Friday, 3 August 2018

अबोध बालक , बाल्यकाल र ग्रामीण जीवन - T99post

" मन छ तर धन छैन , धन छ त मन छैन "

समय सङै साटासाट गर्ने मेरा रहरहरु खै , कहिले कहाँ सम्म हो थाहा छैन ! तर पनि खुशी छु ! बिहानिको सिरेटोमा बाहिर बाट एक्कासी आवाज आयो ! कसैले चिच्च्याएको महसुस गर्दै थिए ! अपुरो निन्द्राको त्यान्द्रो लाई आङ तान्दै बटारिएका आँखा सोझ्याउने प्रयास गर्दै थिए ! तर ढोका खुल्लै हुदा कोइ आयको पत्तै भएन अनि बल्ल थाहा पाय जब बासको लौरो जोरसित मेरो खुट्टामा बजारियो ! झसङ्ग हुँदै उठे ! एक्कासी छुटेको निन्द्रा सायद अब फेरि कहिले नलाग्ने गरि .....................


यसरि सुरु हुन्थे - प्रतेक दिनहरु मेरा उस्का र उनिहरुका ! सकि नसकी बिहानी घामको किरण नझुल्किदै एकाएक पिटाइ खादा कस्तो होला मन ? कस्तो होला त्यो दिन ? होस्टेल मा खादाको पिटाइ नसेलाउदै  फेरि बोर्डिङ्ग को अर्को कुटाइ जो हिजोको टुडिल्को नबिलाउदै फेरि तेसैमा - जस्तै उस्तै ठ्याक्कै निम्न लागेको दियो मा तेल थपेर फेरि जलाउदै जलाउदै ........ !
बाबा मम्मिले भरोसा गरेर बोडस गरेको होस्टेल मा एकाएक जेलको जस्तो भोगाइ र कैदिको जस्तो कुटाइ प्रतेक दिन खानु पर्दा के को पढाइ अनि के को लेखाइ ! हुन त सोचे भन्दा अनावस्यक पैसा लियर होला पनि यसरी नीति नियम कडा राखेको ! तर यसरी प्रतेक दिनको यहि परिबेसमा झन दिमाख बढ्ला र पढ्ला भन्दा झन झन डिप्रेसन अनि नमज्जाको अलगै जिन्दगी सुनाउदै अलप र बिलप को कथा हो या ब्यथा ! जस्ले भोग्छ उस्लाइ नै थाहा छ रे ! छुट्टीको बेला मामा घर आउदा र जादा का कुरा .......
सुक्क सुक्क गर्दै रोयकि अनितालाई सम्झाउदै आफ्नो बारेमा सुरु गर्दै-

                            <   मिरा बस्नेत >

 हेर्दै अलगै टाढै बाट नै प्रस्ट देखिने , त्यो चौर , ती युनिफर्म मा सजियका बालबालिका अनि त्याहाको माहोल ! टाढा बाट पनि छुट्ट्याउन सकिने खुल्ला चौर खुल्ला आकाश मुनि रमाउदै नाच्दै बिना टेन्सन आजाद भइ ! बिहान आफ्नो खाना खादै गर्दा पढाएको मम्मिको माया अनि बिदेशबाट बाबा को फोन आउदा र ABCD ...फोनमै सुनाइ सुनाइ खुशी हुँदै दिनको शुरुवात ! जादा जाँदै बाटोमा भेटिने फलफूल हरु सित रमाउदै जस्तै , भुइ काफल , बेलौती , सुन्ताला आदि आदि अनि घरबाट पोलेर ल्याएको मकै को मगमगाउदो सुगन्ध ! झोला खोल्दै भाइले आधा खएको बेलौती मेरो झोला मा राख्दै !
पहिला पहिला का तारा बाजि लै लै /काग दाजै , काग दाजै अनि तेस्तै केके रे तर अहिले भने Poyam, Story , One TWo ...ETC .....................
माया ममता सङै रमाउदै हुर्केको मेरो दिन भर्खर भर्खर बालकक्षा बाट प्रबेस गर्दै कक्षा १ मा !
सबैको माया पाउँदा पाउदै पनि एक दिन पहिलो घन्टी पढेर सकिने बित्तिकै मेरो चन्चल स्वभावले गर्दा होला कोठाको झ्याल बाट खसेर आफ्नो दाहिने हात नै फ्याक्चर हुन पुगेछ ! बन्चित भय केहिदिन स्कुल जानबाट ! त्यो बिचमा प्रतेक दिन साझमा देखिने जुनु मामा हेर्दै तेहि पुग्ने सपना बुन्दै आफैलाइ निन्द्रामा ब्यस्त राख्ने मेरो आफ्नै बेग्लै सन्सार आफ्नै बेग्लै कथा ............



पहिला जस्तो थियो अहिले तेस्तो छैन समय सङै बाताबरण र समाज परिबर्तनशिल छ !  बिकशित समय लाई पछ्छ्याउदै फलो गर्ने फेसन हो या के हो खै ? अहिले साथी हरु पनि निक्कै कम छन ! तर खुसी लाग्छ दिउँसो १ बजे खाजाको समय मा सङै बसेर खाजा खादा र खुवाउदा बाडिचुडी मीठो नमिठो !
कहिलेकाही हेड्सर ले सुनाउदा का यी कुराहरु - सरकारी र गाउको स्कुल बाट नै पढेर पनि कोइ जापान गय रे, कोइ अमेरिका गय रे , कोइ मास्टर भय रे , कोइ गितकार भय रे , कोइ साहित्यकार भय रे , कोइ सङितकार अनि कोइ कलाकार भय रे कोइ कोइ मोडेल पनि आदि आदि ..........

त्यसैले पढ्ने मनसाय भयो भने समय सङै रफ्तार पनि आफै नै बढ्दै जान्छ रे यदि मन्मा नै हुदैन भने जबर्जस्ती र लौरोको भरमा धेरै खर्चिलो पढाइ पनि खस्किदो अवस्था मा जान्छे रे ! तेस्तै के न केके अरु आदि इत्यादी सुन्दै गर्दा फेरि उहीँ काल्पनिक सन्सार , काल्पनिक कुरा अनि काल्पनिक सपना जो हात भाचिदा र दुख्दा मम्मिले मलाइ भुलाउदै गर्दा देखेको जुनु मामा सम्झिदै उहीँ पुग्ने र जुनु मामा छुने मेरा रहर र लहर हरु  .....................................

" मन हुनेको धन हुदैन रे धन हुनेको मन हुदैन रे " फेरि पनि आफ्नै प्यारो गाउँ अनि साथी सङ्गी अनि मेरो प्यारो स्कुल , तेहि चौर , उनै सर हरु अनि माया गर्ने मेडेम हरु सित  नजिकियर आफ्नै घर जस्तो माहोल मा हुर्कदै गरेको मेरो निजि जिन्दगी ! सपना साकार पार्ने मेरो लक्ष्य ! जो बाबा मम्मी को चाहानापनि ! अब शुरु हुँदै मेरा पहिला पाइलाहरु र पहिलो पाठशाला .......!

BY      - shiva bashyal 
Story - meera basnet 
Palpa , Nepal / 3rd August 2018
Pic      -  shree Gyanodaya primary school , Tansen Nagarpalika - १३ 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...