Sunday, 5 March 2017

क्याप्टेन सङै घन्टौ को यात्रा (अरबियन सि)-t99 post

CBA Bashyal
Mumbai, हेरेर पनि नसकिने ,देखे जति नियाल्ने प्रयास नगरेको पनि होइन तर जति हेरिन्छ त्यो भन्दा पनि पर पर सम्म पानि पानी मात्रै जस्तो कि खुल्ला आकाश तर्फ हेरे जस्तै ठ्याक्कै उस्तै देखेर भ्याइ नसक्नु आखिर यस्को अन्त्य कहाँ सम्म होला को पुगेको होला त्यहा सम्म जहाँ यो पानी को सफर अन्त्य हुन्छ .... ...... ....

यस्तै कुराले मनमा काउकुती लगाउन थाल्यो अनि आफुलाइ केही हद सम्म यस्को बारेमा जान्न्न उत्सुकता देखाउदै प्रस्नै प्रस्न ले भरियको मन लियर
लागे क्रु मेम्बर भएको माथिल्लो तलामा जहाँ हर कसैलाइ अलाउट पनि गरिदो रहेनछ तर किन किन सजिलै पुगे म, पानी जहाजको माथिल्लो तलामा जहाँ एक पाइलट पानीजहाजको स्टेरिङ सङगै खेल्दै थिय कस्तेर दाया त कस्तेर बाया
हेरि रहे चारै तिर सबै दृस्य मनमोहक उत्तिकै अनि भयानक त्यो भन्दा दोब्बर ! फेरि पनि अब गन्तव्य नपुगी बिचमै उत्रिनु सम्भव थियन तेसैले मन को कालो बादल पन्छाउन म बिस्तारै उक्ले मथिल्लो तलामा जहाज चडेको ठिक १५ मिनेट पछि ! नेभिगेसन , रेडियो राडार , सेफ्टी तैराकी का विभिन्न बस्तु हरु सङै अरु पनि धेरै कुराको गतिबिधी बुझ्ने रहर मेरा सायद यहि सफर मा नै सफल होलान ! मुसुक्क हास्दै क्याप्टेन को नजिकै क्याबिन भित्र आफुलाइ भित्र्याए! बिच बिच मा देखिने सिग्नल हरुको जानकरी बताउदै थिय तर मैले कल्पना पनि गर्न भ्याएको रहेनछु कि पानीमा हिन्दा पनि एक आफ्नै बाटो मा हिड्नु पर्दो रहेछ प्रतेक सिग्नल लाई फलो गर्दै जस्तै हामी सडक मा गाडी कुदाउछौ नियम कानुन सङै !
त्यहा भित्र भित्रै बसेर खाइ रहेका मान्छे देख्दा सोच्थे कि किन होला केहीबेर पनि खाना नखाइ बस्न नसक्ने यिनी हरु ! सायद खाना नखाइ आयर होला घरबाट भनेर तर धेरै जसोजो उस्तै पोजिसनमा देख्दा पछि बल्ल पो थाह पाय यहा अर्कै सन्सार पो रहेछ ! बिच बिच मा देखिने ठुला ठुला जहाज हरु , पानीको बिच बिचमै बिराजमान विभिन्न कम्पनि हरु पनि कहि तेल त कहि ग्यासका फ्याक्ट्री हरु २४ घन्टौ चलिरहने ! एक्कासी माथी रहेको गगनचुम्म्बि टावर चिम्नी मा आगाको मुस्लो हरु देख्दा सोध्न भ्याए पनि उनै क्याप्टेन लाई , मनमोहक दृस्य सङै बिच बिचमै आइरहेको पानिको आवाज यस्तो लाग्दथ्यो कि काठमाडौ चोभारको गल्छिबाट पानी बाहिरिदा आय जस्तै ठ्याक्कै उस्तै उस्तै ...  मुटु नै सिरिङ जिरिङ पार्दै

 आफुलाई कैयौ किलोमिटर अगाडि पुर्याइ सकेको थिय तर कहाँ आय भन्ने मलाइ नै थाहा थियन किनकि पानी बाहेक अरु मैले केही कतै देख्न सकेको थिइन एक्दम निलो पानी मात्रै तर क्याप्टेन ले बिभिन्न कुराहरुले भुलाउदै थिय सायद मेरो अनुहार भयभित देखेर नै होला ! अनि कस्तेर कस्तेर त उहीँ पुरानो आफ्नै जन्म ठाउको यादले झझल्को दिइरह्यो कि पौडी खेलेको उबेला सकि नसकी घरबाट मट्टितेलको ग्यालेन चोरेर कम्मरमा बाधेर पोखरी र खोला को रह हरुमा पौडेको र कहि बेला ग्यालेन फुस्किदा डुबेर पानी खायको तर अहिले कहि कतै यस्तो तेस्तो भयो भने खै त्यो ग्यालेन अनि खै त्यो केराको थम्बन
 खोलाको र पोखरी को पानी भन्दा यो त भिन्दै अनि चर्को नुनिलो बेस्मारी जो ! न किनारा देखिन्छ न कुनै आइडिया
तर जस्तो परिस्थिती आयपनी हामी सेफ छौ र समस्या आउदैन यहाँ जहाँ मैले २५ बर्ष बाट आफ्नो अनुभव बटुलेको छु र यदि केही समस्या आइलागे पनि जहाजमा सेफ्टी को लागि विभिन्न उपकरण भयको जानकारी क्याप्टेनले दिय पछि बल्ल ढुक्क हुँदै फेरि आफ्नो मोबाइल निकाली टाढा टाढा का दृस्य र आफ्नै फोटा खिच्न थाले र आफ्नै अलग्गै सन्सार मा रमाउन थाले अरबियन सागरको काखमा चुर्लुम्बै डुब्न थाले सकि नसकी आफैले नै पौडी खेलेर पार गर्दै गरेको अनुभव गर्न थाले ! अनि सोचे यात्रा धेरै रमाइलो र सफल हुदा पनि आफैलाइ एक्लो भयको महसुस गरे अनि सम्झिय प्रियसि , घरपरिवार
, साथिभाइ अनि मेरा फेसबुक मित्र हरु ......... ........
तेत्तिकैमा म्यासेजको नोटिफिकेसन बजे जस्तो आवाज आयो अनि हेरे धेरै पेन्डिङ म्यासेज रहेछन एकाएक आउन थाले मोबाइल जो फुट्ला गरि लगातार बज्न थाले अनि एकाएक हेरे , दाङ , काठमाडौं ,कैलाली , पाल्पा , रुपन्देही, स्याङजा, बिरगन्ज, झापा  धेरै  ठाउका साथी हरुको मेसेज रहेछ अनि सबैलाइ यात्रा को क्रम जारी र अबको अझै १२ मिनेट पछि जहाज बाट छुटेसी एकाएक तस्बिर हरु पोस्ट गर्नेछु भन्दै कुरा गर्दै गर्दा त एकपटक त म उहीँ आफ्नै नेपालमा पनि समुन्द्र छ र म नेपालको आफ्नै पानी जहजमा सफर गरिरहेको अनुभव गर्न भ्याएछु पनि तर एक्कासी मलाइ लागेको रिगाटा र चक्कर ले गर्दा त्यही नै ढलेछु  अनि पछि बिउझिदा म पानी जहाज भन्दा बाहिर थिय जहाँ क्याप्टेन हरुको रिपोर्ट सेक्सन हुदो रहेछ अनि मेरो वरिपरि ४/५ जना अरु पनि जस्ले मेरो बिउझिने इन्तजार गरिरहेका रहेछ्न , करिब 30 मिनेटको अन्तराल के भयो त्यो मलाइ थाहा नै भयन अनि सबैले मेरो बारेमा एकाएक सोध्दै जान थाले मेरो यहाँ सम्मको सफर मेरो निजि जिन्दगी अनि मेरो गन्तव्य .......
कुराहरु धेरै भय जत्ती लेखेर पनि सकिदैन तर आजको आफ्नै यो यात्रा बिर्सन सकिन मैले अनि बिर्सन सकिन ती क्रु मेम्बर हरु अनि बिर्सन सकिन मेडिकल टिमका डक्टर हरु अनि सकिन बिर्सन आजको यात्रा अरबियन सि ...........✋
सबैलाइ  बाइ बाइ गदै अबको अगाडि को यात्रा आफै सकुसल गर्न सक्ने बिश्वास दिलाउदै मेरो १ घन्टाको समुन्द्री यात्रा मा विशेष साथ दिने क्याप्टेन #इम्हान लाई आखिर पटक हग गरि फेरि एकपटक उहीँ यात्रा #Mora_to_Mumbai लाई कहिल्लै नबिर्सने छाप दियर/लियर आफ्नै पुरानो बासस्थान तर्फ ............................😎😎😎
             MISSING TO MUCH - All
                                              $b© palpa nepal

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...