Tuesday, 3 April 2018

*कुशिनगर एक्सप्रेस 11016*BY-"शिव बश्याल" T99post

ए कान्छा मासु खाने हो ?
- आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है !
घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्लान र खै मरेको सिनो सित्तैमा खानेले  ! पछाडी फर्किय सबै चुप थिय तर कस्ले भन्यो ठम्याउन सकिन ! न पाइला अगाडि नै सरे न पछाडी फर्काउन सके ! केही बेर आफैलाइ सन्नाटाको शिकार मा हुमेछु ! जति पर लाग्छु तेहि शब्धले मन मुटुलाइ अझै चिर्दै लम्याउदै लग्यो बिर्सन सकिन - "जिउदो बाख्रो के खान सक्लान र मरेको सिनो सित्तैमा खाने ले "


आखाभरी आँसु छचल्क्याउदै दिनभरी अर्काको मेलामा कोदालो खन्न गयकी आमा को आउने बाटो हेरेर  कुरिरहे ! आफ्नै घरको पिढिमा ! मन्मा कुरा हरु खेल्न थाले धेरै नबुझे पनि अब केही बुझ्न सक्ने भयको थिय ! हाम्रो गरिबी माथि अनायसै गरियको यस्तो व्यवहार र समाज मा हेरिने , हेपिने र चेपिने यो दृस्य ले मलाइ फिटिक्कै अब घरमा बस्न मन लागेन ! दिनभरी को थकान पछि पनि घरमा आयर सुख दुखले आमाको हातले पकायको खाना मै म रमाउथे तर फेरि पनि आज उहीँ कुराले पिरोलिरह्यो ! हाम्रो गरिबिमाथी गरियको यस्तो मजागले उनिहरुलाइ क्षणिक रमाइलो त दियो होला तर मलाइ जिन्दगिमा नबिर्सिने दाग लगाइदियो !

- *घर र बुढी आमालाइ छोड्न बाध्य बनाइदियो*  .............

आमालाइ देख्ने बित्तिकै एक्कासी झम्टेर रोयछु ! फेरि पनि केही बताउन चाहिन ! आमाले मन दुखाउछिन र छिमेकी शीत झगडा गर्लिन भनेर , पेट दुखेको बहाना पारी पारि रोय र रुदै थिय ! सम्पत्ती आफ्नो नभय पनि अरुको सम्पत्तिमा दिनभरी काम गर्ने मेरि आमा रहर ले होइन बाध्यताले रम्ने गर्थिन ! आफ्नै सम्झेर काम गर्थिन इमानदारिका साथ ! दिनहु जस्तो अरुले खाजा खान दियको रोटि , भुटेको मकै भटमास मलाइ केही न केही ल्याइदिन्थिन ! सधै झै आज पनि आमाको पटुकामा बाधियको पोको फुकाउदै थिय तेत्तिकैमा आमा ले भन्दै थियिन बाबू पोख्लास है अहिले पकायर खाने ! अहिले नफुका !

पकायर खाने भनेसी पक्कै पनि केही काचो होला भनेर झन उत्सुकता जाग्यो ! सुबेदार कान्छा बा ले दिनु भयको रे घर बाबुले पनि खान्छ थोरै भयपनी मासु लियर जाउ र पकायर खानु भन्दै !
मासु देख्ने बित्तिकै मलाइ दिउँसो कसैले भनेको याद आयो ! आफुलाइ सम्हाल्न सकिन र डाको छोडेर रुन थाले ! आमाले केरकार गर्दा नभनी सुखै पाइन र बताउन बाध्य भय! आमा भन्दै हुनुन्थ्यो तिम्रो बाबा भयको भय सायद यो समाज मा हेपिनु पर्दैन थियो आज, एकल महिला र बच्चालाई देखेर हेपेर होला , न रो बाबू हाम्रा पनि दिन आउलान नि ! जस्ले यस्तो आज भन्यो उसैलाइ हाम्रो आगनमा खसी ढालेर  भोज खुवाउन पाइयोस ! हे भगवान ! कति सम्म हेप्न सके ,  खै आज गरिबलाइ न्याय ?  यस्तै के के भन्दै आमा कराउदै थिइन र ल्यायको मासु पकाउदै थियिन !
भुटेको मासु को गन्ध मलाइ पटक्कै आयन , गन्ध आयो त  केवल दिउँसो हेपेर -  मरेको सिनो सित्तैमा खाने भन्ने एक जमात हुलहरु को !
खै कस्तो आचरण , कस्तो व्यबहार , अनि कहिले सम्म .....

