Thursday, 4 October 2018

हत्या जिवनको अन्त्य होइन बिडम्बना हो " मन्जरी " - T99post

 - फेसनको दुनियामा सन्सार हराइसक्यो भन्दापनि फरक नपर्ला ! बदलिदो समय र युवाहरुको रोजाइमा रहेको ट्याटु अहिले बिदेशी भुमिमा मात्र नभएर स्वदेश भित्र पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ! लण्डन बाट फर्किएपछि यो सिपलाइ आफ्नो व्यबसायको रुपमा पस्किने निधो गरे !
" एन्जेला रोज " को ट्याटु देखि म पनि निक्कै प्रभावित थिए !  कुनै एकान्तमा बसेर कोरिने चित्रहरु आजकल बजारमा युवा युवतिहरुको हात-खुट्टा , घाँटी , कम्मर , छाती लगायत  बिभिन्न ठाउहरुमा खोपिन्छन र खोपाउछन ! अझ भनौ भने संबेदनसिल अंगहरुमा पनि ट्याटु बनाउने फेसन निक्कै बढेको छ ! प्राचीन कालमा मठ मन्दिरमा कुदिने आकर्षक चित्रहरु आजकल मान्छेको शरिरमा कुदिन्छन , जो २१'शौ सताब्दिको बिकशित रुप हो भन्दा फरक नपर्ला !
आठौ अन्तरास्ट्रिय ट्याटु मेलाको अन्तिम दिन थुप्रै ट्याटु प्रेमिहरु जम्मा भएका थिए ! खोप्नेको भन्दा हेर्नेहरुको भिड जम्मा थियो ! ९० स्टलमा थुप्रै देशका करिव ११० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्याटु आर्टिस्टहरुले आ-आफ्नो कला प्रस्तुत गर्दै थिए ! ६५ नम्बर को स्टलमा ह्वात्तै भिड बढ्यो ! थोमस निक्कै प्रख्यात ट्याटु आर्टिस्ट थिए ! लण्डनमा मात्र नभएर उनी बिश्वमै चर्चित थिए ! थोमस को स्टलमा आएकि एक युवती आफ्नो छाती र ढाडमा ट्याटु बनाउने भन्दै थिइन ! थोमसले उनको शरिर मा ट्याटु खोप्ने जिम्मा मलाइ लगाइदिए ! उनको कुरा नकार्न सकिन ! हाम्रो यहि बाट शुरु भएको सम्बन्ध आजपनि प्रगाढ छ !

सेतो टिसर्ट र कालो हाफ जिन्स पाइन्टमा आएकी युवति पोखरा कि थिइन ! लामो समय बेलायत बसेर फर्कियकी उनी अहिले म्युजिक भिडियो मा रोल मोडेल गर्दै रहिछन ! ट्याटु प्रेमी उनी शरिरको विभिन्न ठाउमा भिन्न भिन्नै देशबाट ट्याटु खोपिसकेकी थिइन ! पुरुषको शरिरमा ट्याटु हानेता पनि महिलाको संबेदनसिल अंगमा पहिलो पटक ट्याटु बनाउदै थिए ! स्तन ट्याटु खोप्न कहाँ सजिलो थियो र ? हरेक कुरामा ख्याल राख्नु पर्ने थियो ! थोरै मिस्टेक ले पनि ठूलो घटना हुन सक्थ्यो ! सिड्नि कि " एलिसन हेब " ले आफ्नो स्तन क्यान्सर भएपछि स्तन लाई छोप्ने गरि एक आकर्षक ट्याटु बनाएकी थिइन ! माइकल रोज ले करिव १३ घण्टा लगाएर एलिसनको स्तनमा रंगीन र आकर्षक ट्याटु बनाएका थिए ! जुन निक्कै भाइरल बनेको थियो ! त्यसपछी स्तन ट्याटु बनाउने महिला हरु धेरै निस्किए ! बिस्तारै यस्ले फेसनको रुप लिदैगयो ! आर्टिस्ट , मोडेल , हिरोइन धनी परिवारका छोरिहरु प्राय यस्ता ठाउहरुमा ट्याटु बनाएको पाइन्छ ! केही समय अगाडि नेपालमा पनि अभिनेत्री साम्राज्ञि राज्यलक्ष्मी शाहले पनि स्तन ट्याटु बनाएकी थिइन जुन निक्कै चर्चा बनेको थियो !

