Saturday, 8 September 2018

व्हिलचेयरले जन्माएको माया - T99post

शिव बस्याल 
- गृष्म ऋतु सकिएर बर्षा ऋतु को आगमन भयको हुनुपर्छ ! चारैतिर हरियाली हुन लागिसकेको थियो ! हरियो जङ्गल हरुमा चराचुरुङ्गी हरुको चिरबिर निरन्तर सुनिन्थ्यो ! बारम्बार आइरहेको पानी ले शरीर निकै चिसिदै गयको थियो ! तर पनि मेरो यात्रा भने निरन्तर नै थियो ! आज जसरी पनि रौतहट पुग्नुपर्ने योजना बुनेको थिय ! साउनको महिना कहिले झरी बादल त कहिले मधुर घाम को राप छिनभरमै आइदिन्थ्यो र बिलाइदिन्थ्यो ! आउने जाने बर्सात का पानीका टिप्काहरु उनैका आँसु जस्तै लाग्दथे र बादलका भुल्का हरुमा उनैको अनुहार को धमिलो चित्र देखिन्थ्यो ! खै साच्चै थियो या परिकल्पना मात्र .....


यात्राले होला निक्कै थकित थिय ! अस्ताउदै गरेको सुर्यको किरण सङै दिन ढलेको आभाष हुन्थ्यो ! जति पर पुग्छु उत्तिनै मन बेचैन हुन लाग्यो ! रातिको आठ बजे बल्ल त्यहा पुगे ! आज यहि नै बसेर भोलि सिन्धुलिको बाटो हुँदै काठमाडौ जाने योजना बुने ! नजिक बस्ने राम्रो बन्दोबस्त नभयको र रात धेरै परिसकेको ले बाटो छेवैमा रहेको एउटा घरमा आजको दिन बस्न दिन आग्रह गरे ! सजिलै नचिनेको मान्छेलाइ बस्न कस्ले पो दिन्छ र फेरि पनि म सङ भयको आफ्नो परिचय पत्र देखाय ! जब उहाहरु ले खुशी हुदै बस्न आग्रह गर्नु भयो ! बृद्द बुवा , र आमा मात्र देखे ! खोइ अरु भने  त्यो घरमा थिय या थियनन सोध्न भ्याएको पनि थिइन ! खाना खायर सुत्न लागेको घरमा मलाइ खाना भन्दा पनि यो रातिमा बस्न पाउनु नै ठूलो सौभाग्य र आश्रय थियो ! मैले खाना खायको र भोक नभयको कुरा सुनाय ! तर हिड्ने बेलामा आमाले झोलामा पोको पारेर राखिदियको भुटेको मकै र गुन्द्रुक को अचार को वासनाले आमालाइ सम्झेर आखाभरी आँसु आय !

म घरबाट निस्किदा आमा रुनु भयको थिएन ! सायद युद्धमा हिडेको छोरालाइ हासेर बिदाइ गर्नु पर्छ भन्ने सोचेर होला ! तर मलाइ राम्ररी थाहा थियो पिडामा हुदा आमा कहाँ गएर रुन्छिन भनेर ! बुवा ले गाली गर्दा आमा भुइगलमा गएर रुनुहुन्थ्यो ! म सानो हुदा कैयौ पटक आमाका आँसु पुसेको थिय ! तर आज आमा मेरो लागि रुदा कस्ले आँसु पुछ्ला भनेर सोच्दासोच्दै हिक्कहिक्का गरेर रुन पुगेछु ! आखिर सवैकुरा मन नै रहेछ ! मनले जे सम्झ्यो तेस्तै महसुस हुदोरहेछ ! आँसु लुकाउन खोजे पनि त्यहा आमाले चाल पाइहाल्नु भयछ ! भन्दै हुनुन्थ्यो - यसरी आमालाइ माया गर्ने छोरा मेरो पनि भैइदिएको भय आज ? यत्ती भन्दै गर्दा छ्ताछुल्ल पोखियका आमाका आँसु देख्दा आफुलाइ पनि निक्कै नरमाइलो लाग्यो , आमा सङै आफै पनि रोयछु ! आमा भन्दै हुनुन्थ्यो - दन्द्वकालमा छोरा छोरी दुवैलाई अपहरण गरेर लगे ! १५/२० जनाको समुहमा आएको जत्थालाइ कति आग्रह गर्दा पनि निर्दयिहरु ले सुनेनन ! लगेको महिना दिन पनि नबित्दै छोरा सन्धिखर्क को मुडभेड मा परेर मरेको थाहा पाय ! पोलिस इन्काउटरमा मारियो देवु भनेर अर्कोदिन रेडियो ले समाचार फुक्यो !

