरानमा सलमान खानले २ काला हिरण माथी गोलि चलायर शिकार गरेका थिय ! तेतिबेला सलमान शीत जिप्सिमा सैफ अलि खान , तब्बु , निलम र सोनाली बेन्द्रे पनि साथ थिय ! उनिहरुलाइ पनि शिकार मा सामिल भयको र सलमान लाई शिकार गर्न उक्सायको मामला मा दोषि मानेको थियो तर आज बरि गर्दियो ! २० बर्ष पछी आज लियको फैसलामा जज देवकुमार खत्री ले सलमान खान लाई दोषि ठहर गरेर ५ सालको सजा र १०००० रुपिया जुर्माना पनि लगाइदियका छन !

Tuesday, 3 April 2018

पसिनाको सिचाइ गर्दै दाना टिप्छ गरिबले *हिमा भुसाल*T99post

[ गजल ]

मधुर   भजन  सुन्ने  पवित्र  कान हरायो
लाग्छ  मेराे  देशकाे मान सम्मान हरायो

जथाभावी   काटमार   चोरी   हुनाले  नै
भगवान  हरायाे  मन्दिरको  दान हरायो

रगतको होली खेल्न द्वन्द निम्त्याउनलाई
हेर्नुस्   रातारात  बन्दुकका   थान हरायो

पसिनाको सिचांई गर्दै दाना टिप्छ गरिबले
अाज  उसैको  घर  दैलोबाट  धान हरायो

विश्व कै सुन्दर मुलुकमा जन्मिएका हामी
आज  बिडम्बना  हाम्रो  पहिचान  हरायो ।

हिमा भुसाल  , दाङ 
२१ चैत २०७४ 

*कुशिनगर एक्सप्रेस 11016*BY-"शिव बश्याल" T99post

ए कान्छा मासु खाने हो ?
- आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है !
घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्लान र खै मरेको सिनो सित्तैमा खानेले  ! पछाडी फर्किय सबै चुप थिय तर कस्ले भन्यो ठम्याउन सकिन ! न पाइला अगाडि नै सरे न पछाडी फर्काउन सके ! केही बेर आफैलाइ सन्नाटाको शिकार मा हुमेछु ! जति पर लाग्छु तेहि शब्धले मन मुटुलाइ अझै चिर्दै लम्याउदै लग्यो बिर्सन सकिन - "जिउदो बाख्रो के खान सक्लान र मरेको सिनो सित्तैमा खाने ले "

Monday, 2 April 2018

कुशिनगर एक्सप्रेस COMING soon.....[Short Story]

एक सफर , बाधय्ता र मुसिबत ! गन्तब्य हिन जिबनको अधुरो यात्रा ! आखिर कहिले सम्म र कहाँ सम्म ...... समय खराब थियो या म ? उनी खराब थिय या म ?
Coming soon ...... 
By - shiva Bashyal 

Friday, 30 March 2018

मनसुन उनी र "म" *भाग २*T99post

क्रुज बाट उत्रियर सरासर क्यान्टिन मा गय ! मन्मा कुरा हरु सल्बलाइ रहेका थिय ! एउटा चिसो फेन्टा मगाय र उनैले दियको "मनसुन" लाई पल्टाय ! पाना 2४८ पो खुलेछ -

