Sunday, 5 March 2017

औधोगिक ब्यापार संघ पाल्पा महोत्सव सम्पन्न

CBA Bashyal,
पाल्पा तानसेन , २२फाल्गुन/ औधोगिक व्यापार संघ द्वारा आयोजित पाल्पा महोत्सव २०७३ आज सम्पन्न भयो । फाल्गुन १२ गते देखि सन्चालित व्यापार मेला मा विभिन्न कुराहरु र बस्तुहरु पछिल्लो समयमा भन्दा यस्पाली भिन्नै देखियो पनि,विभिन्न कुरा हरुलाई लक्षित गरेर सुरु भयको महोत्सव भब्य र सब्य रुपमा समापन हुदा पाल्पा को रोनक नै फेरियको छ,। विभिन्न खेल गेमहरु, खरिदी का समान जस्तै लत्ता कपड़ा ,खाध्यान्न बस्तुहरु घरायसी सामान हरु, इलेक्ट्रोनिक सामान तथा विभिन्न कार्यक्रम हरुको आयोजना मा सु सम्पन्न भयको महोत्सव मा थुप्रै कलाकार हरु को आगमन थियो , हास्य कलाकार बिष्णु जि पान्डेय(माइला बा) र लोकदोहोरी गायक पाल्पाली मन मुटु पुस्कल शर्मा को प्रस्तुती भुल्नै नसकिने अबिस्मर्णिय रहयो पनि। माइला बा ले दर्शक लाई पेट मिचिमिची हसाय तेस्तै पुस्कल शर्मा को बियोगान्त गित ले प्रेमी युगललाइ उत्तिकै रुलाय पनि ! तेस्तै पशुपति शर्मा को पनि पर्फमेन्स दमदार नै रहयो ! पाल्पा महोत्सबमा विभिन्न जिल्लाबाट आगन्तुक हरुको भिजिट रहयो पनि ! तेस्तै दैलेख बाट आयका राउटे हरु ले पनि आफ्नो स्टल राखेका थिय , जुन खरिददारी को केन्द्र भन्दा पनि युबा युबतिको लागि एक सेल्फी केन्द्र नै बनेको थियो ! जुन आज सोसल साइट्स मा भाइरल बनेको छ, जुन राउटे हरु शीत सेल्फी खिचेर पोस्ट गरियो ! पाल्पा महोत्सब मा पाल्पा का सेरोफेरो मा भयका टुरिजम स्थल तथा धार्मिक स्थल हरुको पनि बिशेष प्रचार प्रसार थियो जस्ले गर्दा पाल्पा टुरिजम को लागि आगामी दिन हरु अझै प्रभावशाली हुने सम्भावना देखिन्छ!
                               - $b© palpa nepal
                            

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...