- नेपालगन्ज बाट अधिबेशन मा आउन भनेर बारम्बार पत्र आएपछी नकार्न सकिन । नर्वेबाट फर्किएको मात्र ५ दिन भएको थियो । थकाइ राम्रो सङ मरेको पनि थिएन । फेरि पनि म हरेक दिन सङ्गै लिएर आयको क्यामेरा को सेटिङ्ग हरु मिलाउदै थिए । यसपालिको तिजमा भिडियो एल्बम खिच्नको लागि ३ महिना अघिदेखी नै बुकिङ्ग आयको थियो । क्यामेरा र कलम सङ्ग खेल्ने मेरो आदत नै बनिसकेको थियो । तेसैले पनि होला नर्वेको एयरपोर्ट बाट छुटिने बेला सरु ले यो क्यामेरा दिदै भनेकी थिइन - " क्यामेरा केही बिशेष दिनबाट शुरु होस है , जस्ले हरेक जिवनको यथार्थ लाई एइना बनेर समाज मा छर्लङ्ग देखाइदियोस " ।
हवस !!
भदै छुट्टिएको त्यो आवाज आज पनि कानमा गुन्जिरहन्छ । घामको किरण सङ्गै ढल्दै गरेको दिन अब साझ पर्दै थियो । पस्चिमतिरबाट अध्यारो हुँदै बादल मडारिदै थियो । चिसो हावाको स्पर्सले कफिको तलतल लाग्यो। बसबाट ओर्लिने बित्तिकै क्याफे मा पसे र एक कप कफि अर्डर गरे । तेत्तिकै मा अखिलेष को फोन आयो । अनुस्का क्याफेमा भएको जानकारी गराए । उ तुरुन्तै आइहाल्यो । हामी नजिकै को होटेल छिर्यौ । भोलिको प्लान गर्यौ । कुरा गर्दा गर्दै उसले दुईटा बियर मगायो र च्याङ्राको सुकुटी सङै चेस गर्यौ । उसको आफ्नै परिवार भएकोले बस्न मानेन तर म भने " होटेल टाउन प्लाजा " मा दुइ दिनको लागि कोठा बुकिङ्ग गरेर होटेल को रुम तिर लागे ।
भोलि बिहान १० बजेदेखी नै अधिबेशन शुरु हुँदै थियो । थकाइ लागेकोले म आज छिट्टै नै सुतिहाले भोलि फेरि दिनभरी अधिबेशन मा खटिनु थियो । एक्कासी जिन्दावाद र मुर्दावाद को नाराहरु लगाए जस्तो आवाज कानमा आएर ठोक्कियो । घडी हेरे बिहानको ८:४५ बजेको रहेछ । झ्याल खोले माथिल्लो तलामा भयकोले चारैतिर खुल्ला देखिन्थ्यो । करिव पाच सय मिटरको दुरिमा हजारौ महिला हरु हातमा राता र निला ब्यानरहरु बोकेर यो नारा लगाउदै थिए । हेर्दा हेर्दै त्यो जुलुस होटेलको नजिकै खुल्ला ठाउमा आएर रोकियो । आन्दोलन चर्किदै थियो । हेर्दा हेर्दै ह्वात्तै बाक्लो भिड बढ्यो । अधिबेशन को तैयारिमा खटेका प्रहरी प्रसासन सबै यतैतिर लागे । पुलिस र आन्दोलनकारी बिच झडप हुन थाल्यो । लाठि बर्सिन लाग्यो । म हतपत क्यामेरा बोकेर सडक मा निस्किए। आन्दोलनले चर्को रुप लिदै थियो । ती चर्का आवाज र आन्दोलको बास्तबिक चित्रण म खिच्दै थिए ।
पछाडी बाट पुलिस ले तिघ्रा मा कसेर हिर्कायो । थुचुक्कै बसे । ढवाङ्ग क्यामेरा भुइमा बजारियो । क्यामेरा फुट्यो आज । आफ्नो जिवनमा कहिले किन्न सकिन तर ओपनिङ्ग कै दिन यसरी क्यामेरा भुइमा बजारिदा आफ्नै हात खुट्टा भाचिय जस्तो भयो । सरुले एयरपोर्ट मा भनेको अन्तिम शब्द फेरि कानमा गुन्जिरह्यो । आफुलाई भन्दा पहिला क्यामेर लाई सम्हाले , लेन्स थोरै चर्कियको मात्र रहेछ । रेकर्डिङ चालुनै रहेछ । हतपत उठे । तुरुन्तै गोजिबाट आइकार्ड निकालेर घाटिमा झुण्ड्याए तब म बिना रोकावट पुलिस प्रहरिको अगाडि बाट यो दृस्य खिच्न सफल भए ।
