Sunday, 15 April 2018

* ब्रेन ट्युमर * "आमा" T99post

आमाको न्यानो काख कस्लाइ बर्ता भयको होला र ? हर कोइ हरेक पल चाहन्छ उहीँ काख उहीँ माया जस्मा आफ्नो हक जमाइ जमाइ राज गर्न मिल्दछ ! जस्तो सुकै भयतापनी आमा भनिरहन पाउनु नै ठूलो भाग्य को कुरा हो ! तर मान्छे ले आजकल  धेरै देखावटी रुप मा मात्र मान्न लागे ! तेसैका त उदाहरण हुन टनाटन भरियका बृद्ध आश्रम हरु र बर्ष मा एकदिन मात्र लोकचार पार्दै जन्मदिने ममतामय मेरि आमा भन्दै लियका एक थान सेल्फी र गरियका जिवित  स्टाटस र पोस्ट हरु  .... .....


हुन त सबै उस्तै हुदैनन फेरि पनि ३६४ दिन आफ्ना पोस्ट हुदा आमाको तस्बिरले केवल एक दिन मात्र त्यो स्थान पायको देख्दा यो मुटु भक्कानियर आउँछ ! आश्रुधारा रोक्न सक्दिन र मलाइ पनि मेरि आमाको बेस्सरी याद आयो उहीँ पुरानो कुरा , त्यो कहाली लाग्दो घटना र दनदनी दन्केको आगोको  बिचमा जल्दै गरेकी आमा र जलाउदा हुमि रहेका १०/१२ भारी दाउरा हरु .....

रुदा रुदै घाँटी सुकेर थुक सम्म नआउने भयको र धमिलियका यी आँखा हरु फेरि पनि आमाको चेहेरा लाई अन्तिम पटक नियाल्दै थिय ! चितामा जल्दै गरेकी आमालाइ हरेक सेकेन्ड सेकेन्ड मा बोलाउदै गर्दा आवाज सम्म नआउने भयको यो घाँटी ठिक हुन बर्षौ लागेपनी मन / मुटुमा लागेको घाउ खै बाचुन्जेल सम्म ठिक हुदैन होला किनकि बिच बिचमा आइदिने यस्ता पर्व हरुले फेरि बिगत सम्झाइदिदो रहेछ र एकोहोरो बजेको त्यो शंख ध्योनी कानमा बारम्बार गुन्जिरहन बाध्य हुन्छ !


मध्यराती देखि नै पोस्ट गरियका हरेक आमाहरुका तस्बिर ले एकपटक फेरि पुनः समरण गर्न बाध्य बनाइदियो ! कुनै बेला त कोइ कोइ पर्व त नआइदिय पनि हुन्थ्यो जस्तो लाग्छ आखिर जीवन जिन्दगिको हार रहेछ जित होइनछ ! कुनै बेला त गरियका प्लान बिफल र क्यान्सल भय झै यो मातातिर्थ औसि पनि झुन्डिएको क्यालेन्डर देखि सुटुक्कै हराइदिय पनि हुन्थ्यो जस्तो लाग्छ ! अझ भनौ भने त ज्योतिष हरुले पात्रो बनाउदा आमाको मुख हेर्ने दिन लेख्न बिर्सिदिय पनि हुन्थ्यो जस्तो लाग्दछ !

मलाइ आमाको मुख हेर्न पर्यो भनेर नफरत छैन न कि गुनासो , तर गुनासो छ आफैसित र यो कृष्ण औसि सित  जस्ले बिर्सियको घाउ लाई बारम्बार हरेक बर्ष बल्झाइ दिन्छ र तर्साइ दिन्छ ! खै जिवित नभयकी मेरो आमाको तस्बिर फेसबुक मा पोस्ट गरेर के मेरो मन शान्त होला र ?

अह हुदैन , म मान्दिन !!

एक दिन पोस्ट गरेको तस्बिर ले मलाइ धेरै दिनसम्म झन पिरोल्छ  र दुखाउछ ! बारम्बार आउने लाइक र कमेन्ट ले आमाको निर्जिव तस्बिर लाई रङाउने र सजाउने काम मात्र गर्दछ तर मेरो मुटुमा हरेक पटक वार हुनेछ जति पटक साथि हरुले लाइक कमेन्ट गर्नेछन !
गल्ती उनिहरुको छैन त्यो बेला मेरो हुनेछ जब म आमाको तस्बिर पोस्ट गर्नेछु ! बारम्बार आफैले आफैलाइ यातना दिनेछु .....
जस्का आमा छन उनिहरुलाइ त खासै फरक नपर्ला तर जस्ले आमा गुमायको छ उस्लाइ सोध्नु आमा नभयको पीडा   कस्तो हुन्छ  ......?
प्रतेक पटक घर छोडेर बाहिर जादा र हरेक पटक बाहिर बाट आउदा लिने आमाको आशिर्वाद पनि केवल अधुरो रहेछ तेसैले त आमा भन्नू हुन्थ्यो सधै भरी खुशी रहनु दुखी कहिले नहुनु जिन्दगि डाडा पारिको जुन हो जुनबेला पनि अस्ताउन सक्छ !

