Sunday, 6 May 2018

उनी र रम उस्तै उस्तै लाग्यो "सुदामा कृष्ण "- T99post

[ स्वतन्त्र गजल ]

तिमी र यो मौसम उस्तै उस्तै लाग्यो
बदलिरहने हरदम उस्तै उस्तै लाग्यो

कसले भन्यो पिरती नशा होइन भनेर
मलाई त उनी र रम उस्तै उस्तै लाग्यो

हँसाउने पनि उनै---रुवाउने  पनि उनै
कभी खुसी कभी गम उस्तै उस्तै लाग्यो

यति धेरै लेखिएछ बहाना वा चाहनामा
तिम्रो याद र कलम -उस्तै उस्तै लाग्यो

थाहै नभई निको भो कति धेरै पीडाहरु
तिम्रो स्पर्श र मल्हम -उस्तै उस्तै लाग्यो

~ सुदामा कृष्ण ~

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...