- जिन्दगी ठ्याक्कै आफुले सोँचेको जस्तो कहाँ हुन्छ र !
सायद मानब भएर जन्म लिएपछी हरेक कष्ट चुनौती पार गर्नै पर्ने हुन्छ । हो मेरो पनि मनमा अनेक अँकुर पलाएका छन जसले आजको मितीसम्म एउटा बाँच्ने साहास पक्कै दिलाएको छ।
जिन्दगीको उकालि ओराली मा कतिपय घटना हरु यस्ता हुन्छन जो आफुले चाहेर पनि भुल्न सकिदैन ,आजको यो मोड सम्म आईपुग्दा सामान्य परिवार मा जन्मेकी म ,मेरो बालापन त राम्रै बित्यो । तर ...........
मातापिताको धरोहर एक असल छोरी तिन सन्तान मध्ये जेठी सुपुत्री थिँए ! परिवार को जिम्मेवारी पनि सानैवाट सम्हालेकी थिए र विबाह बन्धन मा म पनि चाँडै बाँधिए ! उमेर सानो भएपनि जसो तसो परिवारको मर्यादा मा रहेर असल बुहारी को भुमिका निभाईरहेकी थिए तब अट्ठार बर्ष नपुग्दै मैले एक कन्यालाई जन्म दिंए र आमा बन्ने शौभाग्य पना मलाई प्राप्त भयो ।
आमाको भुमिका मा पनि सकेसम्म न्याय दिने कोसिस गरकै थिँए ,जानीजानी कसैको मन दुखाए जस्तो पनि लाग्दैन ,
पति पनि मेरो लागी परमेश्वर नै सावित हुनु भयो तर मेरो स्वास्थ्य ले नै मलाई अलिक साथ दिईरहेको थिएन जिन्दगी मा हरेक कुरा साथ नमिले पनि जस्तो छ उस्तैमा आफूलाई ढाल्दै गए त्यसमै रमाउदै गए! कहिलेकाँही उतारचढ़ाव आँउदा पनि गुनासो कहिल्यै कोहीसँग सँग गरिन र गर्न पनि चाहिन !
जुनबेला म कक्षा दुईमा पढ्दै थिँए , एक्कासी मेरो कान अचानक दुख्यो ! सहन सकिन र रुदैरूदै झोला लतार्दै घरमा फर्किए ,मेरो बुवा प्रहरीमा जागिरे हुनुहुन्थ्यो जागीर को शिलशिला मा उँहालाई धेरै ठाँउ जानु पर्ने तेसैले पनि दुखाइको बेला बाबा लाई बेस्सरी सम्झिय पनि न्यानो काखको माया मा अङालिन सकिन र पाइन ....
गाउघरको बसाइ र नजिक अस्पताल को अभाव ले गर्दा मेरी आमा र हजुरआमाले जरीबुटि को रस राखेर कानको उपचार गराईदिनु भयो , केही बर्ष ठिक त भयो तर मलाई थाहा भयन कि बाहीरको घाउ निको भएपनि भित्र भित्र मेरो कान सडिरहेको
पिडा त त्यति बेला भयो जव अरु सामान्य मान्छे भन्दा म बैरो थिएरे ,र विबाह को करिव एकबर्ष पछि एकदिन ससुरा बुवाले भन्नु भएछ हिमा चिया बनाउ ,मैले टेरेनछु फेरी केहि दिनको अन्तरमा आफुलाई खान मन लागेको बेला भन्नु भएछ हिमा चिया बनाउ ,तव पनि मैले टेरेनछु,फेरी अर्को दिन पनि भन्नु भएछ फेरीपनि मैले टेरेनछु ,,बुवा एकदम चियाप्रेमी हुनुहुन्थ्यो उहाँलाई धेरै चोट परेछ
मैले नटेरेकोमा ! एकदिन मेरो मुल्यांकन गर्नु भएछ केहि गुनगुनाउनु भएछ तर म निशब्द थिए रे ,
