Tuesday, 7 March 2017

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा टेलिकमको नया उपहार(t99post)

CBA Bashyal, काठमाडौँ : नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न किसिमका सेवाहरुमा सहुलियत अफर ल्याएको छ। 

अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्। 

कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध
गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि  तीन महिनासम्म कायम रहनेछ। 

फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ। 

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ।

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...