Saturday, 2 June 2018

पाल्पा बुटवल सडक यात्रा अतिनै संबेदनसिल

CBA Bashyal ! जेठ १९ , पाल्पा / बुटवल

पाल्पा बुटवल सडक खण्ड पहिरो को कारण अवरुद्ध भयको ले भोग्नु परेको सास्ति र फसेका यात्रु हरुको गुनासो यहाँ लेखी नसक्नु छ ! दुई दिनदेखी रोकिदै आउदै गरेको बर्खा र अचानक खसेको पहिरो को कारण हिजो पनि पहिरोले एक यात्रु को ज्यान लियो ! घटना को शिकार हुनेहरु मा बार्षिक आकडा हेर्ने हो भने सयौ को सङ्ख्या पार गरि सक्यो र पनि अझै यसको रोकथाम सफल भयको छैन ! जबसम्म बैकल्पिक बाटो को निर्माण पुरा हुदैन तबसम्म यो समस्या को समाधान हुने संभावना अती नै सुक्ष्म छ ! सिद्द्बाबा देखि गाडी हरु एकतर्फी लाइन हेर्ने हो भने ७/८ किलोमिटर  सम्म लामो जाम परेका छन !




दिउँसो को समय , गर्मी को उकुसमुकुस र बाटोमा खाना , पानीको समस्या ले मानिसहरु सबै चिन्तित देखिन्छन ! आधा घण्टाको फरक फरक समयमा आउने जाने एम्बुलेन्स र पुलिसको गाडी बाहेक अरु गाडी ठप्प छन ! समस्या धेरै सुने पनि यस्तो समस्या को भोगाइ आफैको अनुभव र प्रत्यक्ष दृस्य हरु सित हजारौको गुनासो समेट्दै छु ! कोइ कोइ यात्रु हरु पैदल यात्रा गरेर आउने जाने पनि गरेका छन ! लगभग दुइ घण्टाको पैदल यात्रा गरेर आउने जाने यात्रुहरु को निक्कै दयनिय अवस्था देख्दा देख्दै पनि यहाँ गर्न चाहेर पनि केही बिकल्प देखियन !



तानसेन देखि बुटवल सम्मको सफर १:१५ घण्टाको भय पनि म आफै पनि बिहान ११ बजे देखि जाममा फसेको कारण अहिले सम्म अझै बुटवल पुग्न सकेको छैन! महिला , बृद्द , आमा बुबा हरु र साना बालबालिका हरु पनि गर्मी र भोकले आत्तियर आकुल ब्याकुल मा परेका छन ! घाम मा हिडेर आयका यात्रुहरु हिडाइको चाप र गर्मी ले गर्दा रन्फनियका छन ! रिगटा लागेर खुइया खुइया सुस्केरा हाल्दै थुचुक्क बसेका केही यात्रुहरु सित यसको बारेमा केही कुरा हरु गर्ने चाहना हुदा हुँदै पनि असमर्थ भय ! देवदह नगर पालिका , वाड - न: ४ सिगाह का टिकाराम भट्टराई भन्नू हुन्छ - आफ्नो  ७० बर्ष को यो उमेरमा यात्रा को क्रममा भोग्नु परेको समस्या यो सडकमा नौलो होइन तर पनि अब सरकार ले केही ठोस कदम चालेर यो बाटो सहज र पारदर्शी भयको देखेर मर्न पाय नाति नातिना हरु को पाल्पा बुटवल यात्रा मा चिन्तित हुनु पर्ने थियन !


 यात्रा अति नै कठिन र कष्टदायी भय पनि अगाडिको यात्रा भने सुगम रहोस भन्दै भगवान सित पुकार्नु बाहेक अरु केही भेटियन !  थप टिप्पणी हरु र केही ब्यक्तिहरु को छलफल गुनासो हरु सित फेरि अर्को अपडेट मा आउने जानकारी सहित अहिले लाई भने छुट्न चाहन्छु !

2 comments:

  1. राम्रो सङ्ग जानू है एस्तै छ बाटो को हालत

    ReplyDelete
  2. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...