यस्तै कुराहरु ले मुटु चिर्न थाल्यो ! पाकेको मासु आज खान मन लागेन र आमाको आशुलाइ खस्न दिन सकिन र खान बाध्य भय !
दशै आउन लागेको थियो ! गाउमा सबैका घरमा लाहुरे हरु आयका थिय ! रमाइलो माहोल थियो ! सबैको घरमा खुशियालि थियो तर मेरो मन भने झन दोब्बर पिरोलिन थाल्यो अब फेरि समाजले कस्तो दृस्टिले हेर्ला र हेप्लान भनेर ! जे होस १५ पुगेर १६ मा टेकेको मात्र थिय ! अब आफुलाइ घरमा राख्न भन्दा पनि लाहुर जाने र पैसा कमायर समाज मा केही सामाजिक भयर देखाउन मन लाग्यो ! दिनहु आमालाइ यहि कुरा सुनाउन थाले !
एक्लि आमालाइ कसरी यो घरमा छोडेर जाउ नजाउ भने पनि आवस्यक र जोहो को बाटो पहिल्याउन मन लाग्यो ! अब म पनि ठूलो भैसकेको थिय ! आमा फकाउदै हुनुन्थ्यो तिम्रो बाबा लाहुर गयर पैसा कमायर ल्याउछु भनेर गयका आज ३५ बर्ष भयो फर्कियनन बाबू त नजा दुख सुख पालेकै छु बरु यतै केही गरिबस !

मलाइ यो समाज मा बस्ने मनै थियन र आफू लाहुर जाने निधो गरे ! धेरै पैसा कमायर गरिबि नियन्त्रण गर्न , सामाजिक बन्न अनि समाज लाई चिन्न !

आमा लाई बताय जान दिने अवस्था देखिन र आमाले आफुलाइ सातु बनाउन भुटेर राखेको 2 माना मकै पोको पारेर बिहान झिस्मिसेमै घरबाट भागे ! सुनेको थिय गोरखपुर बाट रेल चडेर लाहुर गयिन्छ ! मन्मा विभिन्न सपना हरु बोकेर बुढी आमा लाई ढाटेर , छलेर निस्किय मन्मा अनेकौ चोटहरुका बेदना हरु कुम्स्यायर म पनि अरु जस्तै सुकिला कपडा लाउन, आफ्नै घरले र बाबाले बिर्सियको खुशी फर्काउन केही दिन आमालाइ छोडेर परदेश को यात्रा मा काम खोज्न , दाम खोज्न र माम खोज्न ........

घरबाट चोरेर ल्यायको १२00 रुपिया दाम लाई दौराको भित्री गोजिमा र आसकोट मा गरेर ३ ठाउँ बाडेर राखे ! सुनेको थिय रेल मा चोर लाग्छ चोरी हुन्छ ! मितेनिखोला पुग्दा लगभग झिस्मिसे भैसकेको थियो र मगर टोल तिर कुखुरा बास्दै थिय ! माथी डाडामा पुगेर पाकरिको रुखबाट एकपटक घर , गाउँ र त्यो समाज लाई नियाले ! मनभरी ! देखिनेजती ! यो आखिरी पटक थियो ! यहाबाट पर लागेसि घर देख्न चाहेर पनि सकिँदैनथ्यो ! आमा आगनमा देखिन्छिन कि भनेर निक्कै बेर नियाले ! बेस्सरि याद आयो! कहिले घर नछोडेको र आमाको सहारा र मन बुझाउने म मात्र अब आमा के गर्लिन कति रुदिहुन ! म यसरी हराउनु मा ! के के सोच्दै आखाको परेली पुछ्दै थिय आमाले पानीको गाग्री र डोको बिसाउदै गरेको कताकता धमिलो देखिन्थ्यो यहि नै मेरो लागि आखिरी दृस्य थियो केवल सम्झनाको लागि केही समय , केही दिन को लागि ......