 [ वाह मनसुन , मेरो बर्थ डे मा क्या सहि सरप्राइज दियौ! सारा जिन्दगिमा नपायको बर्थ डे को सरप्राइज यहि बर्थ डे मा पाय !
 ‎मलाई यो भन्दा बढी बोल्न मन लागेन ! उसको कुरा सुन्दा लाग्दथ्यो , उ साच्चै मूर्ख भयकी थिइ ! पागल भयकी थिइ ! मेरो केही जोर चल्नेवाला थियन ! मैले केहिदिन दियको खुशिभन्दा उसले सालौदेखि पाउदै आयको दुख बढी प्रभावकारी रैछ ! उसलाइ दुखी नै हुनु छ ! उसलाइ प्रेम मा तड्पिनु नै छ ! मैले सुखको दायरामा ल्यायर उसलाइ प्रेम दिन खोजे तर उ दुखमा प्रेम खोज्छे ! उसलाइ उज्यालोमा फैलिन मन छैन! उसलाइ अझै अध्यारोमै खुम्चिन मन छ ! उसलाइ मेरो पाइरहेको प्रेम स्विकार्य छैन ! उसलाइ नपाइने प्रेमको आशामा जीवन गुजार्नु छ ! उसलाइ त्यो ठाउँ चाहियको थियो जहाँ उसका लागि ठाउँ नै छैन !

Tuesday, 27 March 2018

प्यासी यौवन सुम्पियौ के सोचेर मलाई "सुमि पौडेल "T99post

[ शृङगारिक गजल ] 

एक्कासि पो  सम्झियौ के सोचेर मलाई।
रातमा चुलेनिम्तो दियौ के सोचेर मलाई।

मैले नबोलाउँदै  अँधेरीमा समिप आएर,
काली भन्दै नजिकियौ के सोचेर मलाई।

बेहोसीमा  थियौ या हॊसमा थियौ तिमी,
प्यासी यौवन  सुम्पियौ कॆ सोचेर मलाई।

कहाँ कहाँ पुगेछन् हातहरु कुरा गर्दागर्दै,
अङ्गअङ्ग चुम्दै लोभियौ के सोचेर मलाई।

यता उता तलमाथि ...हलचल मच्चाएर,
लिनुसम्म मज्जा लियौ कॆ सोचेर मलाई।

BY - सुमि पौडेल / म्याग्दी , 28 मार्च 2018


Monday, 26 March 2018

श्री पार्थिव शिवलिङ्ग पुजन तथा रुद्र महायज्ञ को सादर निमन्त्रणा T99post

CBA Bashyal , 27 मार्च मुम्बई ! "ॐ नम: शिवाय " श्री शंकट मोचन हनुमान मन्दिर एवम मनकामना एकता फाउन्डेसन परिवारको  को मुख्य सहयोगार्थ मा आयोजित श्री हनुमान जयन्तिको उपलक्ष्यमा श्री पार्थिव शिवलिङ पुजन , रुद्राभिषेक, महायज्ञ , हवन, सत्सग , भजन कृतन आदि इत्यादी धार्मिक कार्यक्रम हरु शुरु हुन गैरहेको हुदा यस महायज्ञ को अक्षय पुण्यलाभ लिन को लागि समस्त आमा बुवा , दाजु भाइ , दिदि बहिनी हरुलाइ सादर निमन्त्रणा गर्दछौ !

म माली "गाई" मेरो आत्माकथा "गणेश आचार्य "T99post

मेरो नाम माली गाई हो । म अहिले ७ वर्षकी भएं । मेरा २ छोरा र १ छोरी छन् , जेठो छोरा हलो जोत्छ , माइलोले गाडा तान्छ , दुबै निकै मिहेनती छन् । त्यै पनि उनिहरुका मालिकले बेला-बेला कुटिरहन्छन् , बिचाराहरु मसंग गुनासो गर्छन् । उनिहरुका मालिकले कुटेका सुम्ला देखाउछन् । छोरीलाई लक्ष्मी पुजाको दिन ग्राहकले लिएर गएका हुन् । पछि इन्डिया तिर बेचे भन्ने सुनेकी छु । मेरो बुवा यस संसारमा हुनुहुन्न , अझ भनौ उहाँलाई मैले देख्न नै पाइन । म नजन्मदै उहाँ शहीद हुनुभएछ देशको लागि , जनयुद्धमा बलिदान दिन लगाएका अ रे ।

