Thursday, 10 May 2018

कसरी बदलिएछ मोदिको लागि "शम्भु पुडासैनि" - T99post

[ गजल ]
राता रात बाटो कसरी बदलिएछ मोदिको लागि
धुलो मैलो माटो कसरी बदलिएछ मोदिको लागि?

बुझ्न गार्‍हो रास्ट्रबादी नेताहरुको  पारा यस्तो छ
नाकाबन्दिको खाटो कसरि  बदलिएछ मोदिको लागि ?

जयजकार र  देवत्वकण उसैको मात्र  हुदैछ यहाँ
जनआक्रोशको पाटो कसरी बदलिएछ मोदिको लागि ?

दिन दिनै सिमाना मिचेको मिचै छ जानाजान बैरिले
सहिदको रगतको टाटो कसरी बदलिएछ मोदिको लागि ?

न देशले केही पाउछ न नेपाली सोझा जनताहरुले
रास्ट्रलाई हुने घाटो कसरि बदलिएछ मोदिको लागि ??

शम्भु पुडासैनी  11 May , 2018 
द . कोरिया 


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...