Tuesday, 3 April 2018

पसिनाको सिचाइ गर्दै दाना टिप्छ गरिबले *हिमा भुसाल*T99post

[ गजल ]

मधुर   भजन  सुन्ने  पवित्र  कान हरायो
लाग्छ  मेराे  देशकाे मान सम्मान हरायो

जथाभावी   काटमार   चोरी   हुनाले  नै
भगवान  हरायाे  मन्दिरको  दान हरायो

रगतको होली खेल्न द्वन्द निम्त्याउनलाई
हेर्नुस्   रातारात  बन्दुकका   थान हरायो

पसिनाको सिचांई गर्दै दाना टिप्छ गरिबले
अाज  उसैको  घर  दैलोबाट  धान हरायो

विश्व कै सुन्दर मुलुकमा जन्मिएका हामी
आज  बिडम्बना  हाम्रो  पहिचान  हरायो ।

हिमा भुसाल  , दाङ 
२१ चैत २०७४ 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...