Wednesday, 15 August 2018

हृदयको प्रतिबिम्ब / मेरो कलम .....-T99post

हृदयको प्रतिबिम्ब / मेरो कलम ......

 - बदलिदो समय र बिकासको तिव्र गति संगै हुर्कदै गयको निजि जिन्दगी यस्तो होला भन्ने सोचेको पनि थिइन ! सामान्य गति र आफ्नै गोरेटोमा हिडिरहेका पाइला हरु एक्कासी ठेस लाग्न पुगे ! एकपटक झसङ्ग भय ! आफैलाइ यहि मार्गबाट अगाडि लैजाने या नहि !
अलिकती दोधारमा परे ! पछाडी फर्कियर आफ्नै सन्सारमा जान पनि सकिन र मनमा अनेकौ चोटहरु हुदापनी दुखाइलाइ भुल्न र भुलाउन बाध्य भय ! जसले अनेकौ नया कुराहरुको खोजिमा मन र मस्तिष्क लाई दैडायो र दौडाइरह्यो ! हुर्कदै गयको जिन्दगिको यात्रा पनि कहासम्म थियो र हो , थाहा थियन र छैन पनि ! फेरिपनि निरीह जीवन को अन्तिम स्वासको ढुकढुकी लाई बोकेर त्यो गन्तव्य को निर्धारण गर्दैछु ! सफल  हुनसके भने फेरि यो जिन्दगिको रङ्गमन्च एकपटक रङ्गिनेछ यदि सकिन भने पनि अधुरा इच्छा र तिष्णा फेरि अर्को जुनि ...... पक्कै पनि 😎
   
सपना कुनै बेला कसैका हुदाहुन तर ती अरुका सपना मेरा बिपना थिय र त आज पनि मन बिचलित छ ! कति कुराहरु कितावको पानामा लेखिन्छ त कति कुराहरु हृदय को पानामा सिमित राख्न बाध्य हुनुपर्छ ! जिन्दगिको आयाममा अनेकौ साथिहरु भेटिय सबै राम्रा थिय तर कोइ भने झन राम्रा थिय ! जस्को कारण आजपनी मनदेखी प्रस्नहरु निस्किन्छन र बारम्बार मस्तिष्क मा ठोकिन्छन ! उत्तर आफैसित छैन र खोज्ने प्रयासमा समय समयमा यो कलम चलाउन बाध्य हुनुपर्छ ! गुनासो तपाइसङ्ग होइन नाकी उनिहरु सङ्ग नै ! छ त आफैसङ्ग र आफ्नो यात्रा सङ्ग जिवनको अनन्तकाल सम्म .........
   
 कुनै बेला कसैले लेखेका विभिन्न कुराहरु पढियो जुन आफ्नै , मेरै र वास्तविक लेखियो भनेर पढ्दापढ्दै यी आखाहरु छताछुल्ल भरिएर नअएका होइनन ! कैयौ पानाहरु यस्ता थिय जुन पूरा पढ्न सन्सारै जितेर आउनुपर्ने जस्तो लाग्थ्यो ! मुटुमा सयौ किलाको ढुङ्गा राखेर तैरिनु पर्थ्यो ! पुरियको घाउ छिनभरमै बल्झिन्थ्यो ! भन्थे मेरै जीवन कथा लेखियको रहेछ किन होला ? प्रस्न माथी प्रस्नको थुप्रो एकपछी अनेक थपिदै गय ! लेख्दा आफ्ना , अरुका र समाजका नलेखेपनी काल्पनिक लेखियका कतिपय कुराहरु ठ्याक्कै आफ्नै जीवन संग मेल हुन पुग्दा रहेछन !



" बिस्मिता " संगको सफर पनि कम चुनौतीपूर्ण थियन ! आज बल्ल ती हरेक स्टेपहरु स्मरण हुदैछ्न ! एकपछि अर्को आइरहेको प्रस्नहरु को उत्तर दिन [ " बिस्मिता " भाग - २ ] लेख्नैपर्छ ! सबै पानाहरुमा एउटैका ब्यथा नहोलान तर पनि हरेक पानामा हरेक कसैको जिवनमा हुने र हुनसक्ने कुराहरुलाई एउटा उपन्यासको माध्यमबाट प्रस्तुत गरियको मात्र छ ! उपन्यासले रोमान्सको सिद्धान्त मात्र बोकेको छैन नाकी बोक्नेछ यो केवल एउटा मार्गदर्शन हो ! बदलिदो समय र बिकशित समाज मा भयका र हुने कुराहरु का यथार्थ चित्रण गरियको छ ! वास्तविक मानव जगतले भोग्दै आएका सत्यतथ्य कुराहरुलाइ महसुस गराउन खोज्दछ र जिन्दगिको पाठ सिकाउछ !

प्राप्ती ले भन्नू हुन्छ कथा मेरै हेरेर लेख्नु भयको हो कि ?
सागर ले लेख्नु हुन्छ बर्षौ देखि सुकेका आँखा फेरि रसाय !
भेषराज भन्नुहुन्छ ७०% मेरै जिवनकथा पाय! हरेक पानामा आफ्नै जीवनि पाय ! अरु पानाहरु फर्काउन धेरै हिम्मत जुटाउन पर्यो ! बगिरहेका आशुहरु ले बिगत फर्काइदिने भय सायद म यो सन्सारमा सबैभन्दा खुशि हुन्थे होला ! यस्तै हजारौ प्रस्नहरु छन जुन उत्तर बिहिन हुन बाध्य छन ! जस्लाइ थप अझै केहीसमय पर्खिनु पर्ला पनि !

मर्नुभन्दा केही कामगरेर बाच्नु उचित ठानेर नै मृत्युलाइ घृणा गर्छ र त आज काप्दैगरेका हातहरु ले कलम समाउन बाध्य हुन्छ !  कुनै बेला लेख्दालेख्दै छुटेका शब्दहरु र सफरमा छुटिन पुगेका अतितहरु लाई खोज्ने संकल्प लियर अब छिट्टै नै फेरि शुभम शर्मा फर्किनेछन या छैनन यो प्रस्नको उत्तर मसङ्ग छैन !
तर छिट्टै फर्किने बाचा गरेर दिल्लिबाट छुटेको सहयात्री शिशिर निरौला भने केही नया सन्देश बोकेर छिट्टैनै फिर्नेछ र हरेक पाठक हरुको मनमा उब्जियका प्रस्न , शंका र गुमसुदा अतितहरु को सन्देसलाई फर्काउनेछ ! लेखियका केही हरफहरु यदि कोइ कसैको जीवनसंग मेल हुन गयमा संयोग मात्र हुनेछ ! भन्दै अहिले भने चलिरहेको कलमबाट ओझेल पर्न चाहन्छु / शुभ-रात्री

- शिव बस्याल / 14 August 2018

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...