Sunday, 25 March 2018

जादाजादै रामनवमिको अन्तिम "शुभकामना "T99post

BY-Admin ! बाच्ने रहर हुदा हुँदै पनि आज मेरो आखिरी दिन सायद ! मेरो जिन्दगि लामो थियो या छोटो त्यो मलाइ थाहा थियन र होस पनि कसरि, तर उनिहरुलाइ थाहा थियो मेरो जिबनको आखिर पल अन्तिम दिन कुन दिन हो र कुन मितिमा थियो ! बाबा लाइ न देख्न पाय नत चिन्न नै तर आमाको माया निक्कै पाय ! सानो छदा सबैको प्यारो म ! घरकी कान्छी दिदी ले पनि आफ्नो सानो भाइ लाई झै माया गर्थिन र काखमा लिदै उचाल्दै गथिन र भन्थिन वाउ मेरो " सेतु "! तर सानो भाइले भने मौका पर्यो भने मेरो पुच्छर निमोठि दिन्थ्यो र खुशी हुन्थ्यो फेरि पनि मैले कहिले उ प्रती गुनासो राखिन र उस्को खुशिमा म आफैलाइ आनन्द आउथ्यो र निमोठियको पुच्छर को दुखाइ छिनभरमै भुली दिन्थे ! उसैको करिव जान्थे उस्ले लुच्थ्यो र पनि उसलाइ आकर्मण कहिले गरिन किनकी उ पनि त म जस्तै सानो थियो , तोते बोल्थ्यो र बख्राम बख्राम हिन्थ्यो !

Wednesday, 21 March 2018

२५ बर्ष देखि बन्द बलेवा एयरपोर्ट पुन: सन्चालनमा T99post

कल्पना लामिछाने , बागलुङ ८ चैत्र ! बिगतको २५ बर्ष देखि बन्द रहेको बलेवा एयरपोर्ट अब पुनः सन्चालन मा आउने तैयारिमा रहेको छ ! जस्ले गर्दा अहिले स्थानिय बासिन्दा हरु निक्कै हर्षित देखिन्छन ! यहि चैत्र ९ गते देखि तारा एयरलाइन्स र नेपाल एयरलाइन्स ले नियमित उडान हफ्ताको दुई पटक भर्ने भयको छ ! पहिलो उडान चैत्र ९ गते र दोस्रो उडान चैत्र १५ गते हुनेछ ! काठमाडौ देखि बलेवा को दुरि ९७ माइल को छ र लगभग ४० मिनेटको यात्रा रहनेछ ! एकातर्फ यत्रो लामो समय देखि बन्द एयरपोर्ट सन्चालन मा आयको हुदा खुशी छ भने अर्को तर्फ नागरिक उड्डयन प्राधिकरण ले तोके भन्दा ३३% बढी टिकट दर लियको हुदा दुखित रहेको स्थानिय बताउछन !

Sunday, 18 March 2018

प्रत्येक पल्ट स्पर्श चाहि छानेरै भयो "सरु आचार्य "T99post

[ गजल ]
भयो हामी बिच सबै कुरा जानेरै भयो 
एक अर्कालाइ अंगालोमा तानेरै भयो !

थियन म मा करकाप तेस्तो कुनै दवाब पनि 
मैले मनै देखि उस्लाइ आफ्नो मानेरै भयो !

वाह ! क्या छ बोल्ने शैली अनि शब्धहरु पनि 
उस्को मायालु बचनको बाण ले हानेरै भयो !

रहेन दुरि अब चाहि कत्ती पनि मायामा 
हाम्रो साथ जिन्दगी भरको ठानेरै भयो !

होस थियो तर पनि बेहोसि झै बनी 
प्रत्येक पल्ट स्पर्श चाहिँ छानेरै भयो !!!

