Wednesday, 9 May 2018

हुन दिन्न अत्यचार तिम्रो मायामा " सरु आचार्य " - T99post

[ गजल ]
पाएको छु मैले संसार तिम्रो मायामा
चाहिएन सुनको हार तिम्रो मायामा

हजार पीडा एक्लै बरु सहन्छु यार
हुन दिन्न अत्यचार तिम्रो मायामा

बोली अमृतसरि कहींकतै नबिझाउने
प्रत्येक शब्द बफादार तिम्रो मायामा

तिमीसंग निर्धक्क भई जिवन जिउने
भेटेको छु थुप्रै आधार तिम्रो मायामा

डर लाग्छ कतै तिम्रो मन दुख्यो भने
हुने छे  "सरु" गुनेगार तिम्रो मायामा

       
                    सरु आचार्य (दुलाल) - झापा 


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...