Wednesday, 21 November 2018

" डि एस एल आर " शिव बस्याल - T99post

- दिन घोप्टिएर रात उक्लिदै थियो । त्यो भन्दा धेरै मेरा मनका  भय हरु , मनदेखी मस्तिष्क सम्म सिगोरी खेलिरहेका कुराहरु , र एक्कासी आएका म्यासेजहरु ...
बाघले लखेटेको मिर्ग उकाली लागेझै तिता मिठा जिवनका भोगाइहरु , काल्पनिक कुराहरु र वास्तविक चित्रणहरु । न म स्थिर थिए । न मेरो मन । न त थियो रात्री बस । बस आफ्नै गतिमा दौडिइरहेको थियो ।  बस जस्तै मन अनि बाटो र छेउछाउका रुखहरु पनि । यात्रा गर्ने हरेक यात्रुहरुका आ-आफ्नै बेग्लै बिचार , गन्तव्य र आचरण बोकेर तर म भने गोजिमा पेन , झोलामा डायरी र हातमा " डि एस एल आर " बोकेर । झन्डै छुटेको हतारमा निस्किदै गर्दा .....


नेपालगन्ज को लागि छुटेको रात्री बस खचाखच भरिए पनि मेरो मन भने उदाङ्ग थियो । उजाड मरुभूमि जस्तो रुखो थियो । मरुभुमिमा मडारिएको हावाले तितरबितर पारेको बलौटो उडेझै मनमा कुराहरु एकाएक उडिरहेका थिए । नउडुन पनि कसरी । अन्जान नम्बरबाट आएको सरुको अस्पस्ट म्यासेज ले मनमा रडाको मच्याएको थियो । म सोच्न पनि कसरी सक्छु र । नर्वेमा छाडेर आएकी सरु नेपालगन्ज को आन्दोलन मा सामिल होलिन भनेर । मेरो आँखा झुक्कियो होला , म झुक्किय होला , म्यासेज झुक्किएर आए होला तर कताकता शंका पो लाग्न थाल्यो सरु जस्तै देखेको भिडियोमा , अनि म्यासेजको अन्तिममा लेखिएको नाम , नेपालगन्ज मेडिकल कलेजको बेड न . ३०१ को अन्जान बिरामी । म अन्योलमा परे ।

के क्यामेरा पनि झुक्कियो होला र ?
अह हुनै सक्दैन ।

म र मेरा आँखा बरु कतिपटक झुक्किएका छ्न ।
साक्षिको सबैभन्दा बलियो र बिस्वासिलो एइना क्यामेरा हो जुन सत्यतथ्य कुरालाइ छर्लङ्ग पारिदिन्छ् । यस्तै पारिवारिक  र सामाजिक घटना हरुलाइ छर्लङ्ग पर्नको लागी त म पत्रकारिता लाई पछ्याए। आफ्नो दु:ख भन्दा पनि पहिला सुखको मोहमा हैन सत्यताको खोजिमा भौतारिय तेस्तै आज पनि जादैछु । रात छिप्पिदै थियो । चिसो बढ्दै थियो । कन्डक्टर ले केही खुल्ला झ्याल हरु चेकगरी ड्याम्म लगाए । मेरो मनमा पनि कुराहरु बढ्दै थिए । शंका हरुले चिमोठ्दै थिए । चिन्ता बढ्दै गयो तर मैले भने बसको झ्याल झै - मन , चिन्ता र डरको झ्याल लगाउन सकिन पिरोलिइरहे र नेपालगन्ज पुगिने गन्तव्य मात्र नापिइरहे ।

बिहान करिव ४ बजे नेपालगन्ज मेडिकल अस्पताल पुगे ।निक्कै अत्यास लागेको थियो । सरुलाइ के भयो ? कस्तो होला ? किन उ यहाँ आएकी ? एकाएक फैलिदैगय मनमा प्रस्नहरु । आन्दोलनमा गोलि लागेर किस्ने महर्जन को छोरा को मृत्यु को खबर फैलिए झै । भित्र जान ६ बजे भन्दा पहिला नपाइने भयो ।बिरामी भेट्ने समय बिहान ६ देखि ८ थियो । २ घण्टा म कसरी बिताउ । यो बिचमै सरुलाइ केही भैदियो भने । मनमा अनेकौ प्रस्नहरुले डेरा हाले । इमर्जेन्सी  बाट भित्र छिर्दै थिए पाले दाइले रोकिहाले ।