यसरी दिनहु मर्नेमा मेरो मात्र छोरा थियन ! सबैका थिए ! नेपाल आमाका सुपुत्र थिए ! तेसैले पनि बिकल्प केही थिएन मन बुझाउन बाहेक ! तर छोरी भने ७ बर्ष पछि फर्कियर आइ जिउदो लास बनेर आफ्नो आधा शरीर मात्र बोकेर ! आमा को पीडा मा खुशी भर्ने कुराहरु गर्ने कोशिष गर्थे र पनि बिच बिचमै आफै भक्कानिन्थे ! आमा भन्दै हुनुन्थ्यो छोरी यस्ती छ र पनि धेरै मन भुलाउने आधार भयको छ नत्र खै कसरी बाच्न सकिन्थ्यो होला र !
सोधे - खै त छोरी हजुर कि ?
सुतिसकी पल्लो कोठामा रातिमा धेरै गार्हो हुन्छ उस्लाइ अझ झरी बादल लागेको बेला त झन शरीर दुखेर तेसै अताल्लियकी हुन्छे !
मलाइ पनि एकपटक उहाको छोरी सङ्ग भेट्ने मन जाग्यो र सुन्न मन थियो उहाहरुको अपहरण पछिको जिन्दगी र जीवन यातना .... " संघर्ष का पाइलाहरु "

रातभरी निदाउन सकिन ! मनमा धेरै कुराहरु खेल्न थाले ! आधी रात बित्यो र पनि म सन्नाटा रातमा एकोहोरियको थिय ! सोच्दासोच्दै कतिबेला निदाउन पुगेछु ! एक्कासी कसैले दाइ भनेको आवाज मा बिउँझिए ! हातमा चिया लियर व्हिलचेयरमा कसैलाइ देखे जब म निन्द्राबाट बिउझिय ! मलिन अनुहार मा धेरै पिडाका भाव हरु लुकेको पाए ! धन्यवाद दिदै उनको हातको ट्रे समातेर बेडमा राखे ! कलकलाउदो यो उमेरमा उनलाइ यस्तो हालतमा देख्दा मन छिन्नभिन्न भयो ! फेरि पनि उनको यो चियाको कदर गर्दै चिया सङ्ग उनको दुखान्तको ब्यथा खोतल्न बाध्य भय !

- हामी खाना खाएर सुत्ने तरखरमा थियौ ! यस्तै रातिको ९ बजेको हुदोहो ! एक्कासी बन्दुक बोकेर आयको धेरै जनाको समूह को जत्थाले मेरो दाइ लाई र मलाइ बन्दुकको नोकमा अगाडि लगे ! बुवा आमा रुदै हुनुन्थ्यो , चिच्याउदै हुनुन्थ्यो तर त्यहा सुन्ने र हामिलाइ फर्काउन सक्ने कोहि थियनन ! अलिक पर सम्म पुग्दा पनि आमा रुदै बोलाइरहेको आवाज सुनिन्थ्यो तर केही बेरमै आमा को आवाज मधुर हुँदै बिलाउदै गयो ! सुनिन छाड्यो ! जङ्गल को बाटो हामिलाइ रातारात कहाँ पुर्याइयो थाहा थियन ! बिहान उज्ज्यालो हुनासाथ कमान्डर रे समूह समूह बिभाजन गरेर ग्रुप छुट्ट्याइदिय ! दाजु अर्को ग्रुप मा र मलाइ अर्कोमा राखिदिय ! हामिलाइ दिनहु ट्रेनिङ्ग दियर गोला बारुद बनाउन र बन्दुक चलाउन सिकाइयो ! करिव १५ दिनको ट्रेनिङ्ग पछि मलाइ पनि एउटा १२ जनाको समुहको लिडर बनाइयो र क्रान्तिकारी मा होमियो ! एकदिन जङ्गल मा एउटि बुढी आमा घाँस लियर आयको देखे ! नियालिरहे त्यो बुढि आमालाइ देखेर घरको आमालाइ सम्झिन पुगेछु ! आमाको बेस्सरी याद आयो ! आकाशपट्टि फर्केर आमा भनेर बोलाय ! वातावरण शून्य थियो ! कोहि पनि बोलेन ! मन मनै लाग्यो धत लाटी क्रान्तिकारी हरु यस्तो कुराले बिचलित हुनुहुदैन ! हिजो मेरो आमा घरमा हुनुन्थ्यो ! आज प्रतेक झुपडिमा मेरो आमाहरु हुनुन्छ भनेर मनलाइ भुलाउने कोशिष गरे !