उनी पनि एलिसन को जस्तै ट्याटु बनाउने भन्दै थिइन ! करिव ९ घण्टा पछि बनाइएको ट्याटु देखि ट्याटु प्रेमिहरु निक्कै प्रभावित भएका थिए ! ढाडमा एउटा गुलावको ट्याटु बनाएर उनी फर्किइन ! करिव ९ दिने यो अन्तरास्ट्रिय ट्याटु मेलामा मैलेपनि साना-ठुला गरेर करिव ४६ वटा ट्याटु बनाएछु ! सोसल नेटवर्क मा पोस्ट गरिएको उनको स्तन ट्याटु पनि उत्तिकै भाइरल बन्यो ! जस्ले गर्दा आफुलाइ अझै यो क्षेत्रमा चिनाउने मौका मिल्यो ! केही महिना पछि हामी जोमसोम जाने प्लान बनायौ ! चिसो मौसममा प्रकृतिले फेर्ने रंगहरु मलाइ औधि मन पर्थ्यो ! प्राय हाम्रो भ्रमण पनि कार्तिक / मङ्सिर मै हुने गर्थ्यो ! जोमसोममा करिव ६ दिन बस्यौ ! हरेक दिन उदाउने सुर्यको किरणसङै मेरा क्यामेरा र डायरी भरिन्थे ! नयापन र नौलोपन को खोज नै मेरो जिवनको पहिलो लक्ष्य थियो ! डोल्मा , हुमे र कान्ति संगै आजपनि हामी बिहानै बाहिर निस्कियौ ! शुक्रबारको  दिन थियो ! सेतो कपास जस्तै फिजाइएको हुस्सु पनि बिस्तारै हाम्रो अगिल्तिर दुगुर्दै थियो ! सुरजको पहिलो किरणको रोशनिले पारिपट्टि देखिने हिमालहरु पहेलो र टल्किएका थिए ! दृस्य निक्कै मनमोहक र मनोरम बन्दै गएको थियो ! करिव ३ किलोमिटर को दुरि पार गरेपछी बाटोको एकसाइड बाट नमिठो गन्ध आइरहेको थियो ! डोल्मा भन्दै थिइन - यो कुनै मरेको जनावरको हुनुपर्छ !

तेत्तिकैमा हुमे बाटो छोडेर देब्रेपट्टि फर्किएर यताउती नियाल्दै केही तस्बिर हरु खिच्दै थियो ! तेत्तिकैमा उस्ले कोइ नाङ्गो मान्छेको छिन्नभिन्न शरीर देख्यो ! चिच्यायो ! कान्ति दुगुर्दै हुमे भयको ठाउमा गइहाली ! म उडिरहेका पंक्षिहरुको फोटो खिचिरहेको थिए ! डोल्मा ले भन्दै थिइन - जनावर होला भनेको त मान्छे पो रहेछ ! झसङ्ग भए ! नजिकै गए ! उ घोप्टिएकी थिइ ! शरिरमा कपडा थिएन , लगाएको कालो ब्रा बाहेक ! एउटा जिन्स प्यान्ट र सेतो टिसर्ट केही दुरिमै माटोमा रोमलिएको देखिन्थ्यो ! घाटिमा एउटा जिसस क्राइस्ट को लकेट झुन्डिएको थियो ! नजिकैको सानो पोध्रे बोटको फेदमा उनको भित्री बस्त्र च्यातेर फ्याकिएको थियो ! लाशमाथी झिंगा भन्किरहेका थिए ! वरिपरि रगत लत्पत्तिएको देखिन्थ्यो ! कट्ट्कट्टिएको रगत माथी कमिला वोहोर दोहोर गर्दै थिए ! मृत शरीर फुलेर नचिनिने भइसकेको थियो ! उनको पैताला र तिघ्राहरुमा खुन लत्पत्तिएर सुकेको देखिन्थ्यो ! लाश एक महिलाको थियो तर कस्को थियो थाहा भएन !

pic by - google

उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर जवान युवतीलाई कसले मार्यो होला – अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्दै थिए ! डोल्मा र कान्ति यत्रतत्र भएका उस्का कपडा र लाशको तस्बिर हरु खिच्दै थिए ! हुमे र म उस्को घोप्टिएको शरीर लाई फर्कायौ ! नजिकबाट उसको ढाड र स्तनको ट्याटु प्रष्ट देखियो । म झसङ्ग भए ! आँखा धमिलिएर आए ! टाउको फुलेर सयौ किलाको जत्रो भारी भयो ! शरिरका रौहरु एक्कासी ठाडा भएर आय ! कुनै पहिरोले मलाई थिचेजस्तो भयो ! छिनभरमै सामुन्नेको पहाड अलप भैदियो ! डोल्मा , हुमे र कान्ति धमिलिएको आखाको नजरबाट बिलिन भए ! केही बेर मैले आफुलाइ नै हराएको पाय ! हुमेले दाइ दाइ भन्दै बोलाउदै थियो ! बल्ल होसमा आए ! चेहेरा नियालेर हेरेता पनि सुन्नियको शरीर हुदा चिन्न सकिएन ! तर खोपिएको स्तन ट्याटु ले गर्दा उनलाइ  प्रस्ट चिनियो ! पाच महिना पहिले अन्तरास्ट्रिय ट्याटु मेलामा उनी थोमस को स्टलमा ट्याटु खोप्न आएकि १८ नम्बर कन्टेन्स थिइन , र यो ट्याटु मैले बनाएको थिय ! उनले अब फेरि समय मिल्दा आफ्नो देब्रे हातमा आफ्नो नाम " मन्जरी " लेखाउने भन्दै त्यो दिन फर्किएकी थिइन तर आज उनको यो इच्छ्या अधुरो नै रह्यो !

