[ गजल ]
तरकारीमा नुन छैन,सुर्ती चेपेर तासको खालमा देखे,
सन्तानलाई किताब,पोसाक छैन,थोत्रो सालमा देखे!!
सबैलाई मख्ख पार्दै हिड्ने मान्छे,गाउकै बुझक बनी
सन्तान टुहुरा बनाउदै, श्रीमती नराम्रो जालमा देखे!
गरि धन्दा, मेला पात, घास बोकी रातमा घर फर्किदा,
कुटेर,भोकै तड्पीएकी, सितको लहर पालमा देखे!!
बुझाउने को?खोक्रो सानमा, उसले सम्पती उडाउदा,
मास्ने गरि आफन्तले नै बिच्छाएको चालमा देखे!!
भिर पाखा गरि,घास दाउरा, भारी, ल्याउदै थिइन् उनी,
बर्सेनि सन्तान, जादैगरेको उनको परान, कालमा देखे!!
बृद्धअबश्था, सबै तितरबितर, भएको नसामा मुर्छित,
पुकारदै श्रीमतीलाई, आउ लीन भन्दै, बेहालमा देखे!!
संगीता पौडेल
3sep2017/4:19pmcy
~साइप्रस ~

No comments:
Post a Comment