Wednesday, 22 March 2017

"माइला बा" का सुपुत्र स्व. शोविसन/किरण पान्डेय को आज बार्षिक श्राद्द(t99post)

CBA Bashyal,भलवारी रुपन्देही । चर्चित हास्य/कमेडी कलाकार तथा संचारकर्मी बिष्णु जि पान्डेय(माइला बा) को पीडा ले आज १ बर्ष पूरा गरेको छ !
चैत्र कृष्ण नवमी तिथि पारेर गत बर्ष चैत्र महिना को २० गते ठूलो छोरा शोबिसन पान्डेय र २१ गते सानो छोरा किरण पान्डेय को अकस्मात मृत्यु भयको थियो ! १ दिनको फरक मा आफ्ना दुइटै सन्तान गुमाउनु को पीडा सायद
यो सन्सार मा कसैलाइ नै नपरोस ! हामी सुन्ने हरुको त मन थाम्न नसक्ने गरि चोट पुग्यो अनि आफ्नै सन्तान गुमाउने माइला बा लाई के कस्तो भयको होला त्यो त सोच्न पनि सकिँदैन होला ! आफ्नो बाल्यकाल देखि नै कमेडी गर्न रुचाउने बिष्णु जि ले आफ्नो जिबनकाल मै कालाकारिता नै रोजेर आज सबै दर्सक लाई पेट दुख्ने गरि नै हसाउने गर्छन ! यो नै उनको कलाको विशेषता हो! आफुलाइ एक बुढो मान्छेको भेसमा सजायर उहीँ पुरानो पारा का कुरा हरुलाई अङाल्दै दर्सक हरुको मन मुटु जित्दै अहिले सफलता को शिखर मा पुगे पनि माइला बा लाई पुत्र शोकले भने छिन छिनमै झस्काइ दिन्छ! बिष्णु पान्डेय र शोभा पान्डेय का जेठा सुपुत्र स्व. शोबिसन पान्डेय २बर्ष ७ महिना का र कान्छा सुपुत्र स्व.किरण पान्डेय ७ महिना का थिय ! १ दिनको फरकमा आफ्ना दुइटै सन्तान गुमायका माइला बा आज आफ्नै स्व.सुपुत्र हरुको सम्झना मा बार्षिक श्राद्द गर्दैछन
! माइला बा को जन्म पाल्पा केरवादी बौघा/गुम्हा गाबिस ९ मा भयको थियो र केही समय पश्चात् बसाइ सरेर रुपन्देही को भलवारी मा बस्दै आयका थिय ! माइला बा को पीडा शब्ध मा लेखेर साध्य छैन !स्व. नाबालक हरुको नाममा माइला बा ले पोलियका र प्रकृतिक प्रकोप बाट समस्या परेका बालबालिका लाई सहयोग गर्ने हेतुले "स्व.शोबिसन किरण स्मृती अक्षय कोष" को पनि स्थापना गरेका छन! यदि हजुर हरु पनि यो अक्षय कोष लाई बढाउन चाहनु हुन्छ र सहयोग गर्न चाहनु हुन्छ भने स्वागत गर्दछौ! हजुर को सानो सहयोगले पिडितलाई ठूलो सहयोग पुग्नेछ!

स्व.नाबालक हरुको आत्मा ले शान्ती पाओस , स्वर्गमा बास होस ! चाहेर पनि बिर्सन नसक्ने छाप छाडेर  गयका बाबू हरु लाई सम्झिदा आज फेरि सुकि सकेका आँसु रसाय ! यो बार्षिक श्राद्द सङै बाबुहरुको चिर शान्तिको कामना गर्दै आत्मा शान्तिको कामना - $b© palpa nepal 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...