- ओए भाइ कता हो ?
- बेड न . ३०१
- अहिले जाने समय भएको छैन अझै २ घन्टा बाकी छ ।
- सर म बिराटनगर देखि आएको हो । मेरो आफन्त पनि पर्नु भएछ अस्ति को आन्दोलनमा । यहाँ उहाको अरु कोइ चिनेको मान्छे छैन । हिजो राती मात्र थाहा पाए र म आएको हु ।
- त्यो मलाइ थाहा छैन भाइ हामी पनि ड्युटी गर्ने मान्छे । नियम सबैलाइ एउटै हुन्छ ६ बजे पछि आउनुस र भेट्नुस । फर्किनु बाहिर बस्नुस ।

 झनक्क रिस उठ्यो । हरेक सेकेन्ड मेरो लागी बढी लागिरहेको थियो । अब २ घण्टा कहाँ बस्नु , कसरी पर्खिनु । कस्तो निर्दयी पाले । पेटमा राम भन्ने नामै छैन कि क्याहो । आफ्नो मान्छे परेको भय थाहा पाउथ्यो होला साला तर .... खुप रिस उठ्यो ।
हुन त उ गलत होइन नियम बिपरित जान उस्लाइ पनि अस्पताल को नियम ले दिदैन तर यहाँ त जीवन र मृत्यु को शैया मा लडिरहेका बिरामी लाई भेट्न नपाउदा यहि बिच केही अशुभ भैदियो भने नि ! मनले मानेन । हिजो म्यासेज आएको नम्बरमा फोन लगाए ।
- हेल्लो
- नमस्ते दिदि
- नमस्कार
- म बिराटनगर देखि आएको  , बेड न . ३०१ को बिरामिले हिजो हजुर को नम्बरबाट म्यासेज गर्नु भएको थियो म उहालाइ भेट्न आएको तर भित्र छिर्न पाले दाइले रोक्नु भयो । बिरामिलाइ कस्तो होला निक्कै चिन्तित छु , पिलिज केही गर्नु पर्यो ।
- न आत्तिनुस म ५ मिनेटमा पुग्दैछु हजुर गेट न. ३ मा बस्नुहोला ।
- हवस , धन्यवाद ।

कुनैबेला त भगवान नै भेटिए जस्तो लाग्छ । यदि यो नर्सले सहयोग नगरेको भए म सरुलाइ मात्र ६ बजे भेट्न सक्थे । सरासर गेट न . ३ मा गए । एउटा नर्स केहिबेरमै आइहालिन र म उनैसङ भित्र छिरे। बेड न. ३०१ मा पुगे तर त्यो बेड खाली थियो । पल्लो बेडमा बसेको कुरुवालाई सोधपुछ गरे  - यो बेडको बिरामी राती २ बजेतिर मर्यो अनि लिएर गयका हुन कता लगे थाहा छैन । कुरुवाको निन्याउरो अनुहार ले प्रस्ट बोल्यो ।



सोध्न मन थियो उस्को बिरामिको हालखबर । कहाबाट आएका हुन । अहिले कस्तो छ । तर म आफ्नै चिन्तामा स्तब्ध थिए । यो कुराले मेरो होस उड्यो । हातमा दबाइको ट्रे लिएर इमर्जेन्सी वार्ड तर्फ एकजना नर्स जाँदै थिइन ।
बेड न . ३०१ को बारेमा सोधे । आन्दोलन मा घाइते भयका मध्य केही सिरियस बिरामी इमर्जेन्सी वार्डमा पनि छन त्यहा बुझ्नुस न। नर्सले सम्झाउदै भनिन । जब केही श्वास पलायो ।

इमर्जेन्सी मा छिरे । भित्र एउटा नर्सले बिरामिलाइ इन्जेक्सन लगाउदै थिइन । म लाई ढोकामै रोकिन र मुखमा मास्क र निलो गाउन लगाएर मात्र भित्र आउने सल्लाह दिदै झुण्ड्याएको गाउन तर्फ देखाइन । म तेसै गरे । यस्सो हेर्दा म पनि अस्पताल को कर्मचारी झै देखिए निलो गाउन र मास्कमा । बेड न. ३०१ मा गए । फेस सुन्निएको थियो तर सरुलाइ मैले चिनिहाले । उनलाइ हेरिरहन सकिन आँखा भरिएर छ्ताछुल्ल भएर आयो । तर उनी निदाएकी रहिछन । नर्सले सम्झाउदै थिइन । मैले सबै बताए । उनको उठ्ने इन्तजार गरिरहे । करिव ३० मिनेट पछि नर्सले दबाइ दिन सरुलाइ उठाइन । म केही बेर बाहिर बसे । दबाइ र एउटा इन्जेक्सन लगाइदिएपछि नर्सले भित्र बोलाइन र सरुलाइ सोधिन उहालाइ चिन्नु हुन्छ ?

