CBA Bashyal,काठमाडौं । एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजदेखि सुरु भएको छ ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसक्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिन लागेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार परीक्षाका लागि काठमाडौमा सबैभन्दा बढी ९६ वटा र मनाङ र मुस्ताङमा एक-एक वटा केन्द्र तोकिएको छ ।
त्यस्तै परीक्षाका लागि एक हजार नौ सय २३ केन्द्रध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्रध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए ।

-$b© palpa nepal
All the best for all students.
ReplyDelete