२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ्नो परिचय हो ! प्रेम लाई कस्सिलो डोरिमा सजाउनु नै जीवन को सुनेहरा पल हो जस्ले जिबनमा थप जिम्मेवारी दियेको हुन्छ ! प्रेम पछि को सफलता ले नै जीवन लाई सुनिस्चित मार्गमा जान सहज बनाउछ ! विस्वासीलो पन र निस्चल मन लाई केन्द्रित गरेर आफू पछि आफ्नो जिम्मेवार लाई सामना गर्नु नै जीवन हो ! जहाँ जो शीत सुख दुखको रोदन र मन सजिलै शीत बहकाउन सकिन्छ त्यो नै जीवन साथी हो र असल प्रेमिका .................💞
हिजो जस्तो लाग्छ ती सहनाइ र पन्चेबाजा बजेको अनि जोडि नाचेको तर कति छिटो ५ बर्ष पुगेछ पत्तै भयन ! एकासी देखेको तस्बिर ले फेरि एकपटक ५ बर्ष पछाडी पुग्न बाध्य भय ! समय कस्तो थियो र अहिले कस्तो छ सबै कुराहरु एकाएक स्मरण भैदिय ! जहाँ एक थियौ र दुई हुदा हुँदै अहिले बाबू पनि ३ बर्षको भैसक्यो ! जिन्दगी सफर मा पारिवारिक जिम्मेवारी त थपियको छ तर पनि यस्लाइ तालमेल मा राखेर नै पारिवारिक खुशी र रोशनी लाइ स्टेबल कायम राख्नु नै आफ्नो अहम भुमिका हुन्छ र आज त्यो बरकरार नै देख्दा आफैमा गर्व महसुस गरेको छु !
सबै कुरा हरु सोचे जति समयमा नहोलान र भयनन पनि होला तर समय लाइ निरन्तर फलो गर्नु पर्छ सफलता ले पछ्छ्याउने नै छ ! परिवार मा कुनै एक गार्जन को कमि त छ नै तर पनि त्यो सबै कुरा हरु लाई अङालेर त्यो पल हरु लाई समेटेर कुनै कमि हुन नदिएको र आफ्नो जिम्मेवार सम्झेर अनुशासन मा रहि पारिवारिक जीवन लाई थप हौसला र प्रेरणा दिने आफ्नो जिम्मेवारी पूरा गरेको भाइ बुहारी प्रती पनि हृदय देखि नै धन्यवाद र आज यो बिवाह बर्षगाठ को शुभकामना !
समय हिजो र आज धेरै परिवर्तनशिल छ र समय ले आफुलाइ पनि परिवर्तन बनाउछ तर आफ्नो र परिवार को ख्याल गर्दै समय अनुसार बहकिनु पर्दछ ! सोचे जति सबै कुरा आज पूरा हुन नसके पनि समय अनुसार सङ्ह्र्स जारी नै छ ! मेरो आफ्नो निजि जिन्दगी भन्दा पनि तिमी हरुको भविस्य को बारेमा चिन्ता लागि रहन्छ ! यो माया , स्नेह र प्रेम को बन्धन सधै कसिलो रहोस र सदैव उत्तर उत्तर प्रगतिको कामना ........
जिबनको हरेक पाइला मा साथ रहनेछ र प्रतेक स्टेप मा साथ मा हात मिल्नेछ भन्ने दृढ बिश्वास कायमै राखेको पनि छु ! यसै गरि यी दिन कसरी थाहै नपाइ बिते तेसरी नै जीवन अझै सुनौलो बिहानी को किरमिरे रोशनी झै मधुर र नरमता सङ बितोस र भाइ /बुहारी को प्रगतिमा खुशिले लेख्ने र आशिर्वाद दिने मेरो अन्तर आत्मा देखिका इछ्या हरु अन्कुर हरु कहिले नमरुन - बिवाह बर्षगाठको लाखौ लाख शुभकामना 🌹🎁🌹 हेमन्त /लक्ष्मी बश्याल
- [ shiva/bashyal familyes ]
No comments:
Post a Comment