                                  ~१~

करिब ६ घण्टाको यात्रा पछि जसो तसो सोध्दै  बोर्डर मा पुगे !
- कहा जानेहो ? गोरखपुर जाने हो ? मेरो जिप मा बस भाइ ! म पुर्याइदिन्छु!

 कुन गाडी हो " कुशिनगर " ?



अर्कोले तान्दै थियो दौराको एक छेउमा समातेर मेरो जिप मा जाने म पुर्याइ दिन्छु भाडा रु १५० मात्र !

एक आपसमै झगडा पर्ला जस्तो भयो ! जिपवाला यसैगरी ग्राहक लाई आफ्नो जिप मा भर्नलाइ तान्दै झगडा गर्दै थिय ! तेत्तिकैमा एउटा ले मेरो झोला तान्यो र तानातान गर्दा झोलाको गोजि च्यातियो र घरबाट ल्यायको  भुटेको मकै असरल्लै भुइभरी पोखियो! रिसले आगो भयतापनी यहाँ मेरो एक्लै केही चल्नेवाल थियन ! तेत्तिकैमा एउटा  जिपवाला ले बेस्सरी हिर्कायो र झोला च्यात्ने भैया भागेर अलिक पर गयो !

उस्ले फकाउदै थियो र पोखियको माथी माथिको मकै अलिकती बटुलेर झोलाको अर्को गोजिमा राख्दै जिपमा बसाल्यो ! सोध्दै थियो कहाँ जाने ?
-  म निक्कै चिन्तित थिय ! न राम्रो शीत नै त्यहा को भाषा बुझ्थे न त कहिले यो सफर गरेको थिय ! फेरि पनि उसले भन्दै थियो म बम्बै जाने रेल मा चडाइ दिन्छु चिन्ता नलिनु !

साझ 7:00 बजेको छ "कुशिनगर एक्सप्रेस " - ११०१६

अलिकती केही स्वास पलाय झै भयो ! रित्तो पेट लियर हिडेको थिय र ल्यायको मकै पनि सबै पोखियो थोरैमात्र बाकी थियो ! संयोग ले राम्रो मान्छे पाय ! कुनै बेला त भगवान ले पनि हेर्दा रहेछन भन्ने जस्तो लाग्यो ! उसैले टिकट निकालियो दियो भारु ३६० मा ! कहिले रेल नदेखेको म ! लामो न लामो डिब्बा डिब्बा गासियको ! मान्छे माथी मान्छेको भिड मात्र ! जसो तसो रेलको डिब्बा मा घुसे ! जहा अलिक भिड कम थियो ! भाषा बुझ्दिनथे ! के भन्दै थिय ! वल्तिर पल्तिर बस्ने हरु !

छुकछुक छुक .......रेलको आवाज सङै झ्यालको सिटमा बसेर बाहिर हेर्न थाले ! फलामको चिल्लो बाटो मा हावाको गतिसङै आफ्नै रफ्तार मा दौडियको रेल बाट अब बाहिर को चिजहरु प्रस्ट देखिन छाड्यो र आफुलाइ दिनभरिको थकाइ कैयौ दिनदेखिको अनिदो र चिन्ता ले गर्दा र रेल को रफ्तार मा झ्याकिदा कसो कसो निदाउन पुगेछु !

