Thursday, 16 August 2018

मनकामना एकता फाउन्डेसन ले मनायो आफ्नो स्थापना दिवस - T99post

शिव बस्याल
मुम्बई १६ अगस्ट ,
- भारतको मुम्बईमा रहेको प्रवासी संघ सस्था मध्य मिरा भायन्दर स्थित - मनकामना एकता फाउन्डेसन ले पनि १५ अगस्ट का दिन आफ्नो चौथो वसन्त पार गरि पाचौ वसन्तमा प्रवेस गरेको अवसरमा आफ्नो सस्थाको स्थापना दिवस केही नौलो पनले सु सम्पन्न गरेको छ ! पछिल्ला दिनहरुमा विभिन्न कार्यक्रम हरु गरेर मनाउदै आयको थियो ! तर यो बर्ष भने बन्दै गरेको सस्थाको भवनमा गयर आपसी मेलमिलाप र सहयोगको भावनालाइ उजगार गर्दै भवन निर्माण मा सहकार्य गरेका थिए ! आफ्नो गाउँ आफै बनाउ भने जस्तै मुल नारा - " आफ्नो कार्यालय आफै बनाउ " भन्ने अभियान र अभिलाषा बोकेर त्यहा जोस र जागर का साथ उपस्थित भयका थिए !


 बन्दै गरेको सस्थाको भवन अब स्थायी रुपमा सस्थाको अफिसको लागि प्रयोग गरिने र विभिन्न समय मा हुने छलफल र मिटिङ्ग जस्ता कामहरु अब आफ्नै भवन भयपछी निक्कै सजिलो हुने भन्दै श्री टेक प्र . पराजुली ज्यु ले बताउनु भयो ! एउटा घरको सोफामा बसेर सुरु गरेको सस्था आज आफ्नै भवनको छतमुनी बसेर यो सस्थालाई मार्गदर्सन गर्न पाउँदा आफैलाइ गौरवशाली ठानेको भन्दै सस्थाका अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु ले आफ्नो मन्तव्य दिनुभयो ! प्रवासी नेपाली हरुको हित , हक र सुरक्षा को लागि सस्था सदैव तत्पर रहनेछ र अहोरात्र खटिनेछ ! विभिन्न समस्या र आपत बिपत आइलाग्दा यो अफिस एउटा अफिस मात्र नरहेर यो एउटा आश्रय पनि हुनेछ !
 नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मुम्बई मा आयर बिचलित हुन नपरोस ! सस्था ले यति सानो समयमा पनि ठूलो प्रगती गरिसकेको र आगामी दिनहरुमा पनि संगठन का पदाधिकारी हरु तथा  सदस्य हरुबाट यस्तै साथ समर्थन र सहयोग मिल्नेछ भन्दै अध्यक्ष ज्यु ले एउटा उदाहरण देखाउनु भयो !


तेस्तै सस्थाका सल्लाहकार  चेयरमेन श्री शालिकराम तिवारी ज्यु ले पनि सस्थाले निस्वार्थ भावना र राजनितिक बाट टाढा रहेर काम गर्नु पर्छ साथै सस्था मा पुरुष मात्र नभइ महिलाहरु पनि अग्रसर भयर काम गरेको देख्दा अझै सस्था मझभुतिकरण मा जानसक्नेछ भन्नू भयो ! सस्था ले अझै राम्रा कदमहरु र कार्यहरु गरेर  सस्थालाइ थप बलियो बनाउन मार्गदर्सन दिनुभयो ! साथै सस्थाका थुप्रै बक्ताहरुले सस्थामा रहेर संयुक्त काम गर्न पाउँदा र सस्थामा जोडियपछी एकजुटता र सामाजिक कार्यहरुमा आफुहरुलाइ धेरै सिक्ने अवसर मिलेको बताउनु भयो ! फाउन्डेसन को स्थापना दिवस मनाउन को लागि सस्थाका सबै सदस्य हरु लगायत केही सल्लाहकार अतिथिहरु तथा पत्रकार शिव बस्याल को पनि उपस्थिती रहेको थियो !


बन्दै गरेको मनकामना एकता फाउन्डेसन को आफ्नै अफिस



4 comments:

  1. Wonderful article... Shiv ji... Manakamna Ekta Foundation has always dedicated itself towards the upliftment of downtrodden people of the society especially the Nepalese Community. . Would wish best of luck to the foundation on its anniversary....

    ReplyDelete
  2. Congrats and all the best to Manakamana team.

    ReplyDelete
  3. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...