अनि पत्ता लाउनु भएछ बुहारी बैरी रैछन
नटेरेको होईन रैछ ।
एकदिन भन्नुभयो हिमा कान सुन्दिरहिनछौ अस्पताल जाउ उपचारको लागि ,
मलाई नरमाईलो लाग्यो सुन्दिन र बुवा सुन्छु जस्तो लाग्छ भने ,अनि चियाको कहानी भन्नु भयो अनि दङ्ग परे ,सँयोग बस अर्को दिन कपाल नुहाउदा कानमा पानि परेछ कि सार्है दुख्यो जचाउन बुटवल गए पतिको साथमा,
डाक्टर ले भन्नु भयो दुबै कानको जाली छैन सडिसकेछ ,शल्यक्रिया गर्नुपर्छ ,म छाँगावाट खसे जत्तिकै भय ! पछि परिवार को सल्लाह अनुसार नेपाल मा भन्दा भारत को दिल्लिमा गयर कानको अपरेसन गर्ने निर्णय गरियो ! जहाँ मेरा आफन्तहरु पनि हुनुन्थ्यो ! पन्ध्र दिनको फरकमा दुबै कानको शल्यक्रिया गरियो , अपरेसन सफल पनि भयो ! अनि ढुक्क भए अब बाँचे अब राम्रो हुन्छ सबै जस्तो सुन्न सक्ने भए ,तर बिडम्वना सोँचेको जस्तो राम्रो भएन एउटा कानले त सुने अर्को पुरै बन्द भयो एउटै कानको सहाराले भएपनि दिन हरु निकाल्दै गय र चलाउदै थिय आफ्नै दुखान्त जिन्दगी ......
एक्कासी एकदिन नसुन्ने कान वाट पानी बग्यो चिलाउन थाल्यो अनि कोल्टे फेरेर सुते! कता कता कानमा केहिँ बुजो लागेजस्तो भयो यसो कोट्याएको त प्लास्टिक को जाली हातैमा आयो ।
म एकदम झस्किए , आत्तिय र अवाक भय ...
कसैलाई केहीँ भन्न पनि सकिन - त्यत्रो खर्च गरेर बनाएको मेरो कान त्यही पनि सफल भएन भन्नुहोला , सबैको मन दुख्ला भनेर त्यो कुरा धेरै समय सम्म लुकाए र मैले
सुटुक्क नदुख्ने दबाई किनेर खाँए ! अरुसँग लुकाएपनि पति सँग धेरै समय लुकाउन सकिन र ऊहाँलाई सुनाउने निर्णय गरे !
झुट पनि धेरै दिन त कहाँ टिक्छ र थाहा थियो एकदिन सबै बताय ! अनि नजिकमा सामान्य उपचार गराउदै बसे करिब दश बर्ष त्यसरी नै बित्यो तर पटक पटक दुख दिएको हुनाले अनि फेरि साहास जुटाएर जचाउन बुटवल नै गए !
डाक्टरसाब ले भन्नु भयो तपाईको शल्यक्रिया राम्रो भएनछ फेरी गर्नु पर्छ ! माथिबाट एक्कास्सी ठूलो बस्तुले आयर छातिमा थिचे जस्तो भयो ! केही बेल्न सकिन ! पहिला को अपरेस मा भयको कुराहरु मात्र दिमागमा सल्बलाउन थाले ! एक्कासी रिगटा लागे जस्तो महशुस भयो ! फेरि पनि एकपटक सोचे जिन्दगी मरिजाने चोला नै हो र यथार्थ हो तर कोइ छिटो त कोइ ढिलो तेत्ती मात्र फरक फरक ........
बेला बेलामा सुनिने खबर हरु दिमाग मा घुम्न थाले ! कानको अपरेसनको क्रममा एकजना दिज्जू ले भर्खरै ज्यान गुमाउनु भएको कुरा झल्कियो ! फेरी पनि मन बलियो बनाएर एकचोटी काठमांडू नै गएर देखाँउछु भन्ने सोच बनाय !