- "सरु आचार्य " / झापा ! ५ चैत्र ०७४


:- श्रृङ्गारिक गजल हरु प्राय माया प्रेम को भावमा चुर्लुम्मै डुबायर लेख्ने गरिन्छ ! नव साहित्यकार "सरु आचार्य" ज्यु ले पनि अति प्रेमिल भाव लाई प्रेम को सागरमा डुबायर यहाँ निक्कै स्पर्श रहित शब्धहरुले सजाउने कोशिष गर्नुभयको छ ! गजल लाई गजलको भाव मा हेरिदिनु होला र उचित प्रतिकृया दिनुहोला ! धन्यवाद ! 

Saturday, 17 March 2018

बिवाहको १ महिना नबित्दै यस्तो दु:खद घटना T99post

प्रेम सुनार ,पाल्पा ४ चैत ,
पाल्पा –गुल्मीमा प्रेमीको ‘ब्ल्याक मेलिङ’बाट एक युवतीले ज्यान गरेको तीन दिन नवित्दै छिमेकी जिल्ला पाल्पामा विवाह भएको एक महिना नवित्दै अर्की महिलाको पनि मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय वुटवलका प्रमुख डिएसपी केशव भट्टराईका अनुसार शनिबार साँझ वुटवल ट्राफिकचोकस्थित वुर्तिबाङ्ग होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परिन् । यसरी भेटिएकी महिला थिइन् – तानसेन नगरपालिका वडा नम्वर ३  की १९ वषिैया राधिका न्यौपाने । उनको विवाह भएको एक महिना पनि नभएको बुझिएको छ ।

खै बाचेर पनि मरेतुल्य कस्तो यो सन्सार भयो "हिमा भुसाल" T99post

[ गजल ]
हरेक कोशिश बिफल हुदाँ फेरीपनि हार भयो!
आज  आफ्नै यो जिवन ,,पृथ्वी को भार भयो!!

सबैको  निम्ती  दाहिना हुने उनै ईश्वरले ठग्दा!
मलाई  भने एउटै चोट पिडा ,,,बारम्वार भयो!!

विरत्तिन्छु आँखा अगाडी भयावह दृश्य नाच्दा!
खै बाँचेर पनि मरेतुल्य कस्तो यो सँन्सार भयो!!

चिरनिद्रा आओस मलाई बाँच्ने रहर छैन अब !
यो मनमा गाठो आँखावाट आँसु लगातार भयो!!

छल्यौ ईश्वर किन मलाई!दुस्मनी के थियो म सँग?
हेर न!मेरो दुःखमा रमाउने त दुई दुना चार भयो!!

- हिमा भुसाल ,दाङ / ४ चैत्र 0७४

कण्डम र सेनेटरी प्याड को बारेमा खुलेर लेख्दा के म गलत भय र? "कामना न्यौपाने "T99post

- कामना न्यौपाने !!
आज घरबाट निस्किँदा म ढुक्क भएर निस्किंदै छु, लाग्दैछ बाटोमा कसैले कुहिनोले मेरो छाती छुन खोज्ने छैन । गाडीमा कोही मेरो शरीरमा नियतवस टासिने छैन । केटा साथीसंग कफी पिउदै गर्दा कसैले घुरेर हेर्ने छैन, कफीको बिल मैले तिर्दा मेरो केटा साथीले लज्जित महशुस गर्ने छैन । मेरो अफिसका केटा साथीहरुसंग गफिदा म वेपर्वाह हाँस्न सक्नेछु, उनीहरुले आफ्ना पूराना सम्बन्धका कहानी सुनाउँदा म पनि आज मनमा गुम्सेर बसेका ती कथा सुनाउनेछु, किनकि आज म ढुक्क छु, मलाई उनीहरुले चरित्रहीन सम्झिने छैनन् । जागिरको लागि बहिनी अन्तर्वार्तामा जाँदैछे, म ढुक्क छु अन्तर्वार्ताकारले, तिमीलाई अँगालो मार्न आउँछ भन्नुको साटो उसको दक्षताको मूल्यांकन गर्नेछ । फेसबुक खोलेर हेर्दा मेरो लैंगिक शारीरिक संरचनालाई लक्षित संदेश नभई एउटा साथी, एउटा मानिसलाई लक्षित संदेश हुनेछन् । राती घर फर्कदा म आफूलाई सुरक्षित महसुस गर्नेछु । बलात्कारका समाचार सुन्नुपर्ने छैन । हिंसामा कोही पर्ने छैनन् । र,मेरा हावा गफ, बिना तर्कका रोदन, गुनासा, हलुका शब्दहरुले कसैको समय बर्बाद हुनेछैन । हिजोको फेसबुक, ट्वीटर, लेख र समाचारहरुले मलाई यति विश्वस्त बनाएका छन् ।

