Saturday, 10 November 2018

मौलिकता बोकेको अर्घानिक देउसी भैलो मुम्बईमा" भिडियो सहित "- T99post

शिव बस्याल 
११ नोभेम्बर , मुम्बई भारत 
- हिन्दुहरुको महान पर्व शुभ दिपावलिको अवसरमा खेलिने देउसी भैलो नेपाल मा मात्र हैन भारतको मुम्बईमा पनि खेलेको देखियो । आधुनिक समय सङै बदलिदै गएको हाम्रो कला सस्कृती मा अहिले निक्कै भिन्न देखिदै आएको छ । देउसी भैलो पहिला पहिला एउटा कथा र बिषय बस्तुमा केन्दृत गरेर भट्ट्याइन्थ्यो भने आज यहि मौलिकता रिमिक्स हुँदै गएको  छ ।
मादल र डम्फु को तालमा नाच्ने मारुनी नाच , ठुलो नाच , सालैजो , देउसी भैलो आज शहरिकरण मा ब्यान्जो , बाजा र ठुला ठुला साउण्ड सिस्टम बजाएर फिल्मी गितहरु , र्याप डान्स हरु देखाएर देशको विभिन्न ठाउमा खेलिरहेको बेला यता भने प्रवासमा नेपाली मनहरु मौलिकता बोकेको अर्घानिक देउसी भैलो खेल्न मा ब्यस्त देखिन्थे ।



 कस्ले भन्छ स्वदेशमा मात्र देउसी भैलो खेलिन्छ ?

यो कुरा लाई चुनौती दिदै भारतको मुम्बईमा रहेको एउटा सस्था " मनकामना एकता फाउन्डेसन " परिवार मिलेर प्रवासी हरुको घर दैलो मा पुगेर देउसी र भैलो खुप जमेर खेले । जस्मा एउटा पुरानो सस्कृती र सभ्यता लुकेको देखिन्थ्यो । बदलिदो समय मा पनि आफ्नो कला सस्कृती र सभ्यता लाई मातृ भुमिमा नहुदा पनि कर्म भुमिमा बसेर यसरी फलो गर्दा साच्चिकै यो चुनौती पुर्ण नै थियो । फाउन्डेसन ले गरेको यो देउसी भैलो घरदैलो कार्यक्रम प्रवासमा नौलो नै हो र यस्ले बदलिदो मौलिकता र हराउदै गयको सस्कृतिलाइ जगेर्ना पक्कै गर्नेछ र यो एउटा उदाहरणिय कार्य मात्र नभै चुनौतीपूर्ण कार्य पनि हो ।




यसरी देउसी भैलो बाट उठेको रकम बनभोज नगरी केही सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जाहेर गर्दै फाउन्डेसन का अध्यक्ष मोतिलाल न्यौपाने ज्यु ले भन्नू भयो ।  प्रवासमा रहेर यस्तो ब्यस्त समयमा पनि समय निकाली यसरी आफ्नो चाड पर्व मनाउन पाउँदा र यसरी आयोजना गरेको कार्यक्रममा सबै उपस्थित भै भेटघाट हुने माध्यम बनेको हुदा समय समय मा आउने पर्व हरु प्रवास मा पनि मनाउदै आएको सस्थाका अरु मेम्बरहरु ले पनि बताए । यसरी एकजुटता , आपसी मेलमिलाप र सम्बन्ध को डोरि लाई अझै थप सुनिस्चित बनाउन सस्थाले आफ्नै भवन निर्माण गरिसकेको र भवनमा एउटा मन्दिर स्थापना गर्ने र सस्थालाइ प्रवास मा मात्र होइन स्वदेश मा पनि चिनाउने लक्ष्य लिएको पनि कुरा प्रस्ट पार्दै सस्थाका बरिस्ठ सल्लाहकार हरु ले बताउनु भयो ।

भिडियो हेर्नको लागि यो लिंक मा जानुहोला 



1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...