सोच्थे आमाले सपना देख्नु भयको हो या बास्तवमै भन्नू भयको फेरि पनि यस्तै धेरैकुराहरु थिय जस्ले मलाइ सोच्न बाध्य बनाइदिन्थे !
अबैध रुपमा खोलियका बृद्धआस्रम हरु देख्दा ब्यबसाय गर्न खोलियको होकि जस्तो लाग्दथ्यो तर बुझ्दै जादा तेस्तो रहेनछ ! आश्रम गलत होइनछ ! गलत त उनिहरु रहेछन जस्ले आफ्ना आमा बुवा लाई लगेर डिपोजिट गरेर आफु सुख सुविधा ऐस आराम र एकलौटी खोज्दछन !

 आखिर जस्ले जन्मदियर हुर्कायो , बढायो र बाटो देखायर माटोमा हिड्न सिकायो  उसैलाइ आज घरदेखी हजारौ माइल टाढा को आश्रम मा लगेर फर्किन नमिल्ने गरि डिपोजिट गर्दछन ! आखिर समय चर्खा न हो फेरि घुमेर केही दिन पछि यहि प्रकृया नदोहोरियला भन्न पनि सकिँदैन र यहि कार्य नया पिढिलाइ शिक्षा दिइरहेको हुन्छ जस्ले आज आफ्ना बुवा आमा लाई बृद्धआश्रम लगेर राखेको छ भोलि आफू लाई पनि उहीँ स्थानमा न लैजालान भन्न सकिँदैन !

बर्षौ देखि नदेखियका चेहेरा पनि यहि दिन देखिन्छ माया भन्दा पनि देखावटी दुनियाको त प्रभाव होला ! दिनहरु र पर्व हरु आजकल फेसन नै बनिसके समय उहीँ हो जो हिजो थियो तर हिजो जो उहीँ मान्छे पनि आज परिवर्तन भयको देखे ! तर मान्छे ले आफू परिबर्तन भयको भनेर कहिले झुक्न चाहदैन , छाति ठोकेरै भन्ने गर्छन मान्छे होइन समयले मान्छे लाई परिवर्तन गरायको यो त समय परिबर्तन हो मान्छे होइन !

सबैले आमा लाई फेसबुक मा सजाउदा मैले पनि सजाउन पाय हुन्थ्यो जस्तो लाग्छ ! मलाइ पनि लाग्छ समय सङै बहकिन र आउने जाने पर्व र मनाइने दिनहरु सित ! एक थान सेल्फी खिचेर पोस्ट गरेर दुइचार दिन आइरहने कमेन्ट पढिरहन मन लाग्छ र हेर्न मन लाछ मेरि आमाको तारिफ माथी तारिफ गरेको र शब्ध गुच्छ हरुले प्रहार गरेको लाई धन्यवाद र कृतज्ञता फर्काउन   .......

तर मनले मानेन !

"नया तस्बिर लिन असमर्थ भय र आमाको पुरानो तस्बिर मुटुबाट उक्कायर पोस्ट गर्न सकिन त्यो सायद मेरो कमजोरी थियो या आमा प्रतिको अथाह माया "

जल्दै गरेकी आमा र जलाउदै गरेका आफन्तहरुको चेहेरा देख्न सकिन , सबै का अनुहार स्मरण गर्न पनि सकिन को कस्तो अवस्था मा थियो तर स्मरण आज पनि छ जलेको आगोको मुस्लो उड्दै गरेको धुवामा आमाको त्यो चेहेरा .....



 मलाइ आज पनि याद छ ति सुन्नियका हात खुट्टाहरु र पटक पटक गरियका ती ब्रेन का अपरेसन हरु ! एक पछि अर्को गरेर पाल्पा तानसेन को मिसन अस्पताल देखि लियर मेडिकल कलेज र भरतपुर हुदै काठमाडौका प्रतेक अस्पताल हरु मा गरियका अनेकौ प्रयास हरु !

एम्बुलेन्स को आवाज सुन्दा र दौडियको देख्दा एम्बुलेन्स भित्र म आफै र काखमा सुताइयको आमा लाई सम्झिन्छु !
धेरै त केही गर्न सकिन आमा , तर सकेको गर्न चाहन्थे र मनका इच्छ्या पूरा गर्दिन चाहन्थे तर आखिरी अवस्था न त आमाको बोली सुन्न पाय न त उन्का रहर हरु पूरा गर्न .....

क्षमता भन्दा बाहिर र हद भन्दा पार गरेर पनि एकपटक आमाको अन्तिम स्वास लाई फर्काउन चाहन्थे ! एक पटक मेरो प्रगती देखाउन चाहन्थे , र आमा को हातबाट मेरो प्रगतिको दियालो जलायर समाज र सामाजिक  कार्यमा रोशनी छर्न चाहन्थे तर बिडम्बना यो सबै अधुरो रह्यो !
जिन्दगी देखि कहिले हारिन र हार खाइन फेरि पनि हजारौ प्रयास पछि पनि आमालाइ गुमाउदा आफैमा हारेको महसुस  भयो आज ! जित उसैको भयो जस्ले मेरि आमालाइ मैले भन्दा माया दियर टपक्क टिपेर आफ्नो साथ लग्यो !