काठमांडू गएर ग्रान्डि हस्पिटलमा देखाए ,र ऊँहाको डाक्टर ले पनि सोही भन्नु भयो सल्यक्रिया गर्नुस कान सडेर गिदीमा मा घाउ हुँदैछ , भित्रको हड्डी काटेर फाल्नु पर्छ !
लापरवाही गर्नु भयो भने तपाई पागल बन्नु हुनेछ ! अनि नगर्दा पागल हुने डर गरौ भन्दा कतै मर्छु कि भन्ने डर ,यस्तै यावत कुराहरु मेरो मस्तिष्क मा ओहोर दोहोर गरिरहे , मनमा खेलिरहे ! जसरी पनि गर्नु पर्छ भनेर मनस्थिति लाई बलियो बनाए !
हिडे आफैलाइ फेरि पनि चिर्न , दुखाउन र जिन्दगी र मौतको भयानक स्टण्ड मा हिस्सा लिन ! यस्तो लाग्दथ्यो कि म जीवन र मृत्यु को ओलम्पिक खेल्न जादैछु जितेर आय भने नया जिबनको मेडल लियर फर्किने छु यदि हारेभने यो जुनिमा बिलिन भयर नया जुनिमा फर्किने छु !
केहिदिन अघि काठमांडू को लागी मलाई जन्मदिने बाबा र जेठानी दिज्जू साथमा प्रस्थान गरे । दुखको बेला र दुखाइको बेला एउटा पतिको न्यानो काख को चाहना हुदा हुँदै पनि पतिलाई छोड्नु पर्ने विवसता आईपर्यो किनभने बच्चा को पनि ख्याल राख्नुपर्ने थियो !
अघिल्लो रात निन्द्रा परेन ! अह फिटिक्कै निदाउन सकिन ! रातभरी मनमा कुरा हरु खेलिरहे ! जाने क्रममा सर्वप्रथम त जानीनजानी आफ्ना मनका बहहरू पोख्ने साहित्यिक साझा चौतारी फेसबुक पेज र ग्रुप डियर कल्याण मेरो कथा लाई सम्झिए , जस्मा मैले मेरो साहित्यको पहिलो पाना पस्किएकि थिय ! र म मेरो लागी प्राथाना गर्नु हुने सम्पुर्ण मित्रहरु लाई मनमा राखी काठमांडू गय !
"बाचे भने फेरि पक्कै भेट हुनेछ यदि मरि हाले भने त खै यहि सम्झना मात्र आखिरि भेट अधुरो नै" ...... भन्दा कुनै मित्रलाई नराम्रो चोट परेछ !
आफूलाई सम्हालेर सबै मित्रहरूको माया बटुलेर जिउने साहस राखेर शल्यक्रिया को लागी तयार भएर मन बलियो बनाए र काठमांडू पुगेको अर्कोदिन एघारौ तल्ला माथी मेरो शल्यक्रिया हुँदैथियो !
जिबनको आखिरी पलमा जादाजाँदै गर्दा बिनोद घिमीरे ज्युले मलाई फोन गर्नु भएको थियो मन अर्कै भयो धेरै बोल्न सकिन! केहिबेर पछि विहानको ८:३० बजे एउटा सिस्टरले यो कपडा लगाउनु भन्दै शल्यक्रिया गर्दा लगाउने कपडा मेरो हातमा थमाउनु भयो ! मलाई धेरै उकुसमुकुस छटपटाहट भैरहेको थियो 😥
अनि एक्कासी सन्तानलाई सम्झिएर भक्कानिएछु अनि आँखावाट बरबर आँसु झरिरह्यो यदि म मरिहाले भने ........
मेरा सन्तान को बिजोग .......
यस्तै यस्तै केके न केके सोँच आयो अनि ,मैले साहित्य सिर्जना गरेर कमाएका मित्र सँग भेट नहुने हो की .......
मनले के के सोचेन जुन मैले आजसम्म सोच्न भ्याइन राम्रोपनी सोचे नराम्रो पनि सोचे ! चाहिने पनि सोचे नचाहिने पनि सोचे किनकी म मेरो जिन्दगिको आखिरी स्टण्ड मा कुद्दै थिय र बाटो दुइटा मात्र जिते फर्किने छु हारे भने सबैले जाने ठाउँ तर अदृश्य जलेर , नस्ट भयर , खरानिको रुपमा ....... ......
शल्यक्रिया गर्नु त थियो नै गरियो पनि , केहीँ घन्टा पछी नतिजा आँउदा म जिवीत थिए ,यो सँन्सारमा फेरी पाईला टेकेकी थिँए र आफैमा सन्सार जितेर आय जत्तिकै आफैमा गर्व महशुस गर्न थाले ! मेरो दिमाग मा नया सोच र जिबन्त कुराहरु पलायर आउन थाले ! अब त म यो जुनि लाई पार गरे ! परिवार , आफन्तजन , साथिभाइ सबै मेरा नै हुन र मलाइ टाढा जान दियनन उनीहरुको यो माया , स्नेह अनि प्रेयर ले !
"नतिजा र प्रमाण म जिबन्त फर्केको मेरो जिबित शरीर नै उदाहरण थियो" !
सल्यक्रिया राम्रो भयो भनि डाक्टरसाबले बाबालाई तनाव नलिन भन्नु भएछ सम्झाउनु भयछ ! होसमा आँउदा सर्वप्रथम म मेरो परिवार को साथै सामाजिक संजालमा जोडिनु भएका धेरै शुभ चिन्तक हरु अनि बारम्वार मेरो बारेमा फोन गरेर मेरो हालखवर सोध्नु हुने मेरा आत्मिय मनमुटुहरु लाई धेरै सम्झिए । सबैको एकदम धेरै माया लाग्यो र भन्न मन लागेको थियो तपाईहरुको आशीर्वाद ले म ठिक छु र अब बाचे तर बोल्न अनि लेख्न सक्ने स्थिति नभएकोले केहिँ समय ओझेल परेकि थिए ...
म काठमांडू हुदा मेरो स्वास्थ्य को स्थिति जान्न चाहनुहुने सम्झेर फोन गर्नु हुने अनि प्रतक्ष रुपमा पनि हस्पिटल मा आएर मलाई भेट गर्नु हुने मेरा फ्यारा आफन्तजनहरु
हरेकपल मेरो लागी प्रार्थना गर्ने मेरो लागी आँसु खसाउनु भएकि प्रिय संगिनी सँगिता ज्यु , बिनोद घिमिरे ज्यू , प्यारी मायालु रज्जु बिडारी ,महेंद्र खड्का दाजु , र मेनुका भाउजु ,शिव बस्याल सर , उत्तम कुमार पोख्रेल दाजु , सुमित्रा घिमिरे सिस ,राज श्रेष्ठ भाई ,निरोज बस्नेत भाई ,
विष्णु वोगटी सर सुरज तामाङ भाई ,दिपक पौडेल सर लगाएत डियर कल्याण का सम्पुर्ण एडमिन ज्यु हरु अनि समस्त मेरो निम्ती प्रार्थाना गर्नु हुने सम्पुर्ण मित्रहरुलाई कोटिकोटि धन्यवाद दिन चाहान्छू !
रज्जू विडारी मायालु लाई पहिलोचोटि जब अस्पताल को बेडबाटै प्रतक्ष रुपमा भेट्न पाँउदा भक्कानिएर अंगालो मा बेरेर निक्कै रोयछु ! कलम चलाएर कमायका मेरा अनमोल रत्न हरु पाँउदा सोँचे
- साच्चै " एकरात बाँचे त नौलाख तारा देख्न पाईन्छ" .....
