[ गजल ]
नेपालकी छोरी म गुन्युचोली लाउन जान्या छु
डोको नाम्लो बोकि मेलापात धाउन जान्या छु
देख्नु छैन मलाई ति गगनचुंबी महलका सपना
सन्तुष्टिले खरको झुपडीलाई छाउन जान्या छु
पाखे भने भनुन मलाई ति डिस्कोमा रमाउनेले
गाँउघरका लोकभाका मैले पनि गाउन जान्या छु
दुःख लाग्छ परदशीले मातृभूमि नै भुल्दा खेरी
चारैदिशा घुमेपनि म त फर्केर आउन जान्या छु
पुरुषार्थ देखाएर केहि जान्दिने नभन्नु होला नि
यो सृष्टि र बंस बढाउने संन्तान पाउन जान्या छु
माया गर्छु सबैलाई नेपालको माटै प्यारो लाग्छ
सबैसँग मिठो सम्वन्ध मनले निभाउन जान्या छु
- हिमा भुसाल / 13 अप्रिल , दाङ्ग

No comments:
Post a Comment