Sunday, 25 March 2018

जादाजादै रामनवमिको अन्तिम "शुभकामना "T99post

BY-Admin ! बाच्ने रहर हुदा हुँदै पनि आज मेरो आखिरी दिन सायद ! मेरो जिन्दगि लामो थियो या छोटो त्यो मलाइ थाहा थियन र होस पनि कसरि, तर उनिहरुलाइ थाहा थियो मेरो जिबनको आखिर पल अन्तिम दिन कुन दिन हो र कुन मितिमा थियो ! बाबा लाइ न देख्न पाय नत चिन्न नै तर आमाको माया निक्कै पाय ! सानो छदा सबैको प्यारो म ! घरकी कान्छी दिदी ले पनि आफ्नो सानो भाइ लाई झै माया गर्थिन र काखमा लिदै उचाल्दै गथिन र भन्थिन वाउ मेरो " सेतु "! तर सानो भाइले भने मौका पर्यो भने मेरो पुच्छर निमोठि दिन्थ्यो र खुशी हुन्थ्यो फेरि पनि मैले कहिले उ प्रती गुनासो राखिन र उस्को खुशिमा म आफैलाइ आनन्द आउथ्यो र निमोठियको पुच्छर को दुखाइ छिनभरमै भुली दिन्थे ! उसैको करिव जान्थे उस्ले लुच्थ्यो र पनि उसलाइ आकर्मण कहिले गरिन किनकी उ पनि त म जस्तै सानो थियो , तोते बोल्थ्यो र बख्राम बख्राम हिन्थ्यो !

दिदि ले एउटा काखमा मलाइ र अर्को काखमा भाइ लाई समाउदा निक्कै आनन्द लाग्यो ! यस्तो लाग्थ्यो कि यो काखबाट कहिले ओर्लिन नपरोस ! यसरी दिदिको न्यानो काखमा भाइ ले झै माया पाउँदा आफैलाइ भग्यशाली ठान्दथे ! अझ भनौ भने त मान्छे को कोखबाट जन्मिन पायको भय झन कस्तो हुन्थ्यो होला ? त्यो त केवल परिकल्पना मात्र ..........................! 

हामी जन्मिदा जुम्ल्याहा एउटि बहिनी तर किन किन उस्ले भन्दा धेरै माया मैले पायको अनुभव गर्थे कता कता नमिठो लग्थ्यो ! खाना मा पोसिलो आहार मलाइ धेरै , अनि साझ पख प्रतेक दिन मलाइ छुट्टै दाना डाइट को रुपमा ! बैनि लाई  एउटा खाबोमा बाधेर राखी दिन्थे किन कि उस्ले पहिला पहिला मलाइ दियको दाना आत्तुरिले खादा सबै पोखाइ दियकी थिइ ! त्यो दिनदेखी नै उस्लाइ गरेको दुव्र्यवहार र मलाइ गरेको ब्यवहार मा निक्कै भिन्न पाय ! तर खै किन होला आफैले छुट्ट्याउन सकिन केवल सोचाइमा मात्र बाध्य हुनु बाहेक बिकल्प केहि भेटिन ! 

ठूलो हुँदै गय ! सानो भाइ भन्दा निक्कै ठूलो भैसकेको थिय , तर भाइ सानो थियो र पनि मलाइ लठ्ठिले हिर्काउथ्यो कुनै कुनै बेला , फेरि पनि सहिदिन्थे ! किनकी उस्लाइ मैले एकपटक हान्दा उ गर्ल्यामै लडेको थियो र खुब रोयको थियो उबेला दिदिले बेस्सरी चुटेकी थियिन तेहि सम्झेर दिदि लाई देख्दा आज पनि डर लाग्छ ! फेरि पनि घरका सबै सदस्य लेे दियको माया मा म लिप्त थिय ! म स्वतन्त्र थिय आफ्नो मनले जता जान आउन सबैतिर मलाइ खुल्ला फेरिपनी घर, गोठ , आङन छाडेर कहिले टाढा गयिन ! 

लगभग म अब ५/६ महिनाको भैसकेको थिय! पोसिलो आहार , खुराक र टेन्सन मुक्त फ्रीडम ले गर्दा सर्लक्क र चिल्लो थिय! आउने जाने सबैले मुसार्थे आहा कति राम्रो ! 
बुवा ले साझमा प्रतेक दिन कामबाट आयर दिदी लाई सोध्नु हुन्थ्यो सेतु लाई आज डाइट दियको नै ? निक्कै केयर गर्नु हुन्थ्यो ! यस्तो लाग्थयो कि मलाइ बेस्सरी पोसिलो खुराक खुवायर बलियो पारेर कुनै ओलम्पिक खेलको रेस मा रेस जिताउन लैजादैछन या रेस्लिङ खेलाउन तर म घोडा थियन ! खै किन होला मैले बुझ्न सकेको थिइन ! 

