Monday, 20 August 2018

चर्चा बटुल्न पेटिकोट लाएको थिइन " सुरेश तिमिल्सिना " - T99post

सुरेश तिमिल्सिना , काठमाडौ 
भदौ - ४ सोमबार 

सर्बप्रथम सबैमा नमस्कार  !

 यो फोटो सामाजिक संजाल मा फैलाएर मलाइ चर्चा बटुल्नु थिएन  हो गल्ती भयो होला हामी बाट तर एउटा पीडित लाई पिडा मा मलम लगाउन निस्केको हामिलाइ प्रहरीले गिरफ्तार गरि करिब चार घण्टा पछि रिहा गर्यो यसमा कुनै समस्या भएन चार घण्टा त के चार बर्ष नै हामिलाइ कैद गर्ने थियो प्रहरीले भने पनि हामी तयार थियौ तर महोदर पत्रकार भएर पक्ष र विपक्ष दुबै कुरा मा लाग्न सक्नु पर्छ भन्ने कुरा सबैमा अवगत गराउन चाहन्छु , आमाले करिब ९ महिना कोख मा राखी जन्माएको बालिका ९ महिना बित्न नपाउदै बलात्कार हुन्छिन भने हामी किन मौन बस्ने ??




 सबै तिर अहिके भदौ दुई गते भएको कार्यक्रम को आलोचना चलिरहेको छ भने कतै प्रशम्सा तर पनि हामी ले हार खाएका भने पटक्कै  छैन  कार्यक्रम को प्रारम्भ मात्र के भएको थियो प्रहरी बाधक भनेर आयो , यदि राज्य लाई मान्छे मार्ने अधिकार दिनु हुदैन भने यु.ए.इ ,मलेसिया ,अफ्गान्स्थान ,मङोलिया ,इरान आदि देश मा किन बलात्कार भएको २४ घन्टा मा बलात्कारि लाई गोलि हानेर मारिन्छ ?? यदि कानुन बनाउने जिम्मा सरकार लाई मात्र हुन्छ भने हामी चाहिँ किन नेपाली हु म भनेर गर्व गर्ने ?? कालो पेटिकाेट लगाउदैमा के हामी दोशी हो ?? महिला को अधिकार को लागि लडाइँ मा जानू पुरुषको कर्तव्य होईन ??



हो मैले  कालो पेटिकाेट लगाएर एउटा पीडित लाई साथ दिएको हु तर हिजोआज सामाजिक संजाल मा चर्को बिरोध चलिरको छ खासै यो विशेष मा बोल्न त मन थिएन तर भनिन्छ नि यदि तपाइलाइ कुनै रोग लागेको छ र तपाईंले समय मा नै उपचार गराउनु भएन भने त्यो मुत्यु मा साबित हुन सक्छ त्यसैले कार्यक्रम किन भयो र यिनिहरुको माग के थियो त्यो महत्त्वपूर्ण ठान्नुस , यदि हुदा पनि हामी मौन हैन अझ सशक्त हुने छौ र आन्दोलन जारी राख्ने छौ ।।

 -[ सुरेश तिमिल्सिना को आफ्नै फेसबुक वालबाट ]

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...