एक दिन राती अचानक हामी सुतेको क्याम्पमा  नेपाली सेनाले बम हान्यो ! म होसमा आउदा पानी परिरहेको थियो ! उठ्न खोजे उठ्न सकिन ! शरीर लल्याक लुलुक भयको थियो ! एकपटक आमा , बुवा , दाजु र साथिहरु सबैलाई सम्झिय ! यस्तो लाग्यो आज मेरो अन्तिम दिन हो र यो पल नै आखिरी पल हो ! अरु मलाइ केही थाहा भयन !  रगत कति बग्यो थाहा छैन । घिस्रिदै गर्दा हातबाट रगत तुरतुर बगिरहेको  थियो । अब म संग एक कदम पनि अगाडि बढ्ने तागत थिएन । म भुइमा लडिरहे । कमिलाहरुले मेरो रगत खाइरहेको थियो । घाउहरुमा झिंगा भन्किरहेको थियो । मेरो आखाले सबै देख्थे तर झिंगा धपाउने सम्म तागत भएन । म फेरि बेहोस भएछु । होसमा आउदा म एकजना गाउका मुखियाको घरमा रहिछु ! उहाले बैध्यलाइ बोलायर मेरो उपचार गराउनु भयछ ! मलाइ आफ्नै छोरी जस्तै लागेर गोठमा लुकाइ लुकाइ राख्नु भयछ ! महिना दिनपछी म धेरै ठिक भय तर म हिड्न नसक्ने भय ! मेरो कम्मर भन्दा मुनिको शरीर सबै नचल्ल्ने अररो भयको थियो ! बिस्तारै मैले आफ्नो बृन्तान्त बताय ! उहाहरुले मेरो घरसम्म ल्याएर छोडिदिनु भयो ! आज यस्तो भयर पनि व्हिलचेयर मा बसेर म सबै काम गर्छु आमा बुवा लाई सघाउछु ! जिन्दगिको यो सफर निक्कै कष्ट दायी भयको छ ! साथी हरुको बिहे भयो ! आज निजि जिन्दगिमा खुशी देखिन्छ्न !

 तिज आयो ! दिदिबहिनी नाचेको देख्दा मलाइ पनि नाच्ने रहर नलागेको हैन ! रहर हुदाहुदै पनि आफ्ना रहर जहर भैदिय ! इच्छ्याहरु जिउदै मार्न बाध्य भए ! जीवन जिउन र दिन कटाउन मुस्किल परिरहेको छ ! बर्षात हुन पनि याम फेरिनु पर्छ तर मेरो जीवनमा कहिले याम फेरियन ! आशुको भेल ले पीडा बगाउनु बाहेक केही रहेन ! बनारसी साडी ह्याङ्गरमा झुन्डियको छ हेर्न बाहेक बेर्न सकिन , उभिन सक्ने म छैन किन कि मेरा दुवै खुट्टा चल्दैनन र त आज व्हिलचेयरमा हिड्न बाध्य भय ! म सबैकुरा भन्न सक्दिन र स्मरण गर्न पनि चाहन्न ! जस्ले मलाइ बिगतको ७ बर्ष को त्यो पल झस्काइदिन्छ ! कुनै समय भन्दै गर्दा उनी झस्किन्थिन , मुर्छित हुन्थिन र बेहोस हुन्थिन ! जस्ले गर्दा पनि धेरै कुरा आधा अधुरा नै रहे !




मेरो मनले एक किसिमको नमिठो महसुस गर्दै थियो ! उनका जिवन संघर्षका पाइलाहरु र उनका आधा अधुरा सपना हरु पूरा गर्दिन एकपटक क्रान्तिमा नायक बन्न मन लाग्यो ! झुपडिमा दिनरात मिहिनेत गर्ने गरिविहरु को अत्याचार , अहिन्सा , जातिय तथा बर्गिय बिभेदहरु लाई उठान गर्न मन लाग्यो ! उनैलाइ कसेर आफ्नो अङालोमा बाधेर राखे ! निक्कै बेर म पनि सङै रोयछु ! शान्त बाताबरण मा उनको मधुर आवाज कुनै संगीतको धुन भित्र हराय झै लाग्दथ्यो ! प्रेमको भाव छताछुल्ल पोखियो ! वरिपरि बहकियको हावा , पानी र घाम पनि प्रेममय हुँदै गयो  ! उहीँ हावा सङ्ग बर्षा को सुगन्थ खोजिरहेको महसुस हुन्थ्यो !  म अब छुटिने बेला भयको थियो ! सिन्धुलिको बाटो हुँदै काठमाडौ जानू थियो ! झोलामा ल्याएको गुन्द्रुक को अचार , भुटेको मकै , चिउरा र दालमोट सबै उनैलाइ दिय र उनको अथाह मायाको भकारी बोकेर म छुट्टीदै थिय ! डियर मलाइ लिन छिट्टै आउनु है भन्दै रुदै गर्दा देखेका आशुहरु र प्रेमको अधुरो डायरि लाई फेरि छिट्टै पुर्ण गर्ने बाचा सहित म पनि आफ्नो गन्तव्य तिर लागे ! करिव ८ घन्टाको यो सफर मा मैले " बर्षा " लाई बाहेक अरुलाइ सम्झिन सकिन ! उनको त्यो साहसी कदम , पारिवारिक लगाव र हिम्मत बाहेक केही देखिन र अन्तिममा उनैको व्हिलचेयर जस्ले हाम्रो प्रेम जन्मायो !

                                   BY - शिव बस्याल / ८ सेप्टेम्बर २०१८ १५:४४ pm

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...