एकपटक अचानक बिरामी परेको थिय! म झोक्राएको देखेर सबै अत्तालियका थिय ! सबै  चिन्ता मा कोइ डाक्टर लाई फोन गरेर मेरो समस्या को बारेमा बताउदै थिय त कोइ लामा झाक्री लाई बोलाउन गय ! दिदि भने मेरो नजिक थिइन र मलाइ मुसार्दै थिइन ! मेरो बिरामी हुनुमा दिदी को अनुहार मलिनो थियो खुशी घरमा कोइ थियनन ! हाहाकार मच्चियो ! छिमेकका कान्छा बा , लगायत थुप्रै जम्मा भयका थिय! पछि डाक्टर ले एउटा सुइ लगाइदियपछि म बिस्तारै १/२ दिनमा ठिक हुँदै गय ! म एकदिन बिरामी हुदा यो परिवार बाट पायको माया , समयमै उपचार र परिवार को चिन्ता मा यो प्रस्टै छुट्ट्याय कि मलाइ निक्कै माया गर्छन घरको सानो भाइ लाई झै ! 

एकदिन अचानक कोइ मलाइ लिन भनेर आयको रहेछ ! सायद म लिलामि हुँदै थिय ! तर दैब सन्जोग बुवा घरमा हुनुहुदैन थियो र दिदी ले मलाइ लिन आयको कुरा फोन मा बाबा लाई सुनाउदा बाबाले दिनि हैन भन्नू भनेर मान्छे फर्काउदा यस्तो लाग्दथ्यो कि म यो परिवार कै हिस्सा हु र बुवाको यो स्नेह , माया र मोहमा म आफै ऋणि भयको महसुस गरे ! अहो मेरो लागि माया गर्ने दिदी मात्र नभयर बाबा पनि हुनुहुन्छ जो म लिलामी हुन लाग्दा पनि अरुलाइ दिनु भयन ! कहिले काहीँ शहर बाट आयको मावली भाइ ले पनि म शीत सेल्फी खिचेको कता कता याद आउथ्यो ! कस्तो अहोभाग्य मेरो ! म अब सबैको मनमा मात्र नभयर मावली भाइको क्यामेरा मा उ शीत तस्बिर मा पनि कैद थिय र उस्ले सोसल साइट मा पोस्ट गरेको र सबैले वाउ ! वाउ गरेको कुरा दिदी ले सुनाउदा आफैमा फुरुङ हुन्थे त ! 😎😎😎 



माझारे कान्छो आउदै मलाइ चरप्प पार्दै सकि नसकी उचाल्थ्यो र मेरो वजन को अनुमान लाउथ्यो ! आजकल सेतु अलि दुबालायो कि क्याहो पहिला भन्दा कम छ जस्तो लाग्यो अलि ख्याल गर्नु है दशै आउदैछ ! ! ! 

दशै आउदैछ भन्दा खुशी ले गदगद हुन्थे ! सायद रंगीचंगी चाडपर्व ले मलाइ पनि खुशी दिन्थ्यो ! लेकाली माइला ले दशै आउने बेला मा आयर मलाइ उचाल्न लाग्दा एउटा हातले मेरो सन्नी चरप्प पारेर समातेको र बेस्सरी दुखेको सम्झिदा अहिले पनि भनभनी छुटेर आउँछ ! 

बलिया बाङा ले यसरी सन्नी समात्दा कस्कोपो नदुख्ला र ! फेरि पनि निर्दोस भयर नि आफैमा बाध्य थिय ! दशैमा पनि मलाइ लैजान निक्कै ग्राहक आयका थिय ! मलाइ राम्ररि याद छ किनकी सबै आउदै मलाइ हेर्दै उचाल्दै जाँदै गर्थे ! मानौ म कुनै सानो प्यारो बच्चा हु या फेरि नव नवेलि दुल्हन हु र सबैले चाखले मलाइ हेर्छन र मोहित हुन्छन ! यस्लाइ लान पाय हुन्थ्यो भन्ने सबैको चाहना तर बुवा ले नदिने कुरा गर्नु हुन्थ्यो र आफैमा खुशी हुन्थे! आजकल त अब म ढुक्क पनि हुन थाले! कम्तिमा १०/१२ जना ले आउदै माग्दै गर्दा नि बुवाले नदिने कुरा गरेपछी आफैमा यहि परिवार को हिस्सा सम्झिथे र पायको अथाह माया मा आफै हर्षित हुन्थे ! 

