Tuesday, 7 August 2018

जीवन त यात्राको संयोग "उर्मिला कार्की "- T99post

< गजल >

यो दिलमा मायाको गेट बनाउदै छु ,
कहिल्यै नबिर्सिने भेट बनाउदै छु !

स्मरण रहिरहोस हाम्रो मधुर मिलनमा ,
अब मेरै दिलसङ्ग मिल्ने सेट बनाउदै छु !

सुखदुःख नबिर्सिने बातहरु संग संगै ,
आफैले आफ्नो अनौठो रेट बनाउदै छु !

जीवन त यात्राको संयोग रहेर होकि ,
भौतारिने मनलाइ मैले रकेट बनाउदै छु !

तिमी आयौ जिन्दगीमा अचम्मले जोडी बनेर ,
आजभोली जिन्दगिलाइ ब्राकेट बनाउदै छु !!

                     ***


काम गर्ने श्रमिककाे दर  भाउ  छैन
ठडिएकाे झाेपडीमा  कुनै नाउ  छैन।

दिन रात चुसिंदै छन् पिसिंदै छन् यहाँ
निर्मल छ मन कति ढाँटी खाने दाउ छैन।

दश नङ्ररा खियाएर यिनै  काम   गर्छन
खाने बेला -एक पेट   चाउ चाउ     छैन।

श्रम   गरी  खान्छन्   नित्य    यिनीहरु
मन भित्र  कपटकाे    कुनै   घाउ  छैन ।

ऋणमाथि ऋण थपि सधै कति दुख खेप्नु
कहाँ गई अाेत लाग्नु बस्ने कुनै  ठाउँ  छैन ।।

                    ***

फाँटेकाे मुटु सिएर हेर्दै  छु
अलिकति नशा पिएर हेर्दै छु !

कत्तिकाे जतन गरेर राख्छौं
तिमीलाई याे ज्यान दिएर हेर्दै छु !

नपाए पनि तिम्रो चाेखाे माया
जेनतेन जीवन जीएर हेर्दै छु !

तिम्रै मायामा तिम्रो तस्बिरलाई
मैले मन र मुटुमा लिएर हेर्दै छु !

साथ मात्रै देउ मलाई मायाले
तिम्रो लागि अलिकति खिएर हेर्दै छु !!
                  ***

- उर्मिला कार्की 
चितवन , नेपाल 
8 Aug. 2018 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...