उसलाइ यसरी मेरि हुनु रहेछ ! यति कष्टका साथ मेरि हुनु रहेछ ! आखिर सजिलै पायको प्रेमको त कुनै मूल्य नै हुदोरहेनछ ! फुल पनि त भिर पहरामै फुलेको राम्रो ! दुर्लभ कुराहरुकै ज्यादा भाउ हुदोरहेछ ! थोरै त कहिलेकाहि खान पाइने चिज नै ज्यादा मीठो हुन्छ ! र , नमिठै हुने ओखती पनि थोरैले नै ठुलठुला काम गर्छन ! तिनैको ज्यादा महत्व हुन्छ ! उ अफ्ठ्यारोमा फुलेकी थिइ , मैले सजिलै टिप्न खोजे , कहाँ होस त !!
हामी मरिहत्य गरेर भाग्यका पछि लाग्छौ ! भाग्यले भने यसरी तानेर बोलाउदो रहेछ ! वास्तवमै आफुले सोचेजस्तै , खोजेजस्तै कोहि भेटिनु आफैमा एउटा भाग्य ! उसैसङ जीवन बिताउन पाउनु झन अहोभाग्य ....!
"मनसुन" शीत मेरो सम्बन्ध कुन अवस्थामा कसरी गासियो अझै ठम्याउन सकिरहेको थिइन ! तर जे जस्तो थियो निक्कै प्रगाढ थियो ! मीठो थियो र रसै रसले भरियको रसिलो र कस्सिलो थियो !
दिउसोको बेला ह्वात्तै बढेको गर्मीले होला तिर्मिराउदै गरेको आखा मा कालो रेमन्ड को चस्मा लगाउने सुरमा देखिन्थिन ! मन स्थिर मा थियन ! हुन त म सुन्दरतालाइ मात्र प्रेम गर्ने मान्छे होइन तर उनको प्रतेक चाल र चलाखी अनि एक्प्रेसन लाई देख्दा कता कता मायाको सिग्नल ले हरियो बत्तिको संकेत गरिरहेको आभास दिन्थ्यो !
"उनी बहाना खोज्थिन सायद , म चहाना खोज्दै थिय"
सम्भव निक्कै जटिल थियो , गहिराइको बिचौ बिचमा ! उनी बसेको सिटको छेवैमा रहेको क्याबिन मा जुस , फ्रुट र स्नेक्स सेन्टर लाई निशाना बनाउने निर्णय गरे ! तर निक्कै सोचाइमा थिय ! यदि मेरो निशाना सहि गयो भने त ठिक्कै छ नत्र २००/२५० मान्छेको भिडमा र अरबियन सि को बिचौ बिचमा आफू बेइज्जत हुनु पर्यो भने तेहि समुन्द्र को गहिराइमा हाम्फाल्नु बाहेक अरु केही बिकल्प पनि थियन !
क्रुज आफ्नै रफ्तार मा थियो ! कोइ कानेकुरा खादै थिय त कोइ समुन्द्र को चिसो निस्चल हावाको स्पर्श मा आनन्द लुट्दै थिय! एकपटक पछाडि फर्किय र आखाले भ्यायजति र देखेजती दुर दुर सम्म नियाल्ने प्रयास गरे ! निलो र सान्त रहेको पानीमा घरी घरी आउने जाने पानीका भेलहरुले बनायको आकृती हरु मा उनैको चित्रण कोर्न थाले ! कुनै बेला सेल्फी लियको आभास हुन्थ्यो त कुनै बेला जिस्कियर चोसो बाङो पारी पारी आफैलाइ जिस्क्याएको , तर सेकेन्ड भरमै बिलायर छिन्न भिन्न हुन्थ्यो , कस्तो इमेजिन यो केवल मेरो मस्तिष्क मा मात्र सिमित थियो ! हिम्मत गर्ने आट आयो पनि , आयनपनि ! आफैलाइ कमजोर ठान्न थाले ! केहिबेर आफ्नै मुडमा रमाय तर मनले मानेन लागे जुस पिउने बहानाले उनैलाइ करिवबाट नियाल्न !
अर्डर गरे पाइनापल जुस र केही बेर वेटर शीत कुरा गर्ने बहाना खोजे र बोल्दै थिय ! उनको नजर घरी घरी म तिर नै आय जस्तो लग्दथ्यो तर अलि कन्फ्युज मा थिय ! ठयाक्कै ठम्म्याउन सकिन कालो चस्मा भित्र को उनको आँखा म प्रती थियो या काउन्टरको भित्तामा झुन्डिएको ज्युस बारको मेनुमा ......😎
पढिरहेको हातको किताबका पाना बन्द गर्दै उनी मेरो छेवैमा आइन ! कता कता मैले उनलाइ पछ्छ्याएको चाल पायर मसित कुरा गर्न पो हो कि जस्तो लाग्यो ! तर झ्वाट्ट उनको नजर मेरो तर्फबाट मोडियर जुसबार मा जादा आफुलाइ सेफ पाय अब ढुक्क भय ! एप्पल जुसको गिलास हातमा लिदा लिदै उनको हातमा समाइरहेको किताब एक्कासी भुइमा खस्यो ! यहि नै मेरो बहाना बन्यो ! झटपट किताब उठायर उनैलाइ दिने सुर कसे ! किताब उनले भन्दा पहिला उठाय र पल्टियको पाना १९० लाई बन्द गर्दै उनैको हातमा थमाइ दिय !
- थ्यान्क्यु सो मच !
- वेलकम !
शुभनाम "रुचिका" रहेछ ! परिचय पश्चात् धेरै कुरा गर्ने मन थियो तर शुरु कहाबाट गरौ म अन्योलमा थिय ! जुस सकियो र उनी आफ्नै सिट तिर जान लागिन तर हातमा लियको किताब जुसबारको टेबलै छुट्यो ! मैले अझै उनिसित नजिक हुने बहाना पाय र उनी गयको छिनभरमै छोडियको किताब बोकेर उनैलाइ पछ्छ्याय ! बारम्बार पायको थ्यान्क्यु मा म उत्साहित थिय र उनैप्रती मोहित थिय ! दिदै गर्दा भने उपन्यास पढ्न मलाइ पनि अतिनै मन पर्छ ! यदि हजुर ले पढेर सक्नु भयको हो भने मलाइ दिनुस न म पढेर फिर्ता गरिदिन्छु !
दिदै गर्दा भन्दै थिइन -
"जिन्दगी एउटा किताब हो सायद लेख्न सके सबैलाइ , पढ्न सके आफुलाइ र च्याते र फ्याके अन्तर आत्मा लाई "
रुचिका ले भनेको शब्ध हरु मन मनै खेलाउन थाले ! गहिरो सोचाइमा परे , आफुलाइ चुर्लुम्बै डुबाय तेहि कन्चट निलो पानी को गहिराइमा अनि सोच्न थाले ! हुन पनि हो जीवन एक अनौठो यात्रा हो र यात्राको क्रममा भेटिने सबै जीवन का पात्र हुन ! उपन्यास पढ्दै थिय ! जस्मा मात्र आफुलाइ केन्द्रीत राखे ! क्रुज एउटा बन्दरगाह मा २ मिनेट रोकियर फेरि आफ्नै रफ्तार मा गयको मैले चाल पाइन जब किताव फिर्ता दिन रुचिका को सिट तर्फ गय तर खाली सिट पाय !
अगाडि पछाडी का पनि केही शीट खाली देखे ! अनि सेफ गार्ड हरुलाइ सोद्दा केही मानिसहरु पछिल्लो बन्दरगाह मा उत्रियको र अबको अगाडि यात्रा १ घण्टा १५ मिनेट रहेको जानकारि पाय ! नत राम्रो शीत बोल्ने मौका पाय , नत उनको किताब फिर्ता गर्न पाय ! बस एउटा क्रुज को रमाइलो यात्रा तर अधुरो पन , फिकापन र प्रेमिल भाव लाई अन्कमाल गर्दै उनैको याद , उनले पढ्न दियको किताब र सम्झना का तरङ हरुलाइ मनको छाल हरु शीत बगाउदै , अन्कमाल गर्दै उहीँ हातमा PUMA को कालो चस्मा र उनले दियको किताब "मनसुन" समाउदै ..................
~१~
BY - SHIVA BASHYAL
13 MARCH 2018 / 21:20 Pm,
MUMBAI IND.
EMAIL - t99post@gmail.com

No comments:
Post a Comment