[ - बुवा ले अर्कि आइमाई लाई लियर घर आउनु भयको रहेछ ! घरमा बेस्सरी ठुलो झगडा पर्यो ! भनाभन पछि हातपाइ हुन लाग्यो ! आमाले बुवाले ल्यायकी आइमाइ लाई बेस्सरी लुच्छ्न , पिट्न लाग्नु भयको थियो तेत्तिकैमा बुवाले आमाको हात समात्नु भयको थियो ! छेक्न जादा आमाले बुवालाइ लात्तिले बेस्सरी हिर्काउनु भयछ र सन्निमा लागेको बुवा गर्ल्याम्मै ढल्नु भयो ! केही बेरमा उठेर अगेनामा बलिरहेको आगोको अगुल्टोले आमाको टाउको मा बेस्सरी हिर्काउदा उछिट्टियका झिल्कै झिल्काले आमाको कपडामा आगो सल्कियो ! जल्दै गरेकी आमा कराउदै चिच्याउदै भाग्दै थिइन खोलै खोलाको किनारै किनार ओरालो तर्फ !

यस्तो हल्ला हुन थालेपछी छिनभरमै छिमेक सबै जम्मा हुन थाले ! केही बेरमै जल्दै गरेको मुस्लो र उज्ज्यालो देखिन छोड्यो ! मानिसहरु उतै तर्फ दौडिदै थिय! ]

- भाइ साहेब टिकट ?? झसङ्ग बिउझिय ! टिकट चेक जाँच गर्न टिटि आयको रहेछ ! पक्कै पनि टिकट मागेको होला भनेर निकालेर दिय! उस्ले के के भन्दै थियो मैले केही बुझ्न सकिन ! हिन्दी मा बोल्दै थियो तर कता कता फाइन लाग्छ भनेको मात्र बुझे र अरुको र मेरो टिकट हेर्दा फरक देखे ! म रिजर्बेसन डिब्बा मा चडेछु र मेरो टिकट जनरल डिब्बाको रहेछ ! उस्ले देखाउदै भन्दै थियो अगाडि जनरल डिब्बा छ तेस्मा जानू नत्र फाइन लाग्छ ! झोला उठाय र फेरि तेहि रेलको भिड छिचोल्दै अगाडि लागे !

                                     ~२~

कस्तो नराम्रो सपना देखेछु ! शरिरमा काम छुटेर आयो ! पसिनाले निथ्रुक्क भिजे ! आमाको बेस्सरी याद आयो ! रुदै थिय जहाँ म एक्लो थिय! थुचुक्क बसे बाथ रुमको ढोका नजिकै ! लखनउ आयछ फेरि एक हुल मानिसहरु तछाड मछाड गर्दै पेलिदै रेल भित्र छिर्दै थिय! म अब रिजर्बेसन डब्बा बाट उत्रियर जनरल डब्बा मा गय ! भिड भयपनी डराइ डराइ एउटा सिटको एक छेउ मा बसे जहाँ फेमिली वाला बसेका थिय !

देखेको सपना बिर्सिन सकिन र आमाको हातले भुटेको मकै निकाले तर खान मन लागेन खै सपना आखिर बिपना भैदियो भने नि ! मन्मा खिन्नता छाइरह्यो! सुनेको थिय गाउमा धेरै बर्ष लाहुर मा बसेर पनि घर फर्केर घरजम गरेर बसेका मान्छे हरुको बारेमा ! कता कता हाम्रो बुवा पनि यतिका बर्ष हरायको साच्चै अर्कि आमा लाई लियर घर फिर्नु भयो र यस्तै घटना भयो भने नि ! केके न के सोच्न बाध्य भय !

तेत्तिकैमा दुइटै खुट्टा नभयको मान्छे आफ्नो जिउ घसार्दै माग्दै कचौरा थाप्दै आउदै थियो सबैका सामु ! कसैले त दिन्थे १/२ रुपिया कसैले गाली गर्थे हप्काउथे र नजिक आउदा घिनाउथे सायद तेसैले उतर्फ हेर्दा पनि हेर्दैनथे !