दिनहरु ढल्दै गय ! म पनि ठूलो भैसकेको थिय ! घरमा कता कता हल्ला सुन्थे ! अब सेतु ठूलो भयो छिप्पियो,  यो नवरात्री मा यस्लाइ कोइ किन्न आय बेच्नु परो ! भनेर बाबा भनी रहनु हुन्थ्यो ! यसो भनेको सुन्दा म आफैमा छागाबाट खसे जस्तो भयको थिय! न त बोल्न सक्थे , न त मेरो भाषा उनिहरु बुझ्दथे ! आखिर यति माया दियर आफ्नो छोरा लाई झै हुर्कायर बढायर आखिर बाबा ले किन मलाइ अरुलाइ बेच्दै हुनुन्छ होला ! आखिर मैले केही गल्ती नगर्दा पनि मलाइ किन अरुको घरमा पठाइदै छ ! खै बुझ्न सकिन ! 

एकदिन ४/५ जना आय र मलाइ उहीँ पाराले चरप्प पारेर सन्नी मा समात्दै उचाले र गद्र्याम्म फाले , भन्दै थिय  लगभग ४० किलो होला लौ मोल गरम न त ? सबैले मलाइ हेर्दै थिय तर म दिदी लाई हेर्दै थिय ! दिदिको अनुहार मलिनो थियो सायद उस्ले अब मलाइ गुमाउदैछ र साच्चै म अब बेचिदैछु ! मलाइ यो परिवार र दिदि बाट छुटायर टाढा लगिदैछ ! खै आखिर किन ? एकपटक दिदिको काखमा बसेको सानो भाइ लाइ हेरे ! उ टुलुटुलु मलाइ हेरि रहेको थियो सायद उस्लाइ पनि अब महसुस हुदैछ कि म अब अरु कसैको हुदैछु ! के गर्ने छिनभरमै दिदिको हातमा केही पैसा राखिदिय र बाबाले लैजाने अनुमती दिनु भयो खै अब म कहाँ जादैछु र किन , -  मलाइ केही सुइको थियन ! मेरो बिछोड मा मेरो बहिनी , आमा सबै कराउन थाले सायद म बिना एक्लो भयर होला ! म जान मानिरहेको थिइन र फर्की फर्की आफ्नै गोठमा आउन खोज्दा एउटा अधबैसे ले लठ्ठी ले बेस्सरी हिर्कायो र घुचेट्न थाल्यो ! तेत्तिकैमा दिदिको आखिर आवाज सुने - नपिट्नु न बिचारा लाइ कति दुख्यो होला ! यहाँ भाइ लाई भन्दा माया दियर हुर्काको अनि अझ पिट्ने .....

यति भन्दै के के भन्दै दिदी कराउदै थिइन अब त म टाढा पुगि सकेको थिय दिदि को आवाज पनि सुनिन छोड्यो र म आफैमा दुखित थिय ! कहिले घरमा पिटाइ नखायको अब म बारम्बार पिटिदै थिय र घोचिदै थिय ! खै मैले कस्को के बिगारेको थिय र मलाइ आज यस्तो सजाय किन .....! छिनभरमै मलाइ नौलो ठाउमा पुर्याइयो ! बिहान को नौ बजेको हुदोहो ! मलाइ अब रातो अबिर ले सिगारिदै थियो ! जौ, तिल र कुश को तिलानी ले मेरो शरिर मा अभिषेक गरिदै के के फलाक्दै थिय पुरै परिवार जम्मा भयर ! केटा केटि सबै फुरुङ हुँदै यताउती सलबलाइ रहेका थिय र भन्दै थिय आज मासु खाने हो ! 

मासु खाने कुरामा केटाकेटी मात्र नभयर ठुल्लै को मुखबाट पनि र्याल काड्दै बोलेको सुनियो कि - क्या छ यो त सार्हो टेस्टी होला छिप्पियको पनि रहेछ ! यस्तै के के बोल्दै थिय ! मेरो टाउको मा अबिर ले रातो न रातो पारेका थिय र पानी छिडकेर मेरो गर्धन र शरीर भिजाइ दिदा चिसो को अनुभूति भयो र  जिउ झड्कारे ! सबैले खुशी ले गदगद भयर भन्न थाले लौ देवता ले माने है ! अब लैजाम ! नया परिवार , नया मान्छे र सबै नौला चेहेरा ! बिहान बाटोमा आउदा को पिटाइ , अहिले को यो तमासा देख्दा मलाइ अनौठो लागि रहेको थियो ! आखिर के गर्दैछन र कहाँ लगिदैछ मलाइ ! 

