[ गजल ]
डिस्कोमा सीता खाडीमा हजारौं राम भेटिन्छ ।
रामको पसिनाले देशमा बस्नेलाई माम भेटिन्छ ।।
डिग्रीको प्रमाणपत्र दराजमा ,खेतीपाती बाझो राखी।
हेर्नुस् विदेशीने युवाको ,मेनपावरमा लाम भेटिन्छ ।।
छोराछोरी श्रीमतीलाई बजारमा राखी उड्छ छोरो,
गाउघरमा युवा होइन सबै अस्ताउदा घाम भेटिन्छ।
छिमेकीले कवाडी बटुली,मोहर टिप्छ फोहोर बाट।
देशका युवा सधैं सोध्छन्, यहाँ के काम भेटिन्छ ।।
कमाएरै फर्के त हुन्थ्यो हजुर ,विदेशीने युवा सबै।
अखबारमा सधैं परदेशमा मर्नेहरुको नाम भेटिन्छ।।
- रज्जु बिडारी " काली " 20 अप्रिल 2018
धार्के,धादिङ्ग

No comments:
Post a Comment