CBA Bashyal, 20 अप्रिल! मुम्बई भर्खरै युट्युब च्यानल मार्फत सार्बजनिक गरियको पुस्कल शर्मा को नया गिती एल्बम "आमालाइ अन्तिम चिठ्ठी" ले हरेक को मन लाई रुवाउने खालको छ ! प्रत्येक नेपालि मनहरुको वास्तविक कथा लाई बुझेर एउटा परिकल्पना गर्दै यथार्थ चित्रण गरियको उक्त एल्बम मा पुस्कल स्वयम् आफैले अभिनय गरेका हुन !स्टेज कार्यक्रम , महोत्सव र बिदेश का कार्यक्रम मा भ्याइ नभ्याइ पुस्कल ले आज्कल म्युजिक एल्बम निक्कै कम निकालेको पाइन्छ तर निक्कै नै मार्मिक र सङित प्रेमिहरु लाई बिर्सन नसक्ने गहिरो छाप पार्दिने खालका दमदार हुने गर्दछन !
अति सुक्ष्म सम्बेदशिल कथा मा पनि चुर्लुम्मै डुबेर पुस्कल ले परिकल्पना चित्रण गर्ने गर्दछन ! गाउँ घरमा दुख सुख ले हुर्कियको र बिदेश गयर पैसा कमायर ल्याइ आमा बुवालाइ सुख सयल र महलमा राख्ने सोच राख्दै बिदेश गयको तर अफसोच बिदेश बाटै आमालाइ अन्तिम चिट्ठी लेख्न परेको यो एल्बम अति नै मार्मिक शैली र फरक ढङबाट प्रस्तुत गरियको छ !
लोकसङित को तारा पुस्कल शर्मा ले यस अघि "फ्यान" नामक एल्बम निकालेका थिय जुन अति नै चर्चा बटुल्न सफल रह्यो र सफलता पायको थियो ! आमालाइ अन्तिम चिठ्ठी एल्बम ले कस्लाइ नरुवाउला र ? हरेक नेपाली को वास्तबिक जीवन शैली , पीडा र समस्या लाई समेटेर जन्माइयको यो एल्बम मा शब्ध, लय , निर्देशन र अभिनय पुस्कल शर्मा कै रहेको छ र मोडेल मा सारिका केसि ले साथ दियकी छन ! मन्दिर म्युजिक प्रा लि को उत्पादन मा बनेको एल्बम ले कत्तिको सफलता पाउनेछ त्यो त अब १/२ दिनमै थाहा हुनेछ !
भिडियो हेर्न को लागि तलको लिन्कमा जानुहोला !
No comments:
Post a Comment