केही बेरमा एउटा मन्दिर मा पुर्याइयो जहाँ म जस्तै कैयौ अरु पनि थिय ! मान्छेको भिड र संख घण्टको आवाज मात्र  कलङ कलङ .....! 

केही बेरमा घमाधम म भन्दा पहिला आयका लाई काटिदै थियो , मारिदै थियो र घिसारिदै थियो ! आफ्नै आखाको अगाडि यस्तो देख्दा म बेहोसी मै कराउदै थिय ! चिच्च्याउदै थिय र यहाँ बाट फुस्किन पाय दगुर्ने थिय तर म एउटा किलामा बाधियको थिय! तेत्तिकैमा एउटा मुसुमुन्द्रे ले भन्दै थियो नकरा अब तेरो पालो आउदैछ ! तेत्तिकैमा अर्कोले थप्दै थियो यसको सुरुवा खाने हो खुप मज्जा आउँछ ! तेत्तिकैमा कसैले थप्दै थियो बाफ्रे कत्रो हो , यहाँ भयजतिमा सबै भन्दा ठुलो यहि रहेछ , राम्रो पालेका रहेछन ! पालित होस त यस्तो !!!!

नकरा तेरो पालो ....... यहि शब्धले मनमा चिसो गरायो र देखेको सिन ले -  स्तब्ध ! चिन्तित ! शोकाकुल !

आशुका ढिका आफै खस्दै थिय ! आखिरिपटक उहीँ सानो भाइ लाई सम्झिय ! माया गर्ने दिदी लाई अनि बाबा लाई ! 
सम्झिय मलाइ जन्म दिने आमा लाइ अनि मेरि आफ्नी जुम्ल्याहा बैनी लाई ! म अब जिन्दगिको आखिरी पल मा थिय ! मेरो अगाडि मृत्यु प्रस्टै थियो अब मलाई महसुस हुन लागेको थियो ! कति भिन्न है आखिर जहाँ म जन्म लिय त्यहा पनि यस्तै मानिस हरु नै थिय ! तर यस्तो यातन कहिले दियनन  ! माया गरेर हुर्काय एउटा परिवार को हिस्सा सस्झेर   तर यिनी मानिस हरु कस्ता दानव हुन सबैलाइ छपाछप काट्दै छन , मार्दै छन र लतार्दैछन ! कस्तो हाम्रो बोका को जिन्दगि ! यति माया दियर हुर्कायर आखिरी मा यस्तो सजाय आखिर किन्न र कहिले सम्म ? 

बरु अर्को जुनिमा यो मान्छे / बोका भयर जन्मिनु भन्दा त गधा भयर जन्मिनु नै बेस होला किनकी आफ्नो दुख गरेर , भारी बोकेर त खान पाइन्छ र आफुले अकाल बाहेक कसैको हातबाट जानी जानी त काटिनु पर्दैन , मारिनु पर्दैन बरु काम गर्दा गर्दै खायको एक दुई स्वाठ त सहिदिन्थे ! 
तर कस्ले सुन्ने यो मेरो आखिरी चीत्कार , माया गर्ने दिदी पनि त्यहा थिइनन न त मेरो पुच्छर निमोठ्ने सानो भाइ ! मलाइ लगिदै थियो अब घिसार्दै , पिट्दै दानवरुपि मान्छे हरु ले आफ्नो पेट पुजा गर्न जिब्रो फड्कार्न केवल देवता को नाममा र नवरात्री पर्व मनाउन हर्षोल्लासका साथ तर मेरो जिबनको अन्तिम श्वास आज थियो , यहि थियो , मृत्यु नभयर एक जानी जानी गरेको बलिदान थियो ! आत्मसमर्पण गर्न र आफुलाइ होमिन बाहेक अरु केही बिकल्प भेटिन ! 
कस्तो मेरो "बोका" को अधुरो जिन्दगी .... ! म्याय्य्य्य्य्य्य्य्य्य्य्य्य .............

-  फेरि पनि जादा जाँदै आखिर पटक नवरात्री को हार्दिक मङलमय 🌹शुभकामना 🌹  

BY - CBA Bashyal , 25 March मुम्बई 
pic - Google

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...