Wednesday, 9 May 2018

ओइलिएको गुलाब सरि भुइमा झर्न सकिन "संगीता पौडेल " - T99post

[ गजल ]

स्वार्थी  दुनियाँमा कसैको  भर  पर्न  सकिन,
छुट्नु बाध्यता भयो,अन्त कतै सर्न सकिन !!

सधै  बिझाएपछी, मन मुटु बिछ्याउदा पनि,
त्यो कठोर पापि  मनको झोली भर्न सकिन!!

कर्तव्य माझ विबस भए बाच्न, लुकाएर पिडा,
ओइलिएको गुलाब सरि भुइमा झर्न सकिन!!

संघर्षमा हार नखादा दुनियाँ लाई डाहा भयो,
तर बैगुनी घातकको लागि  केही गर्न सकिन!!

आफ्नै को हेलना देखेर पराइले फाइदा उठाए,
शकुनी,कैकेयी झैं आफ्नाको खुशी हर्न सकिन!!

वायुमण्डल सहारा हिम्मतले पार गरे सातसमुन्द्र,
तर लक्ष्मण रेखा पार गरेर सेती नदि तर्न सकिन!!

प्रत्येक पाइला पाइलामा ठक्कर लाग्दा ढुंगाको,
चोटै चोट्ले जिउदो लास भइ संगीता मर्न सकिन!!

           संगीता पौडेल  , कास्की 
            हाल: साइप्रस 
  6may/2018/3:47pmcy



No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...