Thursday, 19 April 2018

बन्झर होस या तलाउ फरक पर्दैन "हिमा भुसाल"T99post

[ गजल ] 
भाला रोप या छुरा चलाउ फरक पर्दैन अब ,
चिट्ठी पत्र च्यात या जलाउ फरक पर्दैन अब!

नउठ्ने गरी मेरा यि नयनबाट खस्किए पछी,
दुनिया मै महान कहलाउ फरक पर्दैन अब!

यो मन ढुङ्गा हुदापनि गल्ने भ्रम पाल्छौ भने,
घनले फोर चाहे हात गलाउ फरक पर्दैन अब!

त्य़ो उचाई देखि नै डर लाग्न छोडीसके पछी,
टुप्पै चडाउ या फेद ढलाउ फरक पर्दैन अब!

यादहरु जलेर खरानीको रुपमा नष्ट हुँदाखेरी,
त्यता बन्झर होस या तलाउ फरक पर्दैन अब!

काँडेझार रोप्न यदि कल्पवृक्ष नै गोडिन्छ भने!,
पत्कर सरी गिर ,या पलाउ फरक पर्दैन अव!

हिमा भुसाल , दाङ्ग 
19 अप्रिल 2018 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...