करिव दश मिनेटको यो झडप पछि आन्दोलनकारी अगाडि बढ्दै अधिबेशन को मन्च तर्फ लाग्यो , तब पुलिसले अश्रु ग्यास बर्सायो । यहाँ अब दोहोरो भिडन्त हुन लाग्यो । म क्यामेरा बोकेर दौडिदै थिए । रेकर्डिङ कहाँ के के भैरहेको थियो हेर्ने समय थिएन । पुलिसले भिड लाई नियन्त्रणमा लिन नसकेपछी डिएसपी को आदेश अनुसार शहरमा कर्फ्यु लगाइयो र हावामा केही राउन्ड गोलि फाइरिङ्ग बर्साय । भिड तितरबितर भयो । बाटोमा कोहि आन्दोलन गर्न उत्रिय गोलि हान्ने आदेश जारी भयो ।
एम्बुलेन्स को एकोहोरो साइरन र पुलिसको गाडी बाहेक छिनभरमै शहर शून्यता मा बिलिन भयो । अस्पताल हरु घाइतेहरुले भरिय । अधिबेशन क्यान्सिल भयो । जातिय विभेद र टुक्रे राज्यहरुको चर्को बिरोध मा उत्रिएका जनता लाई लाठी र गोलि ठोकियो । सिङ्गो देश बचाउने अभियान नेपालगन्ज मा मात्र होइन देशको हरेक ठाउमा बिफल भयो । कति का छोरा मरे , कतिका श्रीमान मरे , कतिका आमा बुवा मरे त कतिका आफन्त मरे ।
यसैमा ठेलिएर कस्सो म पनि त मरिन .......!
हतपत होटेल छिरे । खाना खाएर दिनभरिको रेकर्डिङ खोलेर हेर्न लागे । एउटा तस्बिर हरेक ठाउँमा अगाडि नै देखियो । अनुहार कताकता परिचित लाग्थ्यो । म कतै झुक्किएको त छैन । बारम्बार त्यो अनुहार हेर्ने कोशिस गरे । भिडको बिचमा एक्कासी गोलि चलेपछी त्यो अनुहार फेरि कहि देखा परेन । मनमा निक्कै खुल्दुली लाग्यो र चिन्ता पनि । क्यामेरामा कैद अरु भिडियो हेरे कतै पाउन सकिन । सरुलाइ फोन लगाय । तर उनको फोन बन्द भएको इरर ट्युन मात्र थियो । हिजो राति सम्म सरु अनलाइन मा बोलेकि थिइन , तर आज बिहान ६ बजेदेखी सरुलाइ अफलाइन भएको संकेत देखायो । यो रात निन्द्रा लागेन । पुलिसले सप्काएको तिघ्रो निक्कै सुन्निएको थियो । हिड्न मुस्किल हुन थाल्यो । निक्कै दुखेर अताल्लिएको थिए । फेरि पनि म भदा सिरियस घाइतेहरु अस्पतालको बेडमा मृत्यु र जिवनको अन्तिम पल संग लडिरहेका थिए । मृत शरीर हरु शव कक्षमा काटेर फ्याकिएको मुढो झै फ्याकिएका थिए । मनले मानेन र अस्पताल मा घाइतेहरुको अपडेट लिन जाने सुर कसे तर होटेल वालाले गेट्मा ताला लगाएर सबै भित्र सुतेका थिए । गेट खोल्न आग्रह गर्दा पनि कोइ मानेनन।
रातिमा बाहिर निस्किने लाई गोलि ठोक्ने आदेश थियो । रातिको दुई बज्यो । यो रात जान निक्कै मुस्किल भयो । बिहान ६ बजे टिभी खोले ।
समाचार हेर्दै थिए -
" नेपालगन्ज को दोहोरो झडपमा ३८ जना आन्दोलनकारी र ५ पुलिसकर्मिको मृत्यु सयौ घाइते "
दुई दिनको लागि कर्फ्यु जारी ,
इमर्जेन्सी बिना बाहिर न निस्किन सल्लाह ।
