खतरा का खेलाडी "सागर पान्डेय"(SNAKER MAN)-t99post भिडियो सहित
CBA Bashyal,पाल्पा अर्गली ! मानिसमा आफ्नै कला हुन्छन तर पनि हामिले देखिनेमा कतिपय सामान्य लाग्छन त कतिपय खतरानाक देखिन्छन!, हर कसैमा पनि ती कुरा हरु सम्भव पनि हुदैनन ! कतिपय यस्ता कुरा हरु हुन्छन जो हामी ले टिभि च्यानल बाट मात्रै देखिरहेका हुन्छौ जुन अत्यन्तै खतरनाक र असम्भव लाग्छ हेर्दा तर ती सबै रियल नै हुन्छन भनेर जब सम्म आफ्नो आखाले देखेर पत्याउन सकिँदैन तब सम्म बिस्वाश गर्न पनि सकिँदैन ! तर हजुर ले डिस्कभरी र एनिमल प्लानेट टिभी च्यानल मा देखेको भिडियो र चित्र हामी आज प्रस्तुत गर्दैछौ!
यी हुन तपाईं हाम्रै नेपाल आमाका सुपुत्र सागर पान्डेय !पाल्पा जिल्ला ,लुम्बिनी अन्चल मा जन्मिय का सागर पन्डेय ले १ मात्र होइन अहिले सम्म पुरै ३५९ वटा सर्प समाते जस्मा लगभग १०० जति सर्पले त उनलाइ टोके पनि होलान तर अचम्म छ कि उनले अहिले सम्म सर्पले टोक्यो भनेर औषधि भने गरायका छैनन, यो नै उहाप्रती भगवानको देन नै हो भन्दा पनि हुन्छ ! भिभिन्न ठाउहरुमा भयका कार्यक्रम मा आफ्नो कला र प्रदर्सन गरिसक्नु भयको सागर पिता बिष्णु प्रसाद पान्डेय का ३भाइ मध्ये कान्छा सुपुत्र हुन ,जुन अहिले भर्खरै मात्र उमेरले २१ बर्ष टेकेका मात्र हुन! पाल्पा जिल्ला अर्गली गाबिस वडा न . ३ रनुवा मा जन्मिनु भयको सागर पान्डेय ले +2 गरेर आफ्नो पढाइ लाई पनि निरन्तर दिदै यो अनौठो कार्यको पनि बिशेष अध्यन गरिरहेका छन !
करिब ३ बर्ष अगाडि बाट शुरु भयको सागर पान्डेय को यो सफर ले सागर लाई मात्र होइन अर्गली गाबिस , पाल्पा जिल्ला, लुम्बिनी अन्चल मत्र नभइ हाम्रो देश नेपाल लाई नै चिनाउदैछन जुन काम र कला केवल हामी आजसम्म टिभी च्यानल - डिस्कभरी/एनिमल प्लानेट मा मात्र देखेका थियौ,तर आज हामी हजुर हरुलाई हजुर कै सामुन्ने एउटा अद्भुत कला को भिडियो प्रस्तुत गर्दैछौ , जुन हेर्दा हेर्दै नै आङ सिरिङ पार्दिन्छ जो हामी कल्पना गर्दा पनि डराउछौ तर सागर लाई यो खेल भने एक सधै को नास्ता/खाना जस्तो भयको छ! करिब ३ बर्ष पहिला आफ्नो घरमा पसेको सर्पले आफ्नै बहिनिलाइ टोक्छ भन्ने डरले आफुले साहस जुटाइ पहिलो पटक आफ्नै हातले सर्प समातेर बाहिर निकाले जुन आफ्नो परिवार को ज्यान जोगाउने उद्देश्य ले गरियको जोखिम पुर्ण चुनौती थियो , पहिला पहिला समातेका सर्प हरु कति पय समातेर मारिय पनि तर अहिले समातेका सर्प हरु सागर पान्डेय लाई नया अध्यन को बिषय बस्तु बनेको सागर आफै बताउछन पनि , उन्ले अहिले सम्म विभिन्न प्रजातिका साना ठुला सर्पहरु समाती सके जस्म एक्दमै खतरनाक मानिने किङ कोब्रा समेत समातेको आफै बताउछन जुन 8फिट लामो र लगभग 8 किलो को जति होला पनि !
आफ्नै गाउठाउ मा पनि कहि कतै सर्प आयो र कसैको घरमा गयो भने पनि सागर लाई नै स्थानिय हरुले बोलाउछ्न , अरुलाइ हेर्दैमा डर लाग्ने तर सागर ले एक चुट्किमै सर्प समातेर लैजादा यो कुनै डिस्कभरी मा देखाउने खेल भन्दा कम छैन ,आज्कल भेटियका सर्प हरु सागर ले घरमा लगेर सर्पको बारेमा अध्यन गर्छन जुन कुन प्रजातिको हो ? कसरी खान्छ? यो कहाँ कहाँ कस्तो मौसम मा बस्ने खाले हो र कत्तिको बिषालु छ आदि आदि ...............
कहि कतै बिशेष कार्यक्रम हरु या महोत्सव हरु पनि हुदा सागर पान्डेय आफ्नो सर्प सितको सङै खेल्ने खाने आफ्नो जिउमा लपेट्ने जस्ता खतरनाक खेल हरु प्रत्यक्ष देखाउछन जुन हामिले हजुर लाई यो भिडियो प्रस्तुत गरेका छौ यो केही दिन पहिला भयको - जङ्गल फेस्टिभल , शान्ती बनभाटिमा नयाबजार पोखरा मा भयको महोत्सव को लाइभ फुटेज थियो ! अहिले सागर आफ्नो गाउँ र जिल्ला मा मात्र नभयर पुरै नेपालमा नाम कमाइ आफ्नो पहिचान बनाइ सकेका छन पनि , अब उनको यो अध्यन ले उन्लाइ छिट्टै नै बिश्वब्यापी रुपमा चिनाउने छ र आफ्नो गाउँ गाबिस र जिल्ला मात्र नभयर पुरै नेपाल लाई नै बिश्व मा चिनाउने छ! जुन अहिले आफ्नो नाम सागर पान्डेय भन्दा पनि "SNAKER MAN" /SAGAR नामले परिचित हुदैछन ! -
No comments:
Post a Comment