दुखिको पीडा कस्ले बुझ्ने ? जस्लाइ दुख्यो उसैले नै भोग्नु पर्दो रहेछ ! यो दृस्यलाइ मैले चाहेर नि वर्णन गर्न सकिन ! जुन आफुले प्रत्यक्ष देखे ! दिने मन हुदा हुदैपनी अरु केही दिन सकिन र आफुसित भयको अलिकती भुटेको मकै उसैको कचौरामा राखिदिय र उ खुशी हुँदै अगाडि बढ्यो ! मलाइ पनि भोकले बेस्सरी चाप्यो ! बिहान पखको समय थियो ! कति दिन लाग्छ कहिले पुगिन्छ मलाइ थाहा थियन र पुगेर कहाँ जाने के गर्ने मलाइ केही थाहा पनि थियन ! यत्ती सुनेको थिय बम्बै पुग्न ३ दिन लाग्छ भनेर !

चिया वाला चियाको कितली लियर वोहोर दोहोर गर्दै थिय ! एउटा केटिले मसिना मसिना झिजा हरु बेच्दै थिइ र भन्दै थिइ "दत्तुन!! दत्तुन" .....

केही मानिसहरु किनेर आफ्नो दात माझदै थिय बल्ल बुझे कि यो दत्तुन ले दात माझ्ने पो रहेछ !

केहि बेर मा बेस्सरी तालि पड्काउदै ठूलो स्वरले बोलेको आवाज आयो र हेर्दा हेर्दाहेर्दै आफ्नै आखाको नजिक सबैसित पैसा असुल्दै हिडेको एउटा मानिसलाइ देखे जस्को अनुहार र आवाज लेग्ने मान्छेको जस्तो थियो तर पहिरन भने आइमाइको जस्तो  ! जो तेस्रो लिङ्गी (हिजडा) रहेछन !

 दे रे कान्छ दे रे बाबू !!!! भन्दै एउटिले मलाइ मुसार्दै थिइ म डरले काम्न थाले ! रातो न पिरो हुन थाले ! सबैले मतिरै हेरिरहेका  थिय ! जसरी रामलिला हेरिदैछ ! तेत्तिकैमा के के बोल्दै थिइ र रिसाउदै उस्ले आफ्नो साडी माथि उठायर आफ्नो गुप्ताङ देखाउन थाली म आँखा चिम्म गरेको थिय ! तब उस्ले मेरो सन्निमा चरप्पै समातेर गाली गर्दै अगाडि बढी ! सबै गलल्ल हास्दै थिय! म भने दुखाइ र लाजले आफ्नै पिडामा मुछिय आफैमा फेरि मरेतुल्य भय सबैको सामु हासोको पात्र पो बनेछु !  उस्लाइ पैसा नदिदा भोगेको पीडा सायद एक अनौठो थियो जिबनमा बिर्सन नसकिने यो पल , पहिलोपटक ....
 ‎
म आफै पैसाको खोजिमा लाहुर हिडेको मान्छे उस्लाइ कहाबाट दिन सक्थे र तेसैको बदला मा यस्तो चोट पाय जो असाध्यै दुखिरहेको थियो कहिले नबिर्सिनेगरी ...
चियाको तलतल लाग्यो सबैले पियको देख्दा पिउन मन लाग्यो ! चिया वाला शीत हातको इसाराले चिया मागे र पैसा दिन दौराको गोजिमा हात हाल्दा गोजि रित्तो थियो र हात वारपार भयो ! सपना झै लाग्यो फेरि हात हाले जति पटक हालेनी उहीँ प्रकृया दोहोरियो ! मेरो जेब काटियछ कति बेला  पत्तो नै पाइन अब झन मुसिबत मा फसे ! धन्न मैले यस्तै हुनसक्छ भनेर आसकोट को भित्री गोजिमा केहि रुपिया लुकायर राखेको थिय तेसैबाट १० रुपियाको चिया पिय !

साइडको सिटमा ३ जना नेपालि केटाहरु झै देखे, बोल्न मन लाग्यो ! एक्लै अताल्लियको म आफैमा नेपाली जस्तो देख्दा खुशी को अन्कुर हरु पलाउन थाले ! साइडमा गय र नेपालिमै सोधे
- कहाँ जाने हजुर हरु ?