एम्बुलेन्स , फायरबिग्रेट , पुलिसको गाडी र न्युज च्यानल बाहेक अरुलाइ दुई दिनको लागि बाहिर न निस्किन अलर्ट बारम्बार आइरहेको थियो । घाटिमा पत्रकार को आइकार्ड घुण्ड्याए र अस्पताल जाने हिम्मत गरे । बिचमा पुलिसको गाडी ले रोक्यो तर आफु अनलाइन न्युज च्यानलको पत्रकार भनेपछी छोडिदिए । सरासर अस्पताल गय । दिनभरी सबै बिरामिको अपडेट लिए । नाम लिस्ट तैयार पारे ! तर बेड नम्बर ३०१ को घाइतेको भने विवरण खुल्न सकेन । चेहेरामा निक्कै चोट लागेको रहेछ । तर डक्टर सङ्ग सल्लाह गर्दा खतरा मुक्त रहेको र अनुहार केही दिनमै सुन्निन घटेपछि मात्र पूरा विवरण दिन सक्ने बताय । म फर्किए ! राती सबै अपडेट अनलाइन मार्फत पोस्ट गर्दिय । सरु लाई फोन लगाए । तर उनको भने फोन आज पनि लागेन । मलाइ निक्कै चिन्ता बढ्यो । नर्वेमा अरु मैले चिनेको मान्छे पनि त कहाँ थियो र जब म सरुको खबर बुझ्न सकु । नर्सिङ्ग पेसा गरेकी सरु पन्ध्र बर्ष देखि नै नर्वेमै बसेकि थिइन । बिगतको दुई बर्ष देखिको चिनजान मा हामी निक्कै नजिक थियौ , जस्ले गर्दा म केही महिनाको लागि भिजिट भिषा मा नर्वे गएर पहिलो पटक फर्किएको थिए। उनले घर झापा भन्दै थिइन तर पूरा ठेगाना भने मलाइ पनि थाहा थिएन । कहिले सोध्ने जरुरी पनि सम्झिन ।
म २ दिनपछी बिराटनगर फर्किए । नेपालगन्ज शान्त हुन केही दिन लाग्यो । ५ दिनपछी मोबाईलमा एउटा म्यासेज आयो - सुरज म नेपालगन्ज को मेडिकल कलेजको बेड न : ३०१ मा छु समय मिले भेट्न आउनु है । निक्कै याद आइरहेको छ । यहि आउ र भेटेर बोलौला - " सरु "
मलाई यो म्यासेज कुनै गलत नम्बरबाट आयको जस्तो लाग्यो । म बिश्वास नै गर्न सकिन । केही बेरमै त्यो नम्बर मा फोन गरे । फोन उठ्यो तर नेपालगन्ज बाट मेडिकल कलेज को स्टाफ नर्स बोलेको भन्दै थिइन । मैले यो नम्बरबाट यस्तो म्यासेज आएको जानकारी गराय । भन्दै थिइन यहाँ कति घाइतेहरु हुनुहुन्छ जो आफन्तको खोजिमा दिनहु म्यासेज गरिरहनु हुन्छ । खोइ मलाइ थाहा भएन । तेस्तो हो भने हजुर एकपटक यहि आउनुस न भन्दै फोन काटियो । ओठ मुख शुक्यो । म निक्कै सोचाइमा परे । फेरि बारम्बार क्यामेरा मा कैद गरेका भिडियो हेर्न लागे । कता कता सरुको अनुहार जस्तो पनि लाग्दथ्यो । तर सम्भव कहाँ थियो र सरु सङ्ग त म ५ दिन अगाडि नर्वेको एयरपोर्ट बाट छुट्टिएको थिय । सोचे कुनै अफ्ठ्यारो परेर पो आयकी हुन कि । आफन्त हरु मध्य कोइ आन्दोलनमा परेर इमर्जेन्सी आएको जस्तो मलाइ लाग्यो तर स्पस्ट के थियो थाहा भएन । न त पूरा क्यामेरा को लेन्समा कैद थियो , न त कुनै खवर नै ? म यहि रात नै नेपालगन्ज जाने निधो गरे र नेपालगन्ज को बसमा यहि रात चडे फेरि " डि एस एल आर "को साथमा अनगिन्ती खुल्दुली र गुमसुदा सरुको बास्तबिक चित्रण बोकेर
...... क्रमशः
शिव बस्याल
11 Nov Mumbai
shiva2038@gmail.com

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete