Monday, 12 March 2018

शताब्दी जतिसुकै परिवर्तन भयपनी सोच परिबर्तन किन भयन ?"संगीता पौडेल "T99post

"अभिव्यक्ति "
     बोक्सी को आरोपमा कुटपिट भएको अपमान गर्ने र संलग्नहुनेलाइ क्षेति पुर्ती ५० हजार देखि १लाख सम्म  जरिवाना र क्षतिपूर्ति गराउनु र  ५देखि ८ बर्ष सम्म जेल गराउनु समस्याको समाधान होइन, यस्ले पीडित को आत्म संमान फिर्ता हुदैन, पीडित परिवारमा लागेका दाग, जिन्दगी भरिलाइ भुल्न नसक्ने छबि, आँखा अगाडि सधैं  ताजा घाउ भएर रहन्छ त्यसको लागि के कोइ मलम छ सरकार......?


   क्षतिपूर्ति र उपचार सरकारले बेहोर्दा अरु अपराधी लाई मलजल गरेर हुर्काएको जस्तो भएन र सरकार? अपराधी लागाएत त्यो घटना मा सामिल ब्यक्ति हरुले नै क्षतिपूर्ति तिर्नुपर्ने होइन र सरकार...... ?



                  यो घटना ले मर्माहत बनायो, एकपटक भन्न मन लाग्यो, ती गाउँमा सकृय भनेर पत्रीका समाचार र भाषणमा सिमित;नयाँ नेपाल, सुन्दर समाज, बनाउने ,राजनीति प्रतिनिधि ज्यु हरुलाइ,सक्रिय महिला समूह हरुलाइ, सकृय मानवअधिकार, राष्ट्रिय महिला अधिकार मंच, माइती नेपाल जतिपनी संघ सस्था छ्न ती सबै देखाउनको लागि मात्र सिमित भएका छन! सताब्दी जतिसुकै परिवर्तन भएपनी सोच परिवर्तन किन भएको छैन, किन हिंसाहरु बढीरहन्छन् ? समाज नै यति अन्धो बन्नुको कारण जनचेतना को कमि हो। पीडित बाच्न त बाच्छ तर उसको जिन्दगी कहिल्यै पुरानो अबस्थामा फर्किन सक्दैन। अपराधी लाई मात्र नभइ, त्यो घटनामा सामिल र सडक नाटक हेरे जस्तो पर्तक्ष घटना हेरिरहने दर्शक लाई पनि कार्बाही हुनुपर्छ अनी मात्र अरु हुने घटना मा न्यूनीकरण  ल्याउन सकिन्छ।

             "जागौ युवा अब देश परिवर्तन गर्नुपर्छ
               यस्ता कुरिती हरु हटाउनु पर्छ" !

- संगीता पौडेल / साइप्रस 
12 March 2018 19:07pm

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...