तिमी कहाँ जाने ? उल्टै प्रस्न पो गरे !

म बम्बै हिडेको तर कहिले गयको छैन र चिनेको पनि छैन !
झोला खै त ? अर्कोले प्रस्न गर्यो !
उ त्यहा सिट मुनि !

- यहाँ ल्याउ हामी पनि उहीँ जाने हो हामी सङै लान्छौ चिन्ता नलेउ भाइ ! तेस्रोले थप्दै थियो !
निक्कै खुशी भय ! जहाँ घरबाट हिडेपछी यसरी यात्रामा आफ्नोपन भेटिनु र यत्रो साहस दिनु पनि मेरो सौभाग्य नै ठाने ! आफ्नो सबै बृतान्त बताय र जेब काटियको पनि कुरा सुनाय ! उनिहरु कैयौ पटक यो यात्रा गरेको र बम्बै मा आफ्नै कोठा भयको कुरा गर्दै थिय ! भन्दै थिय चिन्ता नलेउ हामी सङै लान्छौ र काम नपाउन्जेल हाम्रो कोठामा बस्नु केही चिन्ता लिनु पर्दैन !

~ कुनै कुनै बेला त भगवान पनि दाहिना नै हुन्छन ~

जिबनको यत्रो सङ्ह्र्ष मय जोखिम यात्रा मा यसरी नेपाली साथिहरु भेटिनु र सहयोग को भावना देखाउनु मेरो सौभाग्य नै ठाने ! रमाइलो गर्दै गफ गर्दै जाँदै थियौ ! ल्यायको मकै पनि बाडेर खायौ ! उनिहरुले नास्ता ल्यायका रहेछन सबैले खायौ ! एउटाले सोध्दै थ्यो खर्चलाइ पैसा कति ल्यायको छौ ! मैले १२00 रुपिया लियर आयको र टिकट को र भाडा गरेर बचेको र केही चोरी भयको बताय ! अब जम्मा जम्मी रु ४०० मात्र बचेको थियो !

-  सम्हालेर राख्नु है !
-  ‎हस !
                                           ~३~

त्यो दिन रमाइलो सङ बित्यो ! उनिहरु निदाउदा म एक्लो हुन्थे र मेरि आमाको याद आउथ्यो र भक्कानिन्थे ! तर धेरै समय उनिहरु शीत गफ गरेर बिताउथे ! भोलि बिहान ४:३० को बम्बै पुगिन्छ भनेर केटाहरु भन्दै थिय ! रात पर्न लाग्यो घर छोडेको आज २ दिन भैसकेको थियो ! आमा ले कति खोज्दै हुनु होला है ! घरी घरी यिनै कुराहरुले मुर्छित हुन्थे ! कसरी कत्तिबेला निदाउन पुगेछु ! बिउझिदा केटाहरु कोइ पनि सिट मा थियनन ! यताउती हेरे ! धेरै बेर न आयसी सोचे ढोकामा बसेर हावा खादै गफ गर्दै होलान,  तर निक्कै बेर पछि पनि आउने छाटकाट देखिन र खोज्दै गय ढोकातर्फ ! त्यहा पनि कोइ थियनन ! फर्केर आयर सिट मुनि झोला हेर न उनी थिय न त झोला नै ! हतार शीत खोल्तिमा हात हाले जहाँ गोजि रित्तै थियो ! अब न आफ्नो कपडा, झोला न पैसा केवल एकसरो लगायको कपडा बाहेक अरु केही बचेन !