Thursday, 15 March 2018

किन ओझेलमा पर्यो करिडोर "प्रेम भट्टराई "T99post

प्रेम भट्टराई /पाल्पा अर्तुङा ,चैत्र १ ! कालीगण्डकी कोरिडोर जो भारत देखी चिन सम्मको सबै भन्दा छोटो मोटर बाटो भनिन्छ ।पाल्पा अर्गली देखी अर्तुङा छेर्लुङ रानीमहल राम्दी सडक खण्ड मा अल्पत्र बनेको छ । २०७५ साल को असार महिना सम्म नाली सहित ८ मिटर ग्राबेल सम्पन्न गर्ने भनेर सुरु भएको गत साल बाट अर्गली रानीघाट बाटो सम्पन्न गर्ने भनेर सुरु गरिएको बाटो अल्पत्र अवस्था मा छ ।

Tuesday, 13 March 2018

मनसुन उनी र "म" *भाग १* T99post

उसलाइ यसरी मेरि हुनु रहेछ ! यति कष्टका साथ मेरि हुनु रहेछ ! आखिर सजिलै पायको प्रेमको त कुनै मूल्य नै हुदोरहेनछ ! फुल पनि त भिर पहरामै फुलेको राम्रो ! दुर्लभ कुराहरुकै ज्यादा भाउ हुदोरहेछ ! थोरै त कहिलेकाहि खान पाइने चिज नै ज्यादा मीठो हुन्छ ! र , नमिठै हुने ओखती पनि थोरैले नै ठुलठुला काम गर्छन ! तिनैको ज्यादा महत्व हुन्छ ! उ अफ्ठ्यारोमा फुलेकी थिइ , मैले सजिलै टिप्न खोजे , कहाँ होस त !!

Monday, 12 March 2018

शताब्दी जतिसुकै परिवर्तन भयपनी सोच परिबर्तन किन भयन ?"संगीता पौडेल "T99post

"अभिव्यक्ति "
     बोक्सी को आरोपमा कुटपिट भएको अपमान गर्ने र संलग्नहुनेलाइ क्षेति पुर्ती ५० हजार देखि १लाख सम्म  जरिवाना र क्षतिपूर्ति गराउनु र  ५देखि ८ बर्ष सम्म जेल गराउनु समस्याको समाधान होइन, यस्ले पीडित को आत्म संमान फिर्ता हुदैन, पीडित परिवारमा लागेका दाग, जिन्दगी भरिलाइ भुल्न नसक्ने छबि, आँखा अगाडि सधैं  ताजा घाउ भएर रहन्छ त्यसको लागि के कोइ मलम छ सरकार......?

काठमाडौ मा एयर बंगलाको बिमान दुर्घटना T99post

CBA Bashyal, काठमाडौ २८ फाल्गुन ! बाङ्लादेश बाट काठमाडौ आयको प्लेन दुर्घटना मा परेको छ ! विमान मा चालक दल सहित ७१ जना सवार थिय ! अहिले सम्मको रिपोर्ट मा 50 जनाको मृत्यु हुन सक्ने आशन्का  छ ! जस्मा १७ जनालाइ उपचार को लागि अस्पताल लगिसकेको छ ! बिमान अवतरण को क्रममा रनवे मा चिफ्लियर दुर्घटना भयको हुन सक्ने बताइयको छ ! प्रत्यक्ष दर्सी को अनुसार विमान अवतरण हुनु भन्दा अगावै नै विमान मा आगो लागेको थियो !

