Saturday, 14 April 2018

शुभकामना आदानप्रदान सहित कार्यक्रम भब्य रुपमा सम्पन्न T99post

CBA Bashyal , 15 अप्रिल मुम्बई ! संयुक्त नेपाली महासंघ उप-समिती गोरेगाउ शाखा मुम्बई ले नया बर्ष को अवसर पारेर  14 अप्रिल (बैशाख १) गते सत्यनारायण महा पुजा र बिबिध सास्कृतिक कार्यक्रम गरि मनायो ! कार्यक्रम गोरेगाउ (पश्चिम) बाङुरनगर स्थित एक हलमा गरियको थियो ! बिशिस्ट अतिथिहरुको बाक्लो उपस्थिति मा गरियको कार्यक्रम अत्यन्तै रोचक र रमाइलो थियो ! स्थानिय कलाकार तथा केही बाहिर बाट आयका कलाकार हरुले पनि आफ्नो प्रस्तुती जमेर देखाय ! धार्मिक कार्यक्रम सङै सास्कृतिक कार्यक्रम पनि दमदार थियो !



प्रवास मा बसेर पनि यसरी एकजुट भइ कार्यक्रम गरेको देख्दा यो प्रवास नभयर स्वदेस जस्तै लाग्थ्यो ! नेपाली मौलिक भजन हरु , लक्ष्य बत्ती , अनि लोकदोहोरी , लोक पप गित हरु घन्किदा र बजेका खैजडु र मजुरा को तालमा नाचेका नेपाली मन हरु देख्दा केही क्षण नेपाल मै भयको आभाष हुन्थ्यो !


 आफ्नो सस्कृती , कला र भेषभुषा लाई ख्याल मा राखेर महासंघ प्रतेक बर्ष यस्ता कार्यक्रम हरु गर्दै आयको छ ! " नेपाली मन र सद्भाव जोड्ने र कुनै राजनीतिक पार्टी लाई नबोकी बिशुद्द मन को मिसाल बोकेर हिड्ने लक्ष्य लियर अगि बढेको कुरा महासंघ उप समिति गोरेगाउ शाखाका अध्यक्ष ज्यु ले जानकारि दिनु भयो !

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...