तुरुन्तै पुलिसमा खबर गरियो ! करिव आधा घण्टा पछी आयको पुलिसको गाडिमा राखेर लाशलाई पोस्टमार्टम र छानबिनको लागि पोखरा लगे ! केही सिबिआइ का टिमहरु बाकि अनुसन्धान को लागि जुट्ने तैयारी र प्रक्रिया मिलाउदै थिय ! तर म अन्योलमा थिय ! हत्या कसरी भयो ? कस्ले गर्यो ? किन गर्यो ? एकाएक प्रस्नै प्रस्नले मनलाइ थिचिरहेको थियो र सोधिरहेको थियो ! लाशको जिम्मा पुलिसको र दायित्व सरकार को भएतापनी कुन्नी किन म आफैमा निराश थिए ! अन्योलमा थिए ! म चाहन्थे छिटोभन्दा छिटो अपराधि पक्डियोस र कारवाही अगाढी बढोस ! नत्र यस्तै अरु कति नेपाली चेली भोलिका दिनहरुमा बलत्कृत पछि हत्याको शिकार हुनेहुन ! लाचार र निकम्मा सरकारको के भरोसा ! जस्ले जिन्दगी गुमायो उ बिलिन भयो तर यसको जिम्मा कस्ले लिने ? अहिले सम्म कति चेलिहरु , बच्चा , बृद्द बलत्कृत भय ! खै त सरकार ले न्याय दिलाएको ?  महिला हिंसा र बलत्कृत अपराध बिरुद्द ठाउँ ठाउमा आन्दोलन र सरकार घेराउ गरेतापनी खै त आजसम्म निर्मला पन्तको  हत्याको केस सुल्झ्याएको ? तेस्तै पोखरा , झापा , पाल्पा , नेपालगन्ज , मोरङ्ग , गोर्खा , गुल्मी , चितवन यस्तै हरेक दिन हुने जघन्य अपराध र बलात्कार बाट महिला कहिले सुरक्षित हुने त ? के सरकार ले यस्ता घटना रोक्न सक्ला त ? के सरकार ले यस्ता घटना रोक्न जनताले चाहे बमोझिम कानुनी कारबाही गर्ला त ?

खै म त आज पनि मान्दिन र आफैमा चिन्तित छु ! भोलिका दिनहरुमा यस्तै कैयौ मन्जरी हरु बलत्कृत हुनेहुन ! आज ५ महिना पछि मन्जरिलाइ एक्कासी यो अवस्थामा देख्दा फेरि एकपटक लेख्न मन लाग्यो -

 " हत्या जिवनको अन्त्य होइन , बिडम्बना हो " !

मन्जरी सित चिनजान भएपछि कहिले काहीँ ट्याटुको बारेमा कुराकानी हुन्थ्यो र छिट्टै भेटेर आफ्नो नामको ट्याटु खोप्ने भन्दै थिइन तर अब यो सप अधुरो नै रह्यो जस्तै हरेक दिन हुने घटना बाट पिडित न्याय माग्दै भौतारिदै छन र सरकार ले बेवास्ता गरेको छ वास्ता गरेको नाटकिय ढंगबाट ठहर प्रस्ट छ !
नत्र खै त .................?

Article - " मन्जरी "
pic        - Google copy
BY         - शिव बस्याल 
00:15 Am , 5 october 2018 friday 


[ समय सान्दर्भिक आर्टिकल केवल काल्पनिक आधारमा लेखिएको हो ! देशमा भएका यथार्थ घटना हरुबाट अहिलेसम्म पनि पिडित ले न्याय नपाएको गुनासो एउटा होइन थुप्रै छन ! तपाईं हामी मिलेर अब यस्ता घटनाहरु को अन्त्य गर्न अन्दोलनमा उत्रिनै पर्छ ! जवसम्म यस्ता घटनाहरु रोकिदैनन र निमुखा गरिवले न्याय पाउदैनन ! धन्यवाद ]

3 comments:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete
  2. समय सान्दर्भिक लेख छ नेपाल मा महिला माथि हुने अपराधिक घटना दिन प्रतिदिन बढदै गैरहेको छ ।यसको मुल कारण भनेको अपराधिलाइ हदसम्म कारबाही नगर्नु निर्मला बहिनी लगायतको छिटो भन्दा छिटो न्याय मिलोस हामी सबै एकजुट हुनु जरुरी छ ।

    ReplyDelete
  3. समय सान्दर्भिक लेख छ नेपाल मा महिला माथि हुने अपराधिक घटना दिन प्रतिदिन बढदै गैरहेको छ ।यसको मुल कारण भनेको अपराधिलाइ हदसम्म कारबाही नगर्नु निर्मला बहिनी लगायतको छिटो भन्दा छिटो न्याय मिलोस हामी सबै एकजुट हुनु जरुरी छ ।

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...