BY - Admin , 14 जुलै मुम्बई ! भानु जयन्ती को दिन सुनखरी नेपाली महिला समाज मुम्बई र बसिबियालो मुम्बई को सम्युक्त आयोजना मा बिभिन्न सास्कृतिक कार्यक्रम र जयन्ती भब्य रुपमा सम्पन्न भयो ! प्रवास मा रहेर पनि आफ्नो भाषा , कला र सस्कृती लाई जिवित राख्ने बहु उद्देश्य लियको यो समाज ले बिगतको लामो समय देखि नै यस्ता कार्यक्रम गर्दै आयको छ ! महिला स-सक्तिकरण र एकजुटता को उदाहरण बनेर देखायको यो सामाजिक सस्था पनि हो ! स्वदेशी भुमी देखि टाढा हुदा पनि विभिन्न समय मा आउने जाने चाडपर्व हरु लाई अङ्गालेर आपसी मेलमिलाप र सहयोग को भावनात्मक सृजना गर्ने साथै आउने भावी पिढी हरुलाइ पनि आफ्नै देशको भाषा र सस्कृती लाई यथाशीघ्र राख्ने परिकल्पना बोकेको शिक्षा सिर्जना गरेको भन्दै सुनखरी महिला समाज को नेतृत्व मा रजनी थाप ज्यु ले आफ्नो गजन बिचार र मन्तव्य दिनु भयको थियो !
विभिन्न सामाजिक सस्था हरु , बिशिस्ट अतिथीहरु र प्रवासी नेपाली मनहरुको बाक्लो उपस्थिति रहेको थियो ! भानु भक्त ले नेपालि भाषा मा अनुवाद गरेको रामायण लाई केही धार्मिक गुरु हरुले आफ्नो मुखार बिन्दु बाट पढ्नु भयो ! भानुको स्मृति मा धेरै ले कविता बाचन पनि गर्नु भयो ! आफ्नै नेपाली मौलिकता लाई उजगार गर्दै विभिन्न लोकभाका हरु गुन्जिय ! नेपाली समाज र कला हरु को प्रदर्सन भब्य रुपमा सम्पन्न भयो ! नेपालि भाइ बैनिहरुले विभिन्न गितहरुमा नाचेर आफ्नो कला प्रस्तुत गरेका थिय !
सुनखरी नेपाली महिला समाज ले आफ्नो कर्तव्य र शाहसी कदम अनि आपसी मेलमिलाप को भावना लाई हातेमालो गर्दै अहिले आफ्नो यो समाज मा धेरै भन्दा धेरै नेपाली दिदी बहिनीहरु जुडिनु भयको र आगामी दिनहरु मा साथ र समर्थन पाय अझै बलियो र सुनिस्चित ढङबाट यस्लाइ लैजाने कुराहरु प्रस्ट पारेको थियो ! यो सस्था राजनीतिक पाटो बाट टाढा रहेर निस्वार्थ भावनाको मन बोकेको र एकजुटताको भावना लियर प्रवासको गोरेटोमा पनि नेपाली पाइला लाई अगाडि सारेको प्रस्ट देखियो !
कार्यक्रम मा पाल्नु भएका विभिन्न अतिथी हरु , कलाकार हरु , आर्टिस्ट हरु र आध्यात्मिक गुरुहरुले आफ्ना आफ्ना बिचार हरु र भानुको बारेमा चर्चा गर्नु भयो ! तेत्सै साहित्यकार ( " बिस्मिता " उपन्यास का लेखक ) शिव बस्याल ज्यु ले पनि नेपाली साहित्यको बारेमा बोल्दै साहित्यको एउटा पाटो उपन्यास पनि हो र अहिले भर्खरै बिमोचन गरियको र समय सान्दर्भिक रहेको ले डिजिटल समय को प्रभाव र रियाक्सन को बारेमा उठान गरेको ले अहिले को युवा प्रेमी हरुले पक्कै पनि यो उपन्यास पढ्नु पर्ने बताउनु भयो !
यो कार्यक्रम अति नै राम्रो र अनुशासन ढङ्गबाट संचालिका उर्मिला क्षेत्री ज्यु ले सन्चालन गर्नु भयको थियो र रजनी थापा ज्युले कार्यक्रम को समापन गर्नु भयो !
यो कार्यक्रम अति नै राम्रो र अनुशासन ढङ्गबाट संचालिका उर्मिला क्षेत्री ज्यु ले सन्चालन गर्नु भयको थियो र रजनी थापा ज्युले कार्यक्रम को समापन गर्नु भयो !
No comments:
Post a Comment