Friday, 9 March 2018

के भन्छौ तिमी? उतैको चोसो पानी अनि गोरिनानिहरु सङ भुलेर "मन्जु त्रिपाठि"T99post

[कबिता]
"के भन्छौ तिमि ?"

सात समुन्द्रपारी
पराई भूमिमा
बगाउँदै पसिना
खुनको आँसु रुनेलाई....
त्यो रहर होइन,
बध्यता हो।
'के भन्छौ तिमी?'

आमाको न्यानो काख
बाबाको छत्रछाया
श्रीमतीको चाह अनि!
सन्तानको माया मन भरी बोकि
बिरानो मुलुकमा
दिनरात आशुले मुख धुनेलाई
गाँस, बाँस,कपासले भित्र्याको
बिवसता हो।
'के भन्छौ तिमी?'

अनि यता! घर सम्हाल्नु पर्ने
जिम्मेवारी बोकेकी श्रीमती
लोग्नेको बिश्वास तोडेर
अबोध सन्तान माइतीमा छोडेर
वृद्ध सासू ससुरा प्रतिको कर्तव्य भुलेर
पराई मर्दसङ्ग...
खै के के भन्छन् ...
एकादका यी घटनाले
 आम नारी बदनाम,
यो स्वतन्त्रताको दुरुपयोग हो।
बिकृती अनि बिसङ्गती हो।
यस्ता बैगुनीलाई
'के भन्छौ तिमी ?'

उता फेरि
बा आमाको मुहारमा खुशी छर्न।
श्रीमतीको फटेको चोली फेर्न।
सन्तानको उज्वल भबिस्य कोर्न।
धन कमाउने बाहानामा ...
परदेश हिडेको छोरो,
उतैको चोसो पानी
अनि गोरी नानीहरुसङ्ग भुलेर
आफैले आफ्नो गृहस्थी उजाड्दै
आफ्नो माटाे बिर्सने निष्ठुरीलाई
'के भन्छौ तिमी ?'

मन्जु त्रिपाठी / २५ फाल्गुन २०७४

Wednesday, 7 March 2018

महिला मात्रै होइन पुरुष दिवस पनि मनाउनु पर्छ "रज्जु बिडारी"T99post

कविता :- अब पुरुष दिवस पनि मनाउनु पर्छ 

महिला भन्दा पनि अचेल ,धेरै पुरुष पिढीत हुदैछन्।
खुसी सपना सम्पत्ति  ,महिलाबाटै लुटिएर रुदैछन्।।
महिला मात्रै होइन पुरुष दिवस पनि मनाउनु पर्छ
अधिकार भन्ने कुरा अब सबैको हकमा बनाउनु पर्छ।।

Tuesday, 6 March 2018

बेड न. ३०५ सम्झिदा अहिले पनि मुर्छित हुन्छु "हिमा भुसाल" T99post

-  जिन्दगी ठ्याक्कै आफुले सोँचेको जस्तो कहाँ हुन्छ र !
सायद मानब भएर जन्म लिएपछी हरेक कष्ट चुनौती पार गर्नै पर्ने हुन्छ । हो मेरो पनि मनमा अनेक अँकुर पलाएका छन जसले आजको मितीसम्म एउटा बाँच्ने साहास पक्कै दिलाएको छ।
जिन्दगीको उकालि ओराली मा कतिपय घटना हरु यस्ता हुन्छन जो आफुले  चाहेर पनि भुल्न सकिदैन ,आजको यो मोड सम्म आईपुग्दा सामान्य परिवार मा जन्मेकी म ,मेरो बालापन त राम्रै बित्यो । तर ...........

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...