Saturday, 17 March 2018

बिवाहको १ महिना नबित्दै यस्तो दु:खद घटना T99post

प्रेम सुनार ,पाल्पा ४ चैत ,
पाल्पा –गुल्मीमा प्रेमीको ‘ब्ल्याक मेलिङ’बाट एक युवतीले ज्यान गरेको तीन दिन नवित्दै छिमेकी जिल्ला पाल्पामा विवाह भएको एक महिना नवित्दै अर्की महिलाको पनि मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय वुटवलका प्रमुख डिएसपी केशव भट्टराईका अनुसार शनिबार साँझ वुटवल ट्राफिकचोकस्थित वुर्तिबाङ्ग होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परिन् । यसरी भेटिएकी महिला थिइन् – तानसेन नगरपालिका वडा नम्वर ३  की १९ वषिैया राधिका न्यौपाने । उनको विवाह भएको एक महिना पनि नभएको बुझिएको छ ।




राधिकाले होटलमा श्रेया नेपाल नाम लेखाएर हिजो विहान १० ÷११ बजेको समयमा कोठा बुक गरेर बसेको  र साँझपख मृत फेला परेकी थिईन् । प्रहरीका अनुसार वुटवल–५, गोलपार्क उनको माईती घर भएको र उनको गत फागुनमा पाल्पामा विवाह भएको थियो ।
घटनाको थप अनुसन्धानका लागि प्रहरीले पाल्पामा रहेका पाण्डे थरका उनका श्रीमानलाई बोलाएको र उनी आएपछि मात्र थप कारण कुरा खुल्ने बताएको छ  । 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...