Friday, 9 March 2018

के भन्छौ तिमी? उतैको चोसो पानी अनि गोरिनानिहरु सङ भुलेर "मन्जु त्रिपाठि"T99post

[कबिता]
"के भन्छौ तिमि ?"

सात समुन्द्रपारी
पराई भूमिमा
बगाउँदै पसिना
खुनको आँसु रुनेलाई....
त्यो रहर होइन,
बध्यता हो।
'के भन्छौ तिमी?'

आमाको न्यानो काख
बाबाको छत्रछाया
श्रीमतीको चाह अनि!
सन्तानको माया मन भरी बोकि
बिरानो मुलुकमा
दिनरात आशुले मुख धुनेलाई
गाँस, बाँस,कपासले भित्र्याको
बिवसता हो।
'के भन्छौ तिमी?'

अनि यता! घर सम्हाल्नु पर्ने
जिम्मेवारी बोकेकी श्रीमती
लोग्नेको बिश्वास तोडेर
अबोध सन्तान माइतीमा छोडेर
वृद्ध सासू ससुरा प्रतिको कर्तव्य भुलेर
पराई मर्दसङ्ग...
खै के के भन्छन् ...
एकादका यी घटनाले
 आम नारी बदनाम,
यो स्वतन्त्रताको दुरुपयोग हो।
बिकृती अनि बिसङ्गती हो।
यस्ता बैगुनीलाई
'के भन्छौ तिमी ?'

उता फेरि
बा आमाको मुहारमा खुशी छर्न।
श्रीमतीको फटेको चोली फेर्न।
सन्तानको उज्वल भबिस्य कोर्न।
धन कमाउने बाहानामा ...
परदेश हिडेको छोरो,
उतैको चोसो पानी
अनि गोरी नानीहरुसङ्ग भुलेर
आफैले आफ्नो गृहस्थी उजाड्दै
आफ्नो माटाे बिर्सने निष्ठुरीलाई
'के भन्छौ तिमी ?'

मन्जु त्रिपाठी / २५ फाल्गुन २०७४

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...