उसैको जित भयो हार मेरो ! जितेको भय आज म पनि खुशिका गुब्बारा फोडेर आमाको पुनर्जन्मदिन मनाउने थिय र हरेक पटक सेल्फी लियर आफ्नो खुशीमा रङ्ग भर्न चाहन्थे तर समय ले साथ दियन आमाले साथ दियर मात्र नहुदो रहेछ !
आखिरि पटक देखेका आमा का ती फुस्रा आँखा र  भेन्टिलेटर को मिटर आज पनि याद छ ! वीर अस्पताल को आसपास बाट गुज्रिदा पनि बेड न: ३०१ को याद आइरहन्छ र सुटुक्क पस्न मन लाग्छ अनेक बहाना गरेर  उही बेडलाइ नियाल्न मन लाग्छ ..........

कहि कतै अझै पनि तेहि अकस्मात कक्ष भित्र आइसियु बेड मा आमा ले पर्खिरहनु त भयको छैन ...?


ल्याब मा गयर ११०५ नम्बर को शिसा भित्र राखेको ब्रेन ट्युमर लाई नियाल्न मन लाग्छ जस्को कारण ले आमालाई आज परिवार देखि टाढा बनायो ! तर सक्दिन आफैमा कल्पना गरेर बिगत लाई स्मरण गर्न बाहेक बिकल्प पनि कहाँ छ र ! फेरि पनि आज गरिने कार्यको शुरुवात मा स्व. आमालाइ नै पहिला सम्झिन मन लाग्छ जस्ले हरेक काम को सुरुवात मा आशिर्वाद दिनु हुन्थ्यो र हरेक सपनिमा आज आयर सम्झाउनु हुन्छ !
छुटेका आमाका चप्पल हरु आज पनि घरमा सम्हालेर राख्न मन छ जो मेरो लागि यिनै चप्पल लगायर आफू अगाडि लागेर काँडा पन्छाउदै मलाइ बाटो देखाउनु हुन्थ्यो तर जादा जादै अन्तिम तेहि सम्मको यात्रा काठमाडौ आर्यघाट रहेछ ...........

आजकल मलाइ दिन भन्दा पनि रात प्यारो लाग्छ ! सुनौलो बिहानिमा जब सुरज को किरण धर्तिमा पर्छ तब सबैले मिरमिरेको चरम शुखको आनन्द शीत "दिन" आयको आभाष गर्छन तर मलाइ जब सुरज ढल्छ र रात छिप्पिन्छ तब आफैमा एक अनौठो रोशनी पैदा हुन्छ ! मैले मेरि आमा शीत बोल्न र बस्न रात पर्खिनु पर्दछ ! हरेक दिन आउने सपना मा उनैलाइ देख्छु र बोल्छु सायद माया अटुट थियो र अजम्बरि .....

जलेर कोइला र खरानी भयको आमा र सङै जलेको यो मन लाई फेरि एकपटक जिउदै जलायर हेर्न मन छ सायद म आमालाइ प्रत्यक्ष पो भेट्न सक्छु कि ? यो सन्सार मा सम्भव नभय पनि अर्को सन्सार मा , तेसैले त हरेक दिन हामी प्लान बनाइ रहेका हुन्छौ र छिट्टै भेट्ने बाचा सहित बिहानिमा छुट्छौ .....

अर्को जन्म , पुनर्जन्म मा फेरि पनि मेरि यिनै आमाको कोखबाट जन्मिन मन छ  र यो जुनिमा रहेका आमाका हरेक अधुरा सपना हरुलाइ अर्को जुनिमा पूरा गर्दिन मन छ  तेसैले त हतार छ आज हरेष खाइरहेको जिन्दगी देखि !

बिडम्बनाले हरेक इच्छ्या र अंकुर हरु निमोठिदियो , आशाका किरणहरु सुक्दै जान थाले , तेसैले आफ्नो भौतिक शरीर अजम्बरि नरहेपनी आमा ले जन्माइदियको नाम यहि धर्तिमा छोडेर जाने मन छ  तेसैले त आज केही लेख्ने प्रयास गर्दैछु अमर कृतिहरु निर्जीव कागजको केही टुक्रा का पानाहरुमा ....... ....


[ हरेक दिन को शुरुवात र हरेक रातको विश्राम हजुर का तस्बिर हरु हेरेर शुरु र अन्त्य हुने गर्दछन तेसैले त जिवनको अन्तिम पलमा पनि हजुर को तस्बिर लाई एक नजर देखेर मात्र यी नयन हरु लाई बिदाइ गर्न सकु यहि नै मेरो अन्तिम इछ्छ्या हुनेछ ! अबिरल सम्झना / हार्दिक 🌹श्रद्धाञ्जली 🌹]

Contact us :

BY :       - Shiva Bashyal 

Facebook:       
 - https://www.facebook.com/shiva.bashyal

Twitter: - www.twitter.com/@shivabashyal

Facebook page: - https://www.facebook.com/Travelers99/

Email:    - t99post@gmail.com

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...