Wednesday, 7 March 2018

महिला मात्रै होइन पुरुष दिवस पनि मनाउनु पर्छ "रज्जु बिडारी"T99post

कविता :- अब पुरुष दिवस पनि मनाउनु पर्छ 

महिला भन्दा पनि अचेल ,धेरै पुरुष पिढीत हुदैछन्।
खुसी सपना सम्पत्ति  ,महिलाबाटै लुटिएर रुदैछन्।।
महिला मात्रै होइन पुरुष दिवस पनि मनाउनु पर्छ
अधिकार भन्ने कुरा अब सबैको हकमा बनाउनु पर्छ।।


पतीको पसिना लटपटाएर,महिलाले नै भाग्छन् भने।
जिन्दगीनै भताभुङ्ग पार्दिएर,अर्कै बाटो लाग्छन् भने।
कसको हकमा बोल्ने अनि कसलाई न्याय दिने अब।
पिढा दिने महिला अनि ,पिडीत पुरुष हुन्छन् जब।।

महिला पुरुष दुबैले अा-अाफ्नो कर्तव्य भुल्नु हुदैन ।
एउटाको जिन्दगी उजाड पारेर अर्कोले फुल्नु हुदैन ।
एक दिन होइन ३६५दिन नै दुबै दिवस मनाउनु पर्छ।
अधिकार र कर्तव्य  दुबैलाई बराबर नै बनाउनु पर्छ।।

रज्जु बिडारी "कालि"
धार्के,धादिङ्ग। २४ फाल्गुन

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...