Wednesday, 18 July 2018

स्तब्ध मा डुब्यो अधेरी गाउँ T99post

BY- Admin ३ साउन 

वर्षदिनको लभ, डेढ वर्षको बैवाहिक जीवन, छिनकै पहिरोमा पुरियो’

        सन्तोष कुँवर र शरु कुँवरको भेट तीन वर्ष पहिले भएको थियो । शरु सन्तोषको गाउँ शहिद लखन ६ घैरुङको अँधेरीमा रहेको मावली आउजाउ गर्दा उनीहरुको भेट भयो । बाबा आमाले नस्वीकार्दा पनि आफुलाई मन परेको र मायाँ गर्ने शरुलाई सन्तोषले भगाएरै विहे गरेका थिए ।

उनीहरुको भेट जुनघरमा आउजाउ गर्दा हुन्थ्यो त्यही घरबाट उनीहरु कहिल्यै नभेट्ने गरी छुटिए । पछिल्लो पटक शरु र श्रीमान् सन्तोषको भेट हप्तादिन अघि मात्रै भएको थियो । सन्तोष गोनपा १२ स्थित १० किलोमा मजदुरी गर्छन् ।

एक हप्ताअघिको उनीहरुको भेट नै अन्तिम भेट हुन पुग्यो । साउने सक्रान्ती मनाउन मावली आएकी शरु मंगलबार सुतेको ठाउँबाट कहिल्यै नउठ्ने गरी छोरा यूनिकलाई पनि साथमै लिएर सन्तोषलाई नभेट्ने गरी यो संसारलाई छोडेर गईन् ।
मामा नवराजको घरमा सुतिरहेको बेला अचानक पहिरोमा पुरिएर शरुका आमा छोरा र शरुकै मामाकी छोरी प्रमिनाको मृत्यु भएको हो । जब घरबाट पोस्टमार्टमका लागि तीनवटा शवलाई गाउँ तलको लुँदी खोलामा झार्ने तयारी भयो अँधेरीगाउँ स्तब्ध भयो ।

पोस्टमार्टम गर्न खाब्दी भञ्ज्याङको बाटो हिँडेका चिकित्सकको टोली पहिरोको कारण अँधेरी गाउँ पुग्न नसक्ने भन्दै फर्किए । लक्ष्मी बजारहुँदै लुदीखोलाको घाटमा पुगे । गाउँलेले तीन जनाको शव ल्याए । उनीहरुको घाटमै पोस्टमार्टम भयो । जब श्रीमती र छोराको शवलाई गाउँलेले पहेँलो पिताम्बर ओढाएर हिँडे सन्तोषले मन थाम्न सकेनन् । भक्कानिएका सन्तोषले भन्दै थिए ‘सानु मलाई लिन छिटै आउ है ।’ अनि छोरालाई पनि सम्झँदै उनले भन्थे ‘मेरो बाबा मलाई छोडेर किन गएको ।’ आफु सम्हालिएर आमालाई सम्झाईबुझाई गरिरहेका सन्तोषले पनि मन थाम्न नसकेर घरि घर पछाडी घरि चौतारा पछाडी गएर रोए ।


पोस्टमार्टम गर्ने बेलामा दरौँदीसँग कुरा गर्दै उनले भने ‘यहि मावलीले हामीलाई एक बनायो, अहिले यै घरले छुटायो ।’ उनीहरुको विहे भएको पनि आउँदो मंसिरमा दुई वर्ष पुरा हुन्छ । उनीहरुको साथमा फुलझैँ फक्रँदै गरेको छोरो थियो ।
‘अब मैले कस्का लागि बाँच्ने’ उनले गहभरी आँशुपार्दै भने ‘यै बुढीलाई राम्रो लाउन दिउँला, मिठो खुवाउँला । यै छोरोलाई हुर्काई बढाई पढाउँला भनेर म अर्काकोमा काम गर्न बसेको । अब मैले कमाएको कस्लाई दिने ?’

परम्परा तोड्दै शव जलाइयो अँधेरीका कुँवरहरुले अहिले सम्म कसैको शव घाटमा लगेर जलाएका थिएनन् । तर, बुधबार आठ महिनाको अबोध वालकसँगै शरु र प्रमिनाको शबलाई उनीहरुले लुँदीखोलाको घाटमा जलाए ।
‘हाम्रो खलकमा शव घाटमा लगेर जलाउने चलन थिएन । डाँडामा गाड्ने नै हो’ नवराज कुँवरले भने ‘पोस्टमार्टम गर्न घटना स्थलमै आउन डाक्टरहरुले सक्दिन भनेको कारणले हामीले तल खोलामा झार्नु पर्यो । खोलामा झारेको शवलाई माथि फर्काएर लैजान हुन्न भनेपछि हामी जलाउन बाध्य भयौं ।।।
-  साभार 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...