Thursday, 5 April 2018

सिनेमाको टाइगर जेलमा T99post

CBA Bashyal , 5 April मुम्बई !
- बलिवुड का मसहुर  एक्टर सलमान खान लाइ आज CJM कोर्ट ले दोषी साबित गरेको छ ! सन 1998 मा जोधपुर मा फिल्म " हम साथ साथ है" को सुटिङ को दौरानमा सलमान खानले २ काला हिरण माथी गोलि चलायर शिकार गरेका थिय ! तेतिबेला सलमान शीत जिप्सिमा सैफ अलि खान , तब्बु , निलम र सोनाली बेन्द्रे पनि साथ थिय ! उनिहरुलाइ पनि शिकार मा सामिल भयको र सलमान लाई शिकार गर्न उक्सायको मामला मा दोषि मानेको थियो तर आज बरि गर्दियो ! २० बर्ष पछी आज लियको फैसलामा जज देवकुमार खत्री ले सलमान खान लाई दोषि ठहर गरेर ५ सालको सजा र १०००० रुपिया जुर्माना पनि लगाइदियका छन !




सलमान खान लाई जोधपुर सेन्ट्रल जेलमा आसाराम बाबू शीत सङै राखेको छ ! ब्यारेक न :- २ र कैदी न:- १०६ को नाम मा सलमान ले अब ५ साल सजाय भोग्नु पर्नेछ ! जेलमा सलमान लाई बिछ्याउन एउटा दरि र ओड्न एउटा कम्बल दियको छ ! तर जेल प्रसासन र सलमान को फ्यान्स हरुलाइ सलमान को चिन्ता बढेको छ किनकी जेलमा केही जेलर कैदिहरुले सलमान खान लाई धम्की दियका छन ! सुरक्षा को लेकर चिन्ता बढेको जेल प्रसासन ले जनायको छ !



सलमान खान अहिले सम्म चौथि बार जेल गैसकेका छन ! २८ गवाह को सोधपुछ पछि सलमान लाई यो सजाय सुनाइयको थियो ! जोधपुरमा कालो हिरण लाई पुजा गर्ने गरिन्छ र सलमान लाई कैदी न: १०६ मा राखेर जेल चलान गरेकोमा सलमान बिरोधिहरु ले खुशिको माहोलमा पटाखा जलायर , मिठाई र गुड बाटेर खुशी को जस्न मनायका छन ! तर सलमान जेल जानू बलिवुड को लागि ठूलो झट्का लागेको बलिवुड का एक्टर , प्रोड्युसर हरुले टीका टिप्पणी गरेका छन ! जे होस कानुन सबैको लागि नै हो र दोषिले सजाय पाउनै पर्दछ भन्ने हरुको पनि कमि देखियन !


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...