Friday, 11 May 2018

जिन्दगीसङ्ग सिँगौरी खेल्ने जोस "सबिता लामिछाने" - T99post

[ गजल ]

तिर्खा लाग्दा बाटोको छेवैमा कुवा देखेपछी
पिउ कि नपिउ भयो पानी बटुवा देखेपछि !

खै के देखि पग्लने गर्छन आजकल मान्छेहरु
म पग्लने गर्छु पुरानो कमेज र बुवा देखेपछि !

जिन्दगीसङ्ग सिँगौरी खेल्ने जोस बल्ल आउछ
हर्के दाइले बोक्ने गरेको हलो र जुवा देखेपछी !

खै यसलाई म भ्रम भनु या कमजोर मनोविज्ञान
कापी किताबले पनि झस्काउछ बिदुवा देखेपछी !

उसो त उस्ले दिएको सर्प्राइज न थियो मलाई
आमाले दिएको आटो सम्झिए हलुवा देखेपछी !

सबिता लामिछाने ,गोरखा 
हाल कृतिपुर , 12 May 2018


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...