Monday, 9 April 2018

आउदैछ "आमालाइ अन्तिम चिठि"T99post

CBA Bashyal ,10 अप्रिल मुम्बई ! बियोगान्त गितका धरोहर , मन मुटुको ढुकढुकी गायक "पुस्कल शर्मा" ले नया बर्ष मा फ्यान्स हरुलाइ के उपहार दिदैछन त ? सबैको मनमा लागेको जिज्ञासा र पर्खाइ हो यो केवल मेरो मात्र थियन !

  ‎बिगतको लामो समय देखि नै नेपाली लोक संगीत मा आफुलाइ चुर्लुम्मै डुबायर दर्सक ,श्रोता लाई भरपुर मनोरञ्जन दिदै आयका पुस्कल ले बियोगान्त मात्र होइन आधुनिक , पपगगित, तिज गित , लोकपप, जस्तै विभिन्न गितहरु पस्केर आफुलाइ लोक संगीत को शिखर मा पुर्यायका छन ! बिशेष त माया प्रेममा समर्पित गितहरु नै उन्का फ्यान्स हरु ले औधि रुचाउछन !

  ‎
देश बिदेश मा जाने आउने र देश भित्रै पनि विभिन्न कार्यक्रम , महोत्सव र स्टेज कार्यक्रम को निमन्त्रणा पनि भ्याइ नभ्याइ नै रहेको बताउछ्न !
पछिल्लो समय मा मुटु जलाइ जलाइ का केही भाग हरु मा बिबादित नपरेको पनि होइन तर यहाँ उन्का बिरोधी पक्ष ले नै धेरै आक्रोश पोखेका थिय ! फेरि पनि आफू आफ्नो अनुशासन मै रहेर गीति एल्बम मार्फत नै सबैलाइ यस्को मुखतोड जवाफ दियका थिय ! तेस्तै पछिल्लो एल्बम   डिसेम्बर २०१७ मा शुक्रवार को दिन रिलिज गरियको एल्बम Sucide Note "फ्यान" एल्बम ले निक्कै चर्चा बटुलेको थियो ! र करिब १०००००० (दस लाख) ले हेरेका थिय !

रहस्यमय कुरा यो छ र सबैको मनमा जिज्ञासा पनि - पुस्कल शर्मा ले एल्बम रिलिज गर्दा प्राय शुक्रवार नै पारेर गरेको पाइन्छ आखिर किन ? फ्यान्सको यो मानपटल मा रहेको अधुरो जिज्ञासा लाइ पक्कै पनि पुस्कल ले आफैले नै उत्तर दिनु हुनेछ !


Coming soon .... यहि बैशाख ७ गते (अप्रिल 20 तारिक) शुक्रबार को दिन मन्दिर म्युजिक प्रा लि को उत्पादक / बितरक मा पुस्कल शर्मा को नया एल्बम "आमालाइ अन्तिम चिठी" आउदैछ ! जस्मा लय , शब्द , स्वर , निर्देशन , अभिनय स्वयम पुस्कल शर्मा को रहेको छ र अभिनय मा मोडेल सारिका के सि ले साथ दियकी छन !
कस्तो होला ? सबैको मनमा कौतुहलता ले घच्घच्याइ रहेको छ ! कुनै पनि काल्पनिक कुरालाइ र समय सान्दर्भिक बिषय लाई चित्रण गरेर एउटा कथा मा आधरित एल्बम बनाउनु नै पुस्कल शर्माको बिशेषता हो !

यसरी कल्पनाको सागर मा आफुलाइ डुबायर एल्बम जन्माउनु र दर्शक , श्रोत को मन जित्नु नै उन्को उद्देश्य रहेको पुस्कल बताउछन ! आउदै गरेको एल्बम पनि सस्पेन्स  र एउटा पारिवारिक कथा मा आधारित रहेको र निक्कै फरक र भिन्न रहेको बताउदैछन !

आउदै गरेको एल्बम आमालाइ अन्तिम चिठी को  सफलताको अगृम शुभकामना !

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...