सरु ले मलाई देख्ने बित्तिकै उनको आखाबाट आँसु झर्न लाग्यो । बोल्न सकिनन । उनको सुन्निएको हात र औलाहरु सुमसुम्याउदै थिए । सरुले मेरो हात आफ्नो हत्केलामा कसिन र आँखा चिम्म गरिन ।
 म आत्तिय ।
 सरुलाइ के भयो ।
 - लौ न नर्स ।
 हतपत नर्स आईन । सरुलाइ हल्लाइन र अक्सिजन को पाइपहरु मिलाउन थालिन। उनले मलाइ बाहिर बस्न आग्रह गरिन र डाक्टरलाई तुरुन्तै फोन गरिन । ३ जना डक्टर आइहाले र केही औसधि भरेर इन्जेक्सन लगाइदिय । अर्को डाक्टर ले भ्यान्टिलेर बाट के के मिलाउदै थियो । ओठ मुख सुकेर आयो । म यो दृस्य सिसाको ढोका बाहिर बाट हेरिरहेको थिए । तर देखिरहन सकिन यो दर्दनाक दृश्य र आँखा चिम्म गरेर बेन्चमै बसिरहे । धेरै प्रयास पछि बल्ल सरुले आखाले हेरिन । र भनिन - " अशिम "

अशिम हजुर हो - भित्र जानूस
 (नर्स को यो बोलिले म झन डराए । )
- के भयो ....?
सरासर भित्र गए ।
सरु राम्रो सङ्ग बोल्न त सक्दिनथिन । तर डक्टर सङ्ग सबै सरुको स्वास्थ्यको बारेमा बुझे । टाउकोमा चोट लागेको रहेछ र देब्रे खुट्टामा पनि । डाक्टर भन्दै थिए - आन्दोलन मा घाइते भएका मध्य यहाँ पनि खतरा मै हुनुन्थ्यो तर अब डराउनु पर्दैन धेरै ठिक भैसकेको छ । रिकभर हुन समय त लाग्छ नै तर खतरा टल्यो ।

- सरुको स्वास्थ्य को बरेमा हरेक पल डाक्टरहरु सङ्ग बुझिरहे । यो बाहेक मैले गर्न मिल्ने केही थिएन जो डाक्टर हरुले गरिरहेका थिए । ८ दिनको बसाइ पछि सरुलाइ जनरल वार्डमा सारे । जब म सरुको लागि रातदिन नै कुरुवा बनेर बसे । बाथ्रुम लैजाद र कपडा फेर्दा सरु ले अफ्ठ्यारो मान्दै थिइन तर सरुलाइ त्यहा हेर्ने र साथ दिने पनि अरु कोइ थिएन। म उनिलाइ सम्झाउथे । उनी रुन्थिन मेरो कारण हजुर लाई धेरै दुःख भयो । म आफुले त दु:ख पाए पाए , हजुर लाई पनि दुख दिए । जनरल वार्ड मा आएपछी बल्ल सुस्त सुस्त बोल्न लागिन । म यो जान्न चाहन्थे कि सरु नर्वे बाट एक्कासि किन आइन र यो घटनाको सिकार भैइन । तर अस्पताल को बेडमा यी सप कुरा गर्न उचित मानिन र सरु लाई डिस्चार्ज गरेपछी मात्र सोध्ने निधो गरे ।

मान्छेको जिन्दगी पनि सपना जस्तो , जिन्दगिको हरेक युद्ध मान्छेले जित्नै पर्छ भन्ने पनि छैन। कुनै युद्द हार्दा पनि त्यसमा एउटा मिठासको अनुभुती गर्न सकिन्छ । तर आफैले देखेको सपना संग बारम्बार हार्नुपर्यो भने मान्छे बाचेर पनि मरेतुल्य हुन्छ । मलाइ लाग्छ सरु पनि कुनै युद्ध जित्नको लागि नै नर्वे बाट एक्कासी यहाँ कसैलाइ नबताइ आइन तर बिडम्बना आन्दोलन चर्कियो र दोहोरो भिडन्त भयो । जस्मा उनी पनि गम्भीर घाइते भैइन । अब सरुको यो सबै घटना , घटनाक्रम र युद्ध को बारेमा एक एक जानकारी लिएर एउटा डकुमेन्ट्री यहि DSLR बाट बनाउने अठोट गरे । सरुलाइ कुनै पनि हालतमा मर्न र हार्न दिदिन । जुन सरुले नर्वे बाट छुट्टिदा मलाइ दिएकी थिइन र भन्दै थिइन सत्यको लडाइको लागि यो सधै काम आउनेछ " अशिम " यो साथ लिएर जाउ ..........          क्रमशः 

                                       भाग -२
                                     
                                     
                                         शिव बस्याल ,
                                   21 november 2018
                               shiva2038@gmail.com

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...