Wednesday, 2 May 2018

" दियालो साहित्य सरगम "को औपचारिक घोषणा सम्पन्न

CBA Bashyal ! १९ बैशाख , काठमाडौ ! साहित्य,कला र संगीतको विकास र प्रवर्धनमा विशेष जोड दिने उद्देश्यका साथ स्थापना भएको `दियालो साहित्य सरगम´ को अौपचारिक घोषणा तथा विशेष रचना वाचन कार्यक्रम अाज राजधानी स्थित लेखनकुञ्जमा अति भव्य र सभ्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष शान्ति शर्माको सभापतित्त्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कवि तुलसी दिवस रहनु भएको थियो भने ज्ञानुवाकर पौडेल, डा राम प्रसाद ज्ञवाली, प्रा.डा भिम खतिवडा, डा. देवि नेपाल, डा. रेणु थापा सोलु, रमेश पौडेल, यज्ञराज उपाध्याय, विजयध्वज थापा, मञ्जुश्री प्रधान, सुनिल अधिकारी, पोष्टराज चापागाईं, बविन खान, इम्जिहाज बफाम, रामबहादुर पहाडी, पुष्कर लोहोनी, कृष्ण कोइराला, डा. श्वेता दिप्ती, विप्लव ढकाल, मदन पौडेल लगायतका विभिन्न महानुभावहरु अतिथिको रुपमा हुनुहुन्थ्यो।


सुरेश सुवेदीद्वारा सञ्चालित सो कार्यक्रममा प्रकाश वस्नेत गफडीले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको पष्ठभूमि एवं भावी योजना र उद्देश्यमाथि शिवराम खड्काले प्रकाश पार्नु भएको थियो । त्यसै गरी अतिथिहरुलाई खादा अोढाएर सम्मान गर्ने काम अदिति ज्ञवाली अर्यालले गर्नुभएको थियो।

नारायण निराशी, अाश्मा उपाध्याय, प्रदिप वेरङ्गी, लालकाजी श्रेष्ठ, रामबहादुर पहाडी, बविन खाँन, इम्तिहाज बफा लगायतका दर्जनौ कविहरुको रचना वाचन रहेको सो कार्यक्रममा संस्थाको तर्फवाट प्रकाश सुवेदीले पनि अाफ्नो रचना वाचन गर्नुभएको थियो भने प्राज्ञ तथा सर्जक/गायक यज्ञराज उपाध्यायले अाफ्नो राइझूमा झूमा मस्की क्या छ्यौ बोलको ...गीत गाएर कार्यक्रमको रौनकता वढाउनुभएको थियो।


कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवसले साहित्य, कला र सङ्गीतले गतिशील देश भूगाेलमा स्थिर देशभन्दा धेरै समृद्ध हुन्छ । अबकाे साहित्य जीवनका लागि हुनुपर्छ । दियालाेले सृजनाकाे क्षेत्रमा उज्यालाे ल्याअाेस् भन्दै संस्थालाई शुभकामना दिनुभएको थियो भने डा देवि नेपाल र डा. रामप्रसाद ज्ञवालीले `दियालो´शहरदेखि गाउँसम्म सल्किएर साहित्यिक उज्यालो छर्न सक्ने माध्यम वनोस् भन्ने आसयको शुभकामना मन्तव्यका साथै आआफ्ना रचना वाचन समेत गर्नु भएको थियो ।


यसरीनै डा भिम खतिवडाले बत्ती मारेर जन्माेत्सव मनाउने महानगरमा अाज गर्मी भएकाे छ । याे गर्मी ऊर्जाकाे हाेस्, सृजनाकाे हाेस्, चेतनाकाे हाेस् । गाउँबस्तीबाट शुभकामना बाेकेर अाएकाे छु । हुन त गाउँ हराए अब, नगर बनायाे सरकारले , तर निगुरामा जङ्गलमै युरिया हालेपछि अब अर्गानिक नै के रह्याे र! धरहरा ढल्याे तर अास्थाकाे धरहरा सधै अग्लिरहाेस् दियालाेका माध्यमले । सगरमाथाका काखमा जन्मेका मान्छेले सृजनाकाे अभियानमा नेतृत्व गरेपछि धरहराभन्दा अग्लाे र समृद्ध बन्ने विश्वाश रहेको कुरा वताउनुभयो।
( नेपाल कला डट कम - साभार )

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...