आफ्नो पन र आफ्नो मान्छे भेटायको पनि यसरी आफैसित ठगिन पुगेछु ! सपना मा पनि सोचेको थियन सफर मा आफ्नैले यसरी ठग्छन भनेर ! बोल्न जानेको थियन अब के गरु बिकल्प केही सोच्न सकिन ! मीठो बोलेर आफ्नै ले यसरी ठग्दा आफैमा धिक्कार लागेर आयो ! कता कता अब यहि गुडिरहेको रेलबाट हाम्फालेर मरु जस्तो लाग्न थाल्यो ! तर आमाको चेहेरा सम्झिन्थे र आफैलाइ रोक्थे ! फेरि पनि बिकल्प केही भेटिन अब बम्बै पुग्नु सिवाय ! अर्धचेत र बेहोसिमै उत्रिय ! बिहान ४:३० बजे लोकमान्य तिलक टर्मिनल "कुर्ला" मा गयर रेल रोकियो सबै उत्रियर जान थाले ! रेलबाट हेर्दा हेर्दै हजारौ मान्छे को भिड उत्रियो र आफ्नो आफ्नो गन्तव्य तिर लाग्यो !

"भाग्यले ठगेको म जिन्दगी भरी हर ठाउँ मा हर कसैसित ठगिदै यसरि आय म" भन्दै आफ्नो गुनासो हरु रुदै सुनाउदै थिय छबिलाल ले !

म पनि नेपाल पत्रकार टिम हरु को आगमन मा भेट्न र लिन  लोकमान्य तिलक टर्मिनल पुगेको थिय ! तर उनिहरुलाइ भेट्नु भन्दा पहिला नै यसरी बेवारिसे अवस्था मा देखेको भाइको अवस्थाले मन बिछिप्त बनायो  र सोध्न मन लाग्यो ! छबिलाल लाई टिम सित सङै आफ्नै निवास मा ल्याय !

यसरी मलाइ पनि भाइको यो रेल " कुशिनगर एक्सप्रेस " ११०१६ को सफर र घटना ले छियाछिया बनायो ! यसै मनमा राखी रहन सकिन र डायरिमा उतार्न मन लाग्यो जस्मा फेरि पनि यात्रा गर्ने साथिहरु सचेत रहनु होला कि आफ्नै नेपालि झै बनेर नेपाली भाषा बोलेर पनि कैयौ नेपाली हरु बोर्डर मा , गोरखपुर र कुशिनगर एक्सप्रेस मा लुटियका छन जो आउदा मात्र नभयर जादा पनि !

तेसैले होसियार रहनु होला ! दुख सुखमा यात्रा गराउने सहयात्री कुशिनगर एक्सप्रेस को सफर हिजो पनि थियो र आज पनि छ र भारतिय रेल हुदा सम्म सायद रहिरह्नेछ तर उस्को के दोष ! दोष त उनिहरुको छ जो गरिब , असह्य र निमुखा हरु लाई आफ्नो जाल मा पारेर लुट्दैछन , पिट्दैछन र फसाउदैछन ! तहसनहस पारिदिदैछन कसैको जिन्दगी , उजाड मरुभुमी जस्तो .......

कसैको घटना लाई यहाँ प्रस्तुत गरेर मैले महनता कमाउन खोजेको मेरो सिद्धान्त होइन ताकि हरेक दिन यात्रा गर्ने हजारौ छबिलाल हरु यसरी ठगिनु नपरोस र आउने जाने प्रदेशि हरु सचेत रहनु होला कहि कतै हिजो छबिलाल लाई परेको घटना मा हजुर तपाईं पनि शिकार हुन नपरोस !

:  हजारौ यात्री हरुलाइ आफ्नो गन्तव्य मा हरेक दिन पुर्याउने कुशिनगर एक्सप्रेस मा छबिलाल ले भोग्नु परेको सास्ती , पीडा र समस्या ले उनको गन्तव्य अधुरो , अपुरो र गन्तब्यहिन भयको भन्दै पीडा को बेदना र जीवन स्टोरी हाम्रो सामु पोख्दै थिय र भन्दै थिय कि राजदूतावास मा र नेपाल सरकार समक्ष्य यो हृदयवारक घटना को खबर पुगोस हरेक दिन नेपालिहरुले प्रदेश को यात्रा मा भोग्नु परेको पीडा , लुटपाट र सहनु परेको यातना मा आवाज उठोस र ठोस कदम चालियोस ताकी आगामी दिनहरुमा अरु कसैलाइ यस्तो नहोस ! कुशिनगर एक्सप्रेस को यो अबिस्मरणिय यात्रा फेरि कहिले दोबारा गर्न नपरोस .............
                                       ~×××~

