मैले उनीहरु सँग को मित्रता निभाउन जानिन कि उनीहरुले मेरो मित्रता बुझेनन् मलाई थाहा भएन।तर अब म उनिहरुलाई अन्लाईन र फोनमा बोलाउन अनि शुभकामना दिन छोडिदिदै छु।तर त्यसको मतलब यो होइन कि मैले उनिहरुलाई सम्झनै छोडिदिदै छु।भुल्न त म उनीहरुलाई चाहेर पनि सक्दिन।किनकि जसलाई म एकपटक मनमा राख्छु उनीहरुलाई भुल्न त मलाई चितामा राख्नुपर्छ ।तर पनि खोइ के भयो उनिहरुको र मेरो मित्रतामा घरिघरि भुकम्पका साना ठुला झट्का अाई नै रहे।
यो सत्य हो कि म हिजो उनीलाई प्रेम गर्थे।तर उनको बिवाह म सँग नभएर मेरो साथी सँग भएपनि मैले सधैंभरि उनको खुसीलाई नै अाफ्नो खुसी माने।भगवान् सँग अाफ्नो भन्दा पहिला उनको खुसी मागे। उनीहरु दुबैलाई मैले अाफ्नो साथी मानेर बिना स्वार्थ अाफ्नो मनमा फुल मानेर राखे।तर मेरो त्यहीँ अाफ्नोपन उनीहरुलाई काडा बनेर कहिलेदेखि घोचिरहेको थियो भन्ने मैले हेक्का नै राखिन। मैले अाफ्नो स्वार्थ पूरा भएन भनेर उनिहरु सँगको मित्रताको डोरी कहिले चुडाउन चाहिन।त्यसैले म ढुक्क थिए नचुडिएको डोरीमा गाठो परेर पक्कै बिझाउने छैन ।तर त्यो मेरो मुर्खता रहेछ।घरिघरि मित्रताको डोरी अल्झेर नछिने पनि गाठो परिरहन्छ अनि त्यो गाठो बिझाई रहन्छ।त्यो दिन पनि म त केबल उनिहरुको खुसीको चाङमा एउटा खुसीको इटा थप्न चाहन्थे।तर मैले थपेको एउटा खुसीको ईटाले उनिहरुको खुसीको चाङ ढलाएर छरिबरी पारिदियो।मैले त मात्रै उनिहरुको खुसीमा सहभागीता जनाएर उनिहरुलाई बधाई तथा शुभकामना पठाएको थिए।तर फेसबुकमा उनिहरुको छुट्टाछुट्टै पोष्ट र पोष्ट गराईबाट यस्तो लाग्दै थियो उनिहरुको सम्बन्धमा केही त दरार छ।उनिहरुको बिचमा केही त अनबन छ।तर म दोधारमा थिए त्यो दरारको कारण मैले पठाएको शुभकामना र मैले फेसबुकमा गर्ने गरेको पोष्टहरु थियो कि उनिहरुको दाम्पत्य जिबनको अरु नै केही खटपट थियो ।
तर पनी खोइ किन हो त्यो रातभरि मलाई निन्द्रा लागेन।कतै उनिहरुको सुमधुर सम्बन्धमा अागो लगाउने काम मैले गर्ने गरेको पोष्ट र मेरो शुभकामनाले त गरेन भनेर।।एक मन लाग्थ्यो दोष मेरै हो।उनीहरु टाढिन खोजेपछि मैले मित्रताको नाममा घरिघरि उनिहरुको नजिक हुनु हुदैन थियो ।अाफ्नोपन जताउदै उनीहरुलाई शुभकामना र म्यासेजहरु पठाई रहनु हुदैन थियो ।के छ हालखबर भन्दै घरिघरि फोन र म्यासेज गरेर सञ्चोबिसञ्चो सोधिरहनु हुदैन थियो । उनिहरुको जिबनमा मेरो मित्रताले फुलको होइन काडाको काम गरिरहेको छ भन्ने मैले हेक्का राख्नुपर्थ्यो। मेरो मित्रताले उनिहरुको सुमधुर सम्बन्धमा ग्रहण लाग्छ भने म उनिहरुबाट टाढा हुनुनै मित्रता निभाउनु हो।अर्को मनले भन्थ्यो बनको बाघले खाअोस् नखाअोस् मनको बाघले खाने त तलाई बानी नै लागि सक्यो ।