- शिव बस्याल , २९ सेप्टेम्बर मुम्बई ,
रोजगारीका लागि भारत पसेका सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरका ३४ वर्षीय इन्द्रमणि ढुंगाना ३ महिना पछि बल्ल घर फर्किन सफल भएकाछन् । तीन महिनाअघि प्रहरीले मुम्बई शहरमा अचेत अवस्थामा ढुंगाना लाई फेला पारेको थियो ।
असार १२ गते प्रहरीले भेटेपछि अर्को दिन नै उनलाई सिभिल हस्पिटलमा भर्ना गर्यो । उनको खल्तिमा भएको केही कागजातहरुको आधारमा प्रहरीले उनी नेपाली भएको ठहर गर्यो । मानसिक रोगको आशंकामा उनलाई ठाणे मेन्टल हस्पिटल पुर्यायो । उपचारकै क्रममा प्रहरीले मुम्बईमा रजिस्ट्रेसन नेपाली संघसंस्था हरुको खोजी गर्न पहल गर्यो । जसमा मनकामना एकता फाउन्डेसन लाई भेटायो !
यो खबर पाउनसाथ फाउन्डेसनका सल्लाहकार समितिका चेयरमेन शालिकग्राम तिवारीसहित फाउन्डेसन का पदाधिकारी हरुको टोली हस्पिटल पुग्यो र उनको घर ठेगाना पत्ता लगायो । फाउन्डेसन ले उनलाइ जिम्मा लिएर इलाम प्रहरीलाई सम्पर्क गर्यो र उनको घरमा जानकारी गराउन र उनलाइ लिन आउनको लागि खबर पठायो ! बिना आफन्त र शुभेच्छुक बनेका ढुंगानाका लागि फाउन्डेसन नयाँ जीवनका लागि सहारा बन्यो ।
तिन महिनासम्म उपचार हुँदा फाउन्डेसनकै पहलमा महाराष्ट्र सरकारले नै सबै खर्च बेहोरिदियो । तर घरको आर्थिक अवस्थाका कारण उनलाई जिम्मा लिन कोही पनि आउन नसक्ने खबर पाएपछी फाउन्डेसनले नै उनलाई सबै प्रक्रिया पुर्याएर घर पुर्याइदिने निर्णय गर्यो । मुम्बइको कुर्लाकोट बाट संस्थाले ढुंगानालाई जिम्मा बुझेपछि घरसम्म पुर्याउने व्यवस्था गरेको थियो । एकसरो पनि कपडा समेत नभएको ढुंगाना लाई झोला भोरेर लगाउने कपडाहरुको साथ मा घर फर्काउने सबै व्यवस्था मिलायो !
फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने र महासचिव श्री टेक प्रसाद पराजुली , सह सचिव युवराज न्यौपाने साथै संयुक्त फाउन्डेसन परिवार को यो पहल कुनै सामान्य थिएन !
फेरि पनि समस्त टिमहरु अहोरात्र खटिएर आज ढुंगाना लाई प्रवास मा बिचल्ली परेको अवस्थामा उद्दार गरेर स्वदेश फर्काउन सफल भयको खुशी ब्यक्त गर्दै - हाम्रो मात्र पहलले हुने थिएन जस्मा पुर्व एस एसपी साहव श्री यादवराज खनाल , इलामका एसपी श्री माधव श्रेष्ठ , इलाका प्रहरी कार्यलय पशुपतिनगर का प्रहरि प्रमुख श्री हेमराज ओलि , डिएसपी श्री टंक प्रसाद भट्टराई , महारास्ट्र पुलिस श्री राजाराम काले , ठाणे मेन्टल हस्पिटल का वैधकिय अधिकृत हरु र निशुल्क र निस्वार्थ भावनामा यो प्रकृया मा अहोरात्र खटिनु भएको एडभोकेट श्री मीन बहादुर रावल ज्यु लाई बिशेष धन्यवाद दिदै यसरी सामाजिक कार्य र उद्दार कार्यहरु गर्न पाउँदा र गरेको काम सफल हुदा आफुलाइ झन यस्ता कार्यहरु गर्न हौसला र प्रेरणा मिलेको फाउन्डेसन का सल्लाहकार चेयरमेन श्री शालिकग्राम तिवारी बताउनु हुन्छ !
करिब २६ सय किलोमिटरको रेल यात्रापछि पशुपतिनगरमा ढुंगानालाई इलाम प्रहरी र परिवारको जिम्मा लगाइएको थियो । ढुंगानालाई इलाम सम्म छोड्नको लागि स्याङ्जा का शालिकग्राम तिवारी र बुटवलका सन्तोष भट्टराई गएका थिए ! बेपत्ता दाजु ३ महिनापछि घर फर्केर आउँदा खुसी लागेको भाइ कृष्ण र ढुंगाना परिवार ले बताए ।

Thanks a lot Shri Shiv Basyal ji... Your scripting is more motivational.. Huge salute to Manakamna Ekta Foundation...
ReplyDeleteयो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete