Sunday, 5 March 2017

............अधुरो प्रेम (t99 post)

................................."अधुरो प्रेम"
🌹CBA Bashyal🌹
खिस्स दात देखाउदै मरन्च्यासे हासो हास्दै सकिनसकी भ्याइ नभ्याइ उनैलाइ सम्झिदै 😎
आज फेरि उहीँ प्रोफाइल खोज्ने कोशिस गरे ! आशा गरेको पनि थिय र ढुक्क पनि , किनकी उ दिनदेखी खोज्दाखोज्दै कहि कतै नभेटिएको एकाउन्ट !!! सधै जसो कुरा हुन्थ्यो  बिगतको २५ दिनदेखी नै तर अहिले उनी देखि छुटेको पनि ठ्याक्कै २५ दिन नै भयछ , २५;दिनको प्रेम सफर
पछि हामी एकाएक डिस्कनेक्ट भयौ पनि तर जति खोजे पनि फेरि कहि कतै पाउन सकिन सायद फेसबुक को अकाउन्ट नै डिएक्टिभेट गरेजस्तो लाग्यो !हफ्ता दिनदेखी नै अरुले पोस्ट गरेका भ्यालेन्टाइन का तस्बिर हरु देख्दा फेरि उहीँ पुरानो कुराको नै याद आइदियो अनि बिर्सिन लागेको याद फेरि ताजा भैदियो पनि ! सबै सोसल साइट मा घन्टौ बितायर सरसर्ती खोजे पनि , सोचेको पनि थिइन कि उ यसरी यो अवस्था मा मलाइ छाडेर जान्छे भनेर तर ............................
अलिकती आशा थियो कि हामी बिच २५;दिनको प्रेम सम्बन्ध थियो र छुटेको २५ दिनपछी भयपनी एउटा मेसेज त पक्कै पनि कसो नआउला र के मेरो माया झुटो थियो यदि माया चोखो नै लाग्दथ्यो भने फेरि कसरी छाडेर जानसकेकी होलि अनि कसरी भर्न सकेकी होलि अरुकै हातबात सिन्दुर अनि कसरी कुन मनले सकेकी होलि अरुकसैको अङालोमा अन्कमाल गर्दै बेरिन अनि कसरी बिर्सन सकेकी होलि उस्ले जब उ अस्पतालमा अक्सिजन बेडमा हुदा झरेका मेरा मोति जस्ता आशुका थोपा , सन्सारका ४ लाख मान्छेको सामु बलिन्द्र धारा हुँदै पोखिदै गरेको र सुक्दै गयका मेरा आखा हरु ...............😊

   "पाउनु भन्दा गुमाउनुको मज्जा झन छ ,
              बन्द आखामा रुनुको मज्जा झन छ !
                     अनि आँसु बन्यो शब्द र शब्द बन्यो गजल ,
                            अनि त्यो गजलमा तिमी हुनुको मज्जा झन छ" !!!

हेरे खोजे कहि कत्तै भेट्टाइन अब फेरि उहीँ प्रेम उहीँ सबै कुरा हरु ताजा भैदिए जुन सोसल साइट भित्र पनि देख्थे र प्रतेक समुन्दर को किनारामा र गार्डन,बगैंचामा बसेका प्रेमी जोडि लाई देख्थे , अनि एकाएक प्रस्न हरु मन्मा खेल्न शुरु गरे जो जति समय मैले बितायको थिय र रमायको पनि !
तिम्रो सफलता लाई आफ्नो सफलता मानेर हिड्नु मेरो प्रेम थियो प्रिय  तिमिले प्रेम गरेका हरेक कुरा हरुलाइ म प्रेम गर्थे , तिमी ले लेखेका ती स्टाटस हरु हातले सर्‍सर्ती छुने कोशिस गर्थे के यो मेरो प्रेम थियन ? प्रतेक दिन तिमीले पठाएका ती फोटा हरु हेर्थे अनि आफुले पनि तेहि रङको कपडा लगाउथे र आफुलाइ सेम कलरको कपडा लगायको र सङै हिडेको आभाष गर्थे अनि छिनभरमै आफ्नो रङ बदल्थे के यो प्रेम थियन ? अनि हेर्थे जब तिमी ले दुबैका जोडाएर पठाएका फोटा हरु अनि सोच्थे कि बिचमा लेखिएको सब्धअर्थ
                                            - Love YOU "DB"
 तर प्रेमको आखिरी आखिरी मा मात्र मैले आफै मा थाहा पाए म अब एकाएक एक्लिदै छु म केवल एउटा "डृम ब्वाय" थिय उन्को सपनाको राजकुमार पनि जो "DB"को अर्थ आफैमा भेट्टाए! तिमी ले प्रतेक दिन खाने खाना लगाउने कपडा अनि सुत्ने उठ्ने समय को बारेमा चासो राख्थे र सोथ्थे पनि अनि तिमी ले पिउने कफि को तलतल सङै मैले पनि आफुलाइ कफि नभै नहुने बानी पारिसकेको थिय ,जुन दिन तिमिले पिएको कफिको कपको साइडमा तिम्रो ओठको लिपिस्टिको दाग देखेको थिय र आफुले पनि तेहि कपमै कफि पिएको फिलिङ गर्दा मेरो ओठमा सरेको गुलबी कलर .......
बाहिर भित्र गर्दा अफिस जादा आउदा पनि सङै भएको फिलिङ गर्नु पनि मेरो प्रेम नै थियो चोखो प्रेम ,साचो प्रेम !
जब एक्लिदै गय त बर्सौ देखि पिउन छाडेको व्हिस्की , वाइन फेरि पिउन थाले अनि तान्न थाले उहीँ ठुटे चुरोट जो पिउदा पिउदै कहिले ओठ पोल्थ्यो त कहिले हातका औलाहरु ! पिउदा पिउदै नशाले आफैलाइ नै पिउने गरि पिउन थाले जब मैले न कैले दिन भने न कैले रात ..............................
"तिम्रो याद यो मनबाट हराएको छैन , आखाहरु रसाय ओठ मुस्कुराको छैन , बादलले पुरै घाम छेक्दा पनि उज्ज्यालो आयजस्तो तिम्रो याद अझै हराएको छैन "
आज्कल किन किन प्रिय तिमिलाइ भन्दा पनि तिमिले बनाइदियका लतहरुलाइ माया गर्न थालिसकेछु जो नभै हुदैन भयपनी पुग्दैन ! समुन्द्र को छेउमै बसेर पारी हेर्छु बादल भित्र तिम्रो नाउ लेखे जस्तो देक्छु अनि एउटा फोटो खिच्ने कोशिस गर्दागर्दै छिनभरमै आएको हावाले बिथोली दिन्छ अनि फेरि टोलाउछु र बिलाउछु यो अधुरो मायाको सन्सारमा ! ! !
हो यो सबै प्रेम थियो प्रिय तिमिसित नजिक भएर टाढा हुनु र टाढा भएपनी नजिक पनको आभाष दिलाउनु नै वास्तविक प्रेम थियो ! सङै नहिडे पनि रफ्तार नमिलेपनी टढा भयपनी हामी एउटा अलगै तरङले जोडिएका थियौ जो देखिदैन महशुस मात्र हुन्छ !
यो सब प्रेम थियो अशिम प्रेम , असफल प्रेम , मुर्खतापुर्ण प्रेम ! यो सब देखाउदा देखाउदै पनि तिमी मलाइ बुझिनौ र बुझ्ने कोशिष पनि गरिनौ ! यदि मन्मा बुझाइको मिश्रित विश्लेषण हुन्थ्यो भने आज तिमि आफैलाई रोक्न सक्थ्यौ होला अरु कसैको हुनबाट ... अनि रोक्थेउ होला कसैको हात बाट भर्न थालेको सिन्दुर अनि रोक्थेउ होला कसैले तिमी लाई अन्कमाल गरेर उस्को शरीर मा टास्दा अनि रोक्थेउ होला कसैले तिमिलाइ मसित एकाएक छुटाउदा र आफ्नो बनाउदा .........................आदि/आदि
                "यदि मेरो मायामा शंका लागे एकान्तमा सिक्का उफार्नु हेड आयोभने म माया गर्छु अनि टोल आयो भने पनि सिक्का पल्टाइदिनु एकान्तमा कस्ले पो देख्या हुन्छ र"!!!!!!!

खै आज प्रिय त्यो तिम्रो माया किन कसरी कहाँ यस्तो सन्सार मा बिलिन गरायउ आफैलाइ अनि किन चाहन्नौ फेरि फर्केर आफ्नै फेसबुक एकाउन्ट लाइ एक्टिभ गराउन अनि किन चाहन्नौ फेरि पहिला जस्तै च्याट मा कुरा गर्न .........खै किन किन 😎
सोचे 25 दिनको माया मा छुटिएर पनि सायद तिमी आफैलाई थोरै भयपनी बदलिने छौ किनकी सन्सारले भ्यालेन्टाइ मनाउदा मलाइ पनि आउदो हो त्यो दिन त्यो खुसि जो मैले चाहन्थे शरीर अर्कैको भएता पनि मुटु भित्र को माया मेरो नै हो र मैले जन्माएको माया पनि मेरो नै हो ! तर ..............
हुदो रहेनछ सोचे जस्तो आफैले जन्माएका सन्तान हरु पनि कुनै दिन आफैलाइ छाडेर टाढा गयजस्तो माया पनि उस्तै तेस्तै तर धेरै पीडा दिने खालको अलि केही फरक फरक !
जहाँ भयपनि खुशी नै रहनु उत्तिकै सुखी पनि ! यहाँ पीडा भयपनी त्यहा हासी रहनु यहाँ गुलाब ओइलाएपनी त्यहा गुलाब फुलाइरहनु अनि फुलाएको गुलाब भ्यालेन्टान मा दिन नसके पनि कुनै दिन मेरो जिबनको अन्तिम यात्रामा चाढाइदिनु अनि बल्ल फर्केर हेर्नू यो अधुरो प्रेम कहानी अनि बल्ल सम्झिनु तिम्रो "डृम ब्वाय" अनि बल्ल सम्झिनु भ्यालेन्टाइन ..........................................🌹🌹🌹
             - सम्बन्ध तोड्ने तिम्रो इछ्छ्या सहर्ष स्विकार म पुर्ण बिरामले वाक्य रोक्ने होइन बरु अर्को बाक्यको सुरुवात गर्नेछु , धन्यवाद तिमिलाइ .................#MISSING_TO_MUCH
                        Love u Forever - $b© palpa nepal

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...