प्यारो दाजु महेंद्र खँड्का ज्यु ले आफु प्रवास मा रहेर पनि आफ्नो स्नेहवाट मलाई बन्चित बनाउनु भएन ,मेरो कमजोर घडी र दुखेको घाउमा मलम लगाउन को निम्ती आफ्नी अर्धाङ्गिनी अर्थात प्यारी भाउजुलाई मलाई भेट्न पठाउनु भयो भाउजु भेट्न आँउदा साँच्चै खुसीको सिमा रहेन ! दाजु उत्तम कुमार पोख्रेल पनि मलाई भेट्न आएर धेरै स्नेह र माया दिनु भयो ! प्यारी सिस सुमित्रा घिमीरे पनि धेरै लामो दुरी तय गरेर मलाई भेट्न आउनु भयो !
सबैलाई हृदय देखी साधुवाद दिन चाहान्छु ,पलपल मेरो बारेमा फोन गरेर जानकारी लिने प्रियसी संगिता ज्यु लाई धन्यवाद गर्ने कुनै शब्दनै छैन र भेटिन पनि ............
मेरो अनुपस्थिति मा गरिएका मेरो स्वास्थ्य लाभको निम्ती कोरिएका पोस्टहरुमा आफ्नोपन देखाउनु हुने
सम्पुण मित्रहरुमा म सधैव ऋणी रहनेछु र आज मलाई गर्व लागीरहेको छ हजुरहरुजस्ता शुभचिंतक हरु पाँउदा र बाँच्ने चाह अँझै बढेको र साहित्यमा अँझै जम्ने मनमा मुनाहरु पलाईरहेको छ ! अब मेरो स्वास्थ्य स्थिति मा सुधार हुँदैछ र यो जानकारी गराउन चाहे प्रिय मित्रहरु......
केह़ी दिन पछि साहित्यमा साथै ग्रुपमा निरंतरता दिने नै छु !
जिवनको मोडमा सामाजिक संजाल बाट मैले धेरै अनमोल रत्नहरु कमाएको छु ,र कहिल्यै कसैलाइ गुमाउनु नपरोस , सबैलाई भगवान पशुपतिनाथ ले रक्षा गरुन !
"सोसल नेटवर्क बाट मैले बुझेको यत्तिमात्र "
- फेसबुक राम्रो तरिकाले चलाउन सके यसबाट धेरैधेरै फाईदा लिन सकिन्छ ,रगतको नाता मात्र नभएर भावना को नाता पनि बलियो हुदो रहेछ ! आषा छ मलाइ भुल्नु त पक्कै भएको छैन होला छिटो भन्दा छिटो म पुर्ण रुपमा ठिक भयर फेरि जिबनका सुनौला पानाहरु र साथिहरुको मायारुपी किताब मा तिता मिठा शब्धहरु ले रङाउने कोशिष गर्नेनै छु
- मरिसकेको झिनो आशामा जिबनका अन्कुर हरु पलाउन लागेका छन र फेरि पनि आफुलाइ अझ थप राम्रो मार्गबाट निरन्तरता दिने प्रयास गर्नेछु ! दुखान्त र चन्चल मन लाई रोकि रहन सकिन र सबैबाट टाढियको पनि धेरै दिन भयकोले मेरो गुमसुदा जिबनको यथार्थ लाई आज पस्किन जमर्को गरि बलियो मन बनाय ! लेख्दा लेख्दै झरिरहेका यि आशुहरु र टिलिपिली भरियका मेरा नयनहरु ले गर्दा यो लेखाइको पानामा धेरै लाई समेट्न चाहेर पनि सकिन तर सबै लाई मेरो मन मुटुमा सजायकी छु र सम्झना अबिरल , अटुट र अनन्तकाल ......................
[7 March 2018 12:39pm]
Love u All .. "Heema"💞🌹💞

No comments:
Post a Comment