                        * अल्बिदा *

                 By - Shiva Bashyal 
                 ‎3rd April 2018 , Mumbai IND
                 ‎Email : t99post@gmail.com



7 comments:

  1. समयको खेल भन्ने कि किस्मत ले ठगेका हामि नेपाली अरुको देखेर लहलहैमा बम्बइ सम्म को कुसिनगर को यात्रा को कुरा ले २०४६ सालको मेरो आफ्नै दिल्ली सम्म को पहिलो पटक भारत पसेको कुरा स्मरण गरे
    हो हामि नेपाली लाई हरेकझण पिडादायी यात्रा हुन्छ हरेक चोटि अझै एऊटा कुरा छुटेको महसुस गरेको छु म सिट मा बसाले बापत पुलिस लाई रकम दिनुपर्ने । एकदमै मनमुटु छुने यथार्थ घटना धन्यवाद सिव बस्याल ज्यु फेरि पनि जनमानसमा आपत बिपत का बारेमा लेख सृजना पढ्न पाइयोस्।। सुभकामना

    ReplyDelete
  2. हार्दिक धन्यवाद ! कुनै पनि आर्टिकल लेख्दा तेस पश्चात् फेरि पनि यस्ता कुरा र घटना हरु नदोहोरिउन भन्ने उद्देस्य लियर जनचेतनाको लागि लेख्ने गरेको लेख मध्य यो धेरै बैदेशिक सफर मा अधिकाम्स नेपाली मनहरुले भोग्नु परेको यथार्थ चित्रण थियो ! लेख्दै गर्दा आफै कति ठाउमा ब्रेक गर्नु पर्यो जुन सत्य घटना मा टीका टिप्पणी थियो ! समय सान्दर्भिक आर्टिकल को उचित मुल्यान्कन गरेर आफ्नो अमूल्य समय दिदै हाम्रो लेख प्रती प्रतिकृया दिनु भयको मा हार्दिक नमन! आशा छ हाम्रो लेखहरु लाई सेयर गरेर सपोर्ट गर्नु हुनेछ ताकी धेरै साथिहरुले यस्को बास्तबिकता को लाभ लिन सकुन ! शुभ रात्री

    ReplyDelete
  3. लगभग हरेक लाहुरे हरुले भोगेको बास्तविक कहनी लाई साहित्यमा उतारनु भएको छ ।
    पढदा छबिलाल(पात्र) आफै भएको आभास भयो ।
    धन्यवाद

    ReplyDelete
    Replies
    1. हरेक नेपालि मनहरुको मानसपटलमा यथार्थ कोरियको यो वास्तविक चित्रण थियो ! मैले पनि ठूलो सङ्ह्रस गरेर लेख्ने आट गरे ! लेख्दा लेख्दै कति ठाउँ मा भक्कानिय ! आखाले देख्न सकिन टाइपिङ नै रोक्नु पर्यो ! फेरि पनि साहस जुटाय ! एउटा लेखक जबसम्म आफू त्यो स्टेप मा चुर्लुम्मै डुब्न सक्दैन उस्ले बास्तबिकतामा एइना बनेर बिम्ब प्रतिबिम्ब दिन सक्दैन ! आशा छ यो आर्टिकल पूरा पढ्नु हुनेछ र सेयर गर्नु हुनेछ ताकि हजारौ छबिलाल हरु स्वयम् आफै पात्र बनेर अभिनय गरुन , मनन र चिन्तन यानकी फेरि यस्ता घटनाको सामना गर्न नपरोस ! हार्दिक धन्यवाद / शुभ रात्री

      Delete
  4. अली शुद्धतामा ख्याल गर्न पर्छ कि गुरू

    ReplyDelete
    Replies
    1. अवस्य पनि ! हार्दिक धन्यवाद ! प्रतिकृया प्रती आभारी रहे / शुभ रात्री

      Delete
  5. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...