शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता फाउन्डेसनले पछिल्ला बर्षमा जस्तै प्रवासी हरुका घर दैलोमा पुगि देउसी भैलो खेलेका थिए । मनमा हर्ष , उल्लास बोकेर हिन्दुहरुको महान पर्व शुभ दिपावलिको अवसर पारेर खेलिएको देउसी भैलोमा फाउन्डेसनका अध्यक्ष सहित सस्थाका केही मेम्बरहरु र बाहिरबाट आउनु भएका भैलो कार्यक्रमको शोभनीय बढाउन केही बिशिस्ट अतिथिहरु साथै संयुक्त नेपाली महासङ्हका पुर्व अध्यक्ष श्री भरत रावल ज्यु को पनि उपस्थिति खास थियो ।
भारतको आर्थिक राजधानी मानिने अर्थात मायानगरी मुम्बईमा कोरोनाको महामारी बढिरहेको छ । लगभग ७/८ महिनादेखी नै मुम्बई ठप्प रहेको छ । अहिले सम्म पनि पुर्ण रुपमा खुलेको छैन । यस्तो जोखिमयुक्त बेलामा पनि प्रवासी नेपालीमनहरुले आफ्नो मौलिक पर्व दिपावली लाई सदा झै खुसियालिको साथमा सेलिब्रेट गरिरहेका छन । कोरोना सङ्ग कति समय डराएर बस्ने , एक दिन होइन दुई दिन होइन पूरा ८ महिना बितिसक्यो । सुरुवाती दिनहरु र लकडाउनको बेलामा निक्कै समस्याहरु खेप्नुपरेको कुराहरु आज पनि ताजा स्मरणनै छन । तर अब कोरोनालाई मात दिदै प्रवासीहरु र आम जनताहरु बिस्तारै बाहिरिन थालेका छन । सामुहिक कार्यक्रम, उपस्थित , भेला , र मौलिक चाडपर्व हरु मनाउन थालेका छन । पछिल्ला दिनहरु जस्तो रौनक नदेखिए पनि यसरी प्रवासमा रहेर आफ्नो मौलिक पर्वलाइ जोखिमयुक्त समयमा पनि सामुहिक भेला भइ मनाएर आफ्नो सस्कार लाई जगेर्ना राख्नु गर्वको कुरा हो ।
फाउन्डेसन ले लकडाउनको बेलामा पनि अलपत्र परेका र समस्यामा परेका केही परिवारहरुलाइ राहत सामग्री हरु बितरण गरेर सहयोगको भावनालाइ उजगार गरेको थियो । मुम्बईमा रहेर छोटो अवधिमै राम्रो चर्चामा आएको सस्था " मनकामना एकता फाउन्डेसन " ले दशै पर्वलाइ पनि सामुहिक भेला भएर मनाएको थियो । जोखिमको समयमा पनि यसरी सामुहिक भेला भएर पर्वहरु खुशियालिको साथ मनाउनु नै सस्थाको एकिवद्द्ता र आपसी तालमेलको कसिलो बन्धनको संकेत नहोला भन्न सकिन्न । जे होस जस्तो सुकै समयमा पनि प्रवासीहरुले आफ्नो सस्कार , सस्कृती र मौलिक पर्वहरु भुल्दैनन भन्ने यो गतिलो उदाहरण पनि हो । तर यसरी यस्तो महामारिको बेलामा सामुहिक भेला हुनु उत्तिकै जोखिम पनि हो । " कभी खुशी कभी गम " भनेझै हरेक समयमा आइपर्ने मनाव जिवनका चुनौतीहरुलाइ अलिकती ख्याल राखेर गरेको भय अझै राम्रो देखिन्थ्यो कि - आम दर्सकको यो प्रश्न लाई ख्याल राखेर यस्ता सामुहिक कार्यक्रम हरुमा भेला हुदा मास्कको प्रयोग गरेको भए झन सुनमा सुगन्ध हुने थियो कि । फेरिपनी सम्पुर्ण नेपाली मनहरुलाइ सदा झै यो बर्ष पनि शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना ।
१५ नोभेम्बर २०२० / मुम्बई भारत
No comments:
Post a Comment