उनिहरुको सम्बन्धमा दरार देखाउने छुट्टाछुट्टै पोष्टको कारण उनिहरुको अरुनै व्यक्तिगत कारण पनि त हुन सक्छ ।वा अनमन नै नभएर तलाई मात्रै त्यस्तो लागेको मात्रै पनि हुनसक्छ ।म अाफै दोधारमा थिए तर यथार्थमा मलाई उनीहरु सँग केही चाहिएको थिएन।बस् कहिलेकाही मलाई अन्लाईन देख्दा के छ हालखबर भनेर सोधेको भरमा नै मलाई करोडौंको खुसी मिल्थ्यो।तर यहीँ खुसीलाई उनिहरुले मेरो स्वार्थ सम्झिए।सायद जबर्जस्ती मित्रताको डोर जोडिराख्न खोज्नु मेरै गल्ती थियो ।।कयौं सम्बन्ध समय र परिस्थिति अनुसार टुट्न दिनु नै सबैको लागि सहि हुदो रहेछ।नत्र सम्बन्धलाई गासेर जतिसुकै मजबुत बनाउन खोजेपनि गास्दा परेको गाठोले सधैंभरि बिझाई रहदो रहेछ ।हाम्रो मित्रतामा पनि त्यस्तै गाठो पर्यो जसले मलाई भन्दा बढी उनिहरुलाई बिझ्याई रह्यो ।अनि मित्रता निभाउनमा म सधैंभरि चुकेरहे ।
रातभरि त म राम्रोसँग निदाउन सकिननै,बिहान उठेपछि पनि मेरो मन मस्तिष्कमा उनीहरु नै घुमी रहेका थिए।साच्चै उनीहरुको सम्बन्धमा दरार थियो कि यो मेरो मनको भ्रम मात्रै ।उनीहरुको सम्बन्धमा कुनै दरार र अनबन नहुन पनि त सक्छ ।एकपटक म्यासेज वा कल गरेर सोधु कि जस्तो पनि लागेको थियो ।तर फेरि श्रीमान श्रीमतीको बिचमा बोलेर गल्ती माथि गल्ती थप्न मलाई मेरो मस्तिष्कले रोक्यो।मस्तिष्कले जतिसुकै रोकेपनि मन त किन मान्थ्यो र। भगवानको मन्दिरमा दियो जलाउदै मैले भगवान सँग माफी मागे।हे भगवान् उनीहरुको सम्बन्धको दरारको कारण म हो भने मलाई माफ गरीदिनुस्।म अब उनिहरुको जिबनमा मित्रता जताउदै कहिल्यै हस्तक्षेप गर्ने छैन ।यदि अनबनको कारण उनिहरुनै हुन् भने सबै ठिक गरिदिनुस् ।उनीहरुको सम्बन्धमा कहिल्यै दरार नअाअोस्।म उनिहरुलाई सधैंभरि हासीखुसी देख्न चाहन्छु भनेर म अाफै उनीहरुको जिबनमा पिढाको कारण बन्न सक्दिन।एक मन त लागेको थियो दुबैलाई फेसबुकको मित्रताको सुचिबाट हटाउ।ताकि उनिहरुले मलाई कहिल्यै देख्न नपरोस् ।फेरि मन मानेन किनकि उनिहरुले अाफ्नो प्रोफाइल साथीहरूले मात्रै हेर्ने मिल्ने बनाएका थिए।उनिहरुले मलाई देख्न नचाहे पनि म सधैंभरि टाढाबाटै भएपनि उनीहरूलाई हेर्न चाहन्थे।त्यसैले उनिहरुलाई मित्रताको सुचीबाट हटाउन नसकेकोमा अनि एउटा असल साथीले निभाउनु पर्ने मित्रता निभाउन नसकेकोमा पुनः मनमनै माफी मागे।अनि भगवान् सँग प्राथना गरे भगवान् म सधैंभरि टाढैबाट उनिहरुको खुसीको कामना गर्न सकु अनि उनिहरुको खुसीको लागि उनीहरुबाट टाढीएर अाफ्नो मित्रता निभाउन सकु।.....
- यश कथाको घटना तथा ब्यक्ति काल्पनिक हुन् तर कथा लेख्ने बिषयबस्तु यहीँ समाजबाट लिगीएको हो।त्यसैले कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ।
रज्जु बिडारी "काली"
1 May 2018 / Tues.

No comments:
Post a Comment