Wednesday, 1 August 2018

उज्यालो पाउँदा जून बिर्सन्छौ भने "यमुना खतिवडा"-T99post

" यामु " का मुक्तकहरु 

                  - -

मरुभूमिकाे बलाैटे माटो भयो जीन्दगी
बल्झिरहने घाउको खाटाे भयो जीन्दगी।
रसरङ्ग उमङ्गकाे बहार अाउनु भन्दा हजुर,
दर्द पीडा र खुसीको साटाे भयो जीन्दगी ।!

                    - -

याे राजनीति नेताले खेल्ने खेल रहेछ
चुनाव त मात्र देखाउने तालमेल रहेछ ।
सरकारमा तछाड मछाड किन भन्दा,
अाफ्नै थैला् भर्ने गजबकाे झेल रहेछ।!

                 - -

प्रगति गर्दा मैले दुष्मनहरु ढल्दा रहेछन्
पाेलेसरी अागाेले खरानी भई जल्दा रहेछन् ।
म त हिड्छु अाफ्नाे बाटो खुट्टा दराे बनाएर,
नसके नि लडाउन लडाउने चाल चल्दा रहेछन् ।!



                     - ४ -
         
हिरा पाउँदा सधै सुन बिर्सन्छाै भने
उज्यालो पाउँदा जून बिर्सनछाै भने।
कहिलै माथि उठ्न सक्दैनाै साथी,
धन कमाउदैमा गुन बिर्सन्छाै भने ।!

                - ५ -

अाँशु र हासाेकाे किन मेल हुदैन
जीन्दगी संग खेल्ने कुनै खेल हुदैन ।
कति पीडा सहनु जीवन अाखिर मैले,
दुःखी अात्मालाई थुन्ने किन जेल हुदैन ।!

             ~ *** ~

- यमुना खतिवडा